Advertisement
Advertisement

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्नुअघि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग अन्तरङ्ग कुराकानी भएको छ । मंगलबार नेकपाको कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा दुई शीर्ष नेताबिच एक घण्टा लामो कुराकानी भएको हो ।

काम विशेषले कपिलवस्तु गएका बेला विप्लवलाई भेट्न शर्मा शिवगढी पुगेका थिए । छलफलमा पार्टी एकता र समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट लैजाने विषयमा सकारात्मक कुराकानी भएको महासचिव विप्लवले रातोपाटीसँग बताए । तर माओवादीले संस्थागत निर्णय नगरी अहिले नै एकता भइहाल्छ भन्ने अवस्था छ भनेर बुझ्न नहुने उनको तर्क छ ।

‘प्रभाकरजी काम विशेषले यहाँ आउनुभएको थियो । भेटघाट गरौँ भन्ने कुरा भयो, भेट्यौँ । कुराकानी राम्रो भएको छ । पहिलो कुरा देशमा जुन जटिल खालको राजनीतिक परिस्थिति बनेको छ । त्यसबारे थोरै समीक्षा भयो । उहाँले बुझेको र हामीले बुझेको कुरा आपसमा छलफल गर्‍यौँ । दोस्रो कम्युनिस्ट आन्दोलनलाई कसरी एकताबद्ध भएर अगाडी लैजाने भन्ने विषयमा छलफल भयो । तेस्रो माओवादीबिच एकता र मोर्चाको बारेमा छलफल भयो । पार्टी एकतालाई सकारात्मक ढङ्गले लैजाऔँ भन्ने कुरा भयो । चौथो आन्तरिक बैठक बस्दैछ । त्यसमा सबैले सकारात्मक ढङ्गले पहल गरौँ । एकता र मोर्चालाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भयो । छलफल राम्रो भयो,’ छलफलबारे विप्लवले भने ।

माओवादीभित्रको वैचारिक सङ्घर्षका विषय उनीहरूको आन्तरिक विषय भएकाले सकारात्मक ढङ्गले अगाडि बढोस् भन्ने आफूले शुभेच्छा व्यक्त गरेको उनले जानकारी दिए ।

माओवादी भित्र पछिल्लो समय जुन वैचारिक र सैद्धान्तिक बहस भइरहेको छ । त्यो उहाँहरूको आन्तरिक विषय हुन् । बहस सकारात्मक ढङ्गले अगाडि बढोस् भनेर मैले शुभेच्छा व्यक्त गरेको छु । अध्यक्ष प्रचण्डसँग कुराकानी हुँदा पनि भएको थियो । हामीबिच जति कुरा भएका छन्, ती सकारात्मक भएका छन् । हरेक पार्टीमा वैचारिक र सैद्धान्तिक बहस हुन्छ । यसलाई सकारात्मक रूपमा हल गर्नुपर्छ’, उनले भने, ‘आज पनि यस विषयमा छलफल भयो । उहाँ पनि गम्भीर हुनुहुन्छ । जुन छलफल चलिरहेको छ, त्यो व्यक्तिगत स्वार्थ नभई सिङ्गो माओवादी आन्दोलनलाई अगाडि बढाउने विषयमा भएको हो । प्रभाकरले उठाउनुभएको विषय पनि आन्दोलनकै विषय हुन् । यी सबै छलफललाई सकारात्मक ढङ्गले अगाडि बढाउँदा एकता र मोर्चाबन्दीलाई सहयोग पुर्‍याउँछ । सँगसँगै नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनलाई नयाँ र खुला तरिकाले अगाडि बढाऊँ भन्ने कुराकानी भए ।’

पार्टी एकता, माओवादी आन्दोलनलाई अगाडि बढाउने विषयमा शर्मा पनि गम्भीर रहेको आफूले पाएको उनले बताए । ‘विभिन्न विकल्प छन्, ती विकल्पबारे छलफल गरौँ भन्ने कुरा भएको छ । मिलेर कसरी अगाडि बढ्ने ? एकताका आधार कसरी निर्माण गर्ने ? माओवादी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा उहाँका कुरा सकारात्मक पाएको छु’, उनले भने, ‘प्रभाकरसँगको कुराकानी त सकारात्मक नै भयो । हामी सहयोद्धा, सहपाठी भएकाले अन्तरङ्ग कुराकानी हुनु स्वाभाविक हो । तर एकताका लागि पहिला त माओवादीले संस्थागत निर्णय गर्नु पर्‍यो नि । माओवादीले अहिलेसम्म निर्णय नै छैन । ठ्याक्कै भोलि वा पर्सी नै भइहाल्छ भन्ने कुरा सही होइन । सायद छिट्टै माओवादी नेतृत्वसँग पनि छलफल हुन्छ ।

’माओवादीले कात्तिकको दोस्रो साता केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । बैठक अगाडि सबै प्रदेशमा परामर्श समिति बैठक बसको थियो । सबै प्रदेशमा भएको परामर्शका आधारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्ताबेज लेख्दै छन् । केन्द्रीय समिति बैठकले विप्लवका पार्टी लगायत अन्य माओवादी घटकसँग एकताबारे औपचारिक निर्णय लिने माओवादी नेताहरूले दाबी गरेका छन् । स्रोत: रातोपाटी

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज