Advertisement

महेन्द्रनगरबाट बैतडी हिँडेको बस मध्यराती डडेल्धुरामा दुर्घटना, ४ जनाको मृत्युु केही घाइते

Advertisement

डडेल्धुरा : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि सवार यात्रुवाहक बस दुर्घटनामा परेको छ । यात्रुबाहक बस डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ७ खस्रेखानमा मंगलबार राती साढे बाह्र बजे सडकबाट करिब तिनसय मिटर तल खसेर दुर्घटनामा परेको हो । पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस दुर्घटनामा परेको हो ।

 दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही  घाइते भएका छन् । घाइते हुनेमा बैतडी पुर्चौडी नगरपालिका ७ बस्ने नवराज सआउँद, पुर्चौडी ६ बस्ने राजेन्द्र साउँद, कञ्चनपुर कृष्णपुर नगरपालिका ४ बस्ने दिनेश साउँद, डडेल्धुरा आलिताल गाउँपालिका १ बस्ने मुकुन्द बोहोरा, दार्चुला मार्मा ५ बस्ने बिमला महत, कञ्चनपुर कृष्नपुर नगरपालिका ५ बस्ने धनमति साउँद, पुर्चौडी ८ बस्ने पदम बहादुर बोहरा र बस चालक बिरेन्द्र बोहरा रहेका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

 

दुर्घटना घट्ने बित्तिकै जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठको कमान्डमा २५ जना खटिएका प्रहरी, पोखरा चौकी प्र.ना.नि केशव पन्तको कमाण्डमा ६ जना प्रहरी, प्रहरी बल ५२ नम्बर हेडक्वाटर गण डडेल्धुरा सहायक प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रशाद श्रेष्ठको कमाण्डमा ३५ जना शसस्त्र प्रहरी र प्र.नि. उपेन्द्र बहादुर बमको कमान्डमा १६ जना ट्राफिक प्रहरी तुरुन्त घटना स्थलमा पुगि उद्वार कार्य गरिएको थियो  ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज