Advertisement

हाम्रो बारेमा

पुष्पलाल मार्ग अन्तर्गत ज्यामिरेमा सडक भासियो

पुष्पलाल मार्ग अन्तर्गत ज्यामिरेमा सडक भासियो

समाचार
दोलखा —पुष्पलाल मार्ग अन्तर्गत दोलखाको मेलुङ गाउँपालिका- ७ सितली नजिकै ज्यामिरेमा सडक भासिएको छ । सडक भासिएपछि राजमार्ग अवरुद्ध भएकोछ । सडक अवरूद्व भएपछि रामेछाप,ओखलढुंगा, सिन्धुलीलगायतबाट वैकल्पिक राजमार्ग प्रयोग गरेर आएका सवारीसाधन रोकिएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ । रोकिएका सवारीसाधनलाई तामाकोसी गाउँपालिकाको जफे हुँदै किर्नेटार जोडिने सडक प्रयोग गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालय चरिकोटले सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ ।...
रास्वपा सभापति लामिछानेलाई आफ्नै निर्वाचन क्षेत्रमा देखाईयो कालो झण्डा

रास्वपा सभापति लामिछानेलाई आफ्नै निर्वाचन क्षेत्रमा देखाईयो कालो झण्डा

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट
चितवन । चितवनका सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर–२ का सांसद् रवि लामिछानेलाइ कालोझण्डा देखाएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन मुग्लिन आएका लामिछानेविरुद्ध नाराबाजी गर्दै सहकारी पीडितले कालोझण्डा देखाएका हुन् । सार्वजनिक सुनुवाइ सकेर फर्किने क्रममा लामिछानेलाई मुग्लिन बजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाएका हुन् । सहकारी पीडितहरूले सहकारी ठग मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, हाम्रो समस्या समाधान गर जस्ता नारा लगाएका थिए । नाराबाजीका बीच प्रहरीले लामिछानेलाई सुरक्षा दिएर आफ्नो गन्तव्य तर्फ पठाएको थियो । प्रदर्शन लगत्तै प्रहरीले कालोझण्डा खोसेको थियो। चितवनमा साहारा चितवन बहुउद्देश्य सहकारीबाट करिब १३ करोड बराबरको रकम गोरखा मिडियामा गएको छ । उनीहरुले प...
दशै को अवसर पारी अमेरिका निवासी जयन्ती थापाले गरिन १० परिवार लाई खाद्यान्न सयोग।

दशै को अवसर पारी अमेरिका निवासी जयन्ती थापाले गरिन १० परिवार लाई खाद्यान्न सयोग।

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली २०८१ असोज १८ नेपाल घर सुर्खेत भइ हाल अमेरिका बस्दै आउनु भएकी जयन्ती थापाले कैलाली जिल्ला को गौरीगंगा नगरपालिका ३ र ६ वार्ड का अति बिपन्न अपाङ्ग परिवार लाई सामाजिक अभियन्ता मार्फत उनिहरुलाइ खाद्यान्न सयोग गरेकी हुन । उनी लामो समय देखि अमेरिका मा रहेर पनि नेपाल मा आपत बिपत्ति र असाय अशक्त हरुलाइ सयोग गर्दै आएकी छन । उन्ले दसै को अवसर पारी उनी हरुलाइ सयोग गरेकी हुन ।...
सधैझैँ दशैँमा सशस्त्रले गर्ने बडाभोज बिपत्तिको उद्वारको लागि सार्यो

सधैझैँ दशैँमा सशस्त्रले गर्ने बडाभोज बिपत्तिको उद्वारको लागि सार्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले बडा दशैंको उपलक्षमा आयोजना गर्न लागिएको बडाभोज (बडाखाना) सारेको छ। हरेक वर्ष सशस्त्रले दशैंको अवसरमा बडाभोज आयोजना गर्ने गरेको छ। यो वर्ष पनि आजका लागि भोज तय गरिएको थियो। तर हालैको बाढीपहिरो र डुबानमा साढे दुई सयभन्दा बढीको मृत्यु, दुई दर्जनबढी बेपत्ता, सयौं घाइते भएकाले विषम परिस्थिति उल्लेख गर्दै आजको भोज तत्काललाई स्थगित गरिएको हो। सो बडाभोज अब तिहारसम्ममा गर्ने प्रधान कार्यालय स्रोतले जनाएको छ। अहिले भने सशस्त्र प्रहरी उद्धार तथा राहत कार्यक्रममै लागेको जनाइएको छ। दशैंमा राज्यको तीन वटै निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बडाखाना अर्थात बडाभोज आयोजना गर्छन्। परम्परा नै बनेको उक्त भोजमा पछिल्लो समय हुने गरेको खर्च कम्तीमा सातदेखि १० करोड हुने अनुमान छ। फौजको हरेक युनिटको भोजमा माछामासु, चिउरा,तरकारीसँगै प्रशासनिक व्यहोरा...
बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

समाचार
सिन्धुली —बीपी राजमार्गको सिन्धुलीमाडी–बर्दिबास खण्डअन्तर्गत कमलामाई नगरपालिका–८, सिस्नेरीमा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको माइक्रोबस शुक्रबार दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार बा ५ ख ६६१८ नम्बरको माइक्रोबस दुर्घटनामा परी घाइते भएकामध्ये ६ जनालाई थप उपचारकालागि धरान पठाइएको छ । अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।...
बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित

बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित

मुख्य समाचार
१८ असोज, काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ । बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ । बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ । यसैगरी राजधानी काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ । यातायातका साधन सहज ...
‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्नुपर्छ : एमाले महासचिव पोखरेल

‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्नुपर्छ : एमाले महासचिव पोखरेल

समाचार
१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा भनेका ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै महासचिव पोखरेलले विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्ने उल्लेख गरेका छन् । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज्’ र ‘डाँफेज्’ शब्द प्रयोग गरेका थिए । त्यसपछि सामाजिक सन्जालमा उनलाई ट्रोल बनाइएको थियो । यसै सन्दर्भमा शुक्रबार एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीलाई अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको गुनासो सामाजिक सन्जाल फेसबु...
बाढी पहिरो प्रभावितले दशैंअघि अस्थायी आवास पाउन मुश्किल

बाढी पहिरो प्रभावितले दशैंअघि अस्थायी आवास पाउन मुश्किल

समाचार
१७ असोज, काठमाडौं। १२ असोजको बाढी, पहिरो र डुबानका कारण घरबास गुमाएकाहरुलाई अस्थायी आवासको प्रबन्ध गर्न ढिला हुने भएको छ । हाल केन्द्र, प्रदेश र स्थानीय तह उद्धार, राहत र सडक खुलाउने काममा व्यस्त भएकाले अस्थायी आवास निर्माण प्राथमिकतामा परेको छैन । प्रभावित क्षेत्रमा स्थानीय तहले पर्याप्त राहत सामग्री समेत पुर्‍याउन सकेका छैनन् । स्थानीय तहहरुले नै मृत्यु र घरबास गुमाएकाहरुको विवरण संकलन गरेर राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउनुपर्छ । तोकिएका फारम भरेर स्थानीय तहले प्राधिकरणको प्रणालीमा राखेपछि प्राधिकरणले अस्थायी आवासको पहिलो किस्ताको रकम निकासा गर्ने व्यवस्था छ । तर, स्थानीय तहहरुले दशैंअघि नै क्षति भएका घरहरुको विवरण पठाउन कठिन हुने बताइरहेका छन् । उनीहरुले विवरण नल्याएसम्म अस्थायी आवासका लागि रकम निकासा गर्न नमिल्ने विपद जोखिम न्युनीकरण तथा व्यवस्थ...
यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक...
स्नातक दोस्रो वर्ष पास  गायिका रचना रिमाल !

स्नातक दोस्रो वर्ष पास गायिका रचना रिमाल !

समाचार
काठमाडौं । गायिका रचना रिमाल अहिलेकी सर्वाधिक व्यस्तमध्येकी गायिका हुन् । एक महिना लामो अमेरिकाको सांगीतिक भ्रमण सकेर उनी केही दिनअघि काठमाडौं फर्किएकी छिन् । संगीत कर्मसँगै उनले अध्ययनलाई पनि अगाडि बढाइरहेकी छन् । व्यवसाय र कर्मलाई सन्तुलन मिलाएर अघि बढाउनुपर्छ भन्ने उदाहरण उनी बनेकी छन् । धेरैका लागि उनको यो साधना प्रेरणादायी हुनसक्छ । किनभने स्वअध्ययन गरेरै उनी स्नातक दोस्रो वर्ष उत्तीर्ण भएकी छन् । बुधबार बीए दोस्रो वर्षको नतिजा सार्वजनिक भएको थियो । नियमित कलेज जान नभ्याउँदा पनि आफूले स्वअध्ययनलाई समय दिने गरेको उनको भनाइ छ । आफू स्नातक दोस्रो वर्ष उत्तीर्ण भएपछि यसबारे जानकारी दिंदै रचना सामाजिक सञ्जालमा लेख्छिन्, ‘सांगीतिक कर्मसँगै पढाइलाई पनि सँगै लिएर जानुपर्छ भनेर अगाडि बढिरहेकी छु । नियमित कलेज जान नभ्याउँदा पनि स्वअध्ययनमा समय दिने गरेकी छु । फलस्वरुप हिजो प्रकाशित...
कैलाली क्याम्पसका विद्यार्थीले फहराए क्याम्पस चोकमा १२ फिटको झण्डा

कैलाली क्याम्पसका विद्यार्थीले फहराए क्याम्पस चोकमा १२ फिटको झण्डा

समाचार
धनगढीः कैलालीको धनगढीस्थित क्याम्पस चोकमा १२ फिटको राष्ट्रिय झण्डा फहराइएको छ। कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरूले झण्डा फेरेका हुन। धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयको सहकार्यमा विद्यार्थीहरू जनार्दन रावल, आकाश भट्ट, मधुकर ओझा, ओम प्रकाश वस्ती, कुशल बोहरा र कैलाली क्याम्पस स्ववियु सचिव सन्तोष पन्त लगायतका विद्यार्थीहरूले झण्डा फेरेका हुन। धनगढी उपमहानगरपालिकाका नगर प्रहरीको सहयोगमा क्याम्पस चोकमा झण्डा फेरिएको जनार्दन रावलले बताए। दशै, तिहार तथा छठ लगाउतका चाँड पर्वहरू आएकाले झुत्रो र पुरानो झण्डा फेरिएको उनले बताए।...
बैतडीको पञ्चेश्वरमा एक सुत्केरी महिलाको मृत्यु

बैतडीको पञ्चेश्वरमा एक सुत्केरी महिलाको मृत्यु

समाचार
बैतडीः बैतडीको पञ्चेश्वरमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ वर्षीया मनिषा घटालको मृत्यु भएको हो। सोमवार दिउँसो मृत बच्चालाई जन्म दिएकी घटालको अत्यधिक रक्तश्रावका कारण मंगलवार साँझ मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए। घरमै सुत्केरी भएकी घटालले पेटभित्रै मरेको बच्चालाई जन्म दिएकी थिइन्। विज्ञापन त्यसपछि उनलाई रक्तश्राव भएको र स्वास्थ्य संस्था नलाग्दा उनको अकालमै ज्यान गएको बुझिएको छ। वर्षातका कारण पहिरोले बाटोघाटो अवरुद्ध हुँदा सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन नसकेको मृतकका आफन्तले जनाएका छन्। गाउँ नजिकैको शेरी बर्थिङ सेन्टर समेत बन्द हुँदा झन् समस्या भएको बताइएको छ। मनिषालाई रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा लैजानुको सट्टा धामीझाक्रीको भर पर्दा उनको ज्यान गएको बुझिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज