Advertisement

हाम्रो बारेमा

व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै अछामको चौरपाटीका किसान

व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै अछामको चौरपाटीका किसान

अछाम, ताजा अपडेट, दैनिक, समाचार, सुदूरपश्चिम
चौरपाटी गाउँपालिकाका विभिन्न टोलमा पिउनलाई समेत पानी हुँदैन। त्यस कारण तरकारी लगायतका खेती गर्न किसानहरू समस्या झेलिरहेका छन्। पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर १ र २ का किसानहरूलाई कृषि खेतीका लागि टनेल हस्तान्तरण गरेको छ। मालिका विकास संघका जलवायु मैत्री गाउँ परियोजना अधिकृत जनक कठरियाले वडा नम्बर १ र २ का ९० जना कृषकलाई टनेल वितरण गरिएको जानकारी दिए। उनले वडा नम्बर १ का ११ वटा समूहका ५५ जना सदस्य र वडा नम्बर २ का ७ वटा समूहका ३५ जना सदस्यलाई तरकारी खेतीका लागि टनेल वितरण गरिएको बताए। उनका अनुसार एक समूहका पाँच जना सदस्यलाई टनेल हस्तान्तरण गरिएको हो। यस्तै पानीको समस्या भएको ठाउँमा थोपा सिचाईका लागि ड्रम र पाइप सहयोग गरिएको छ। जलवायु परिवर्तनका कारण उत्पादन घटिरहेको भन्दै सो परियोजनामार्फत किसानलाई विभिन्न सहयोग गरिँदै आएको छ। यो परियोजनाले जलवायुमैत्री अनुकलन कृषि प्रविधि अपनाएर कृषक...
आज दिउँसो १२ बजेसम्म उद्योगको लाइन जोड्न सरकारको निर्देशन, ‘साढे ६ अर्ब बक्यौता अन्योलमा’

आज दिउँसो १२ बजेसम्म उद्योगको लाइन जोड्न सरकारको निर्देशन, ‘साढे ६ अर्ब बक्यौता अन्योलमा’

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
तस्बिर : रासस काठमाण्डौ – सरकारले उद्योगमा काटिएको बिजुली आज सोमवार दिउँसो १२ बजेसम्म जोड्न निर्देशन दिएको छ । हिजो आइतवार बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्योगमा बिजुलीको लाइन काटिँदा उत्पादन ठप्प भएर माग र आपूर्तिको शृङ्खला नै बन्द हुने र बेरोजगारी बढ्ने भन्दै तत्कालै लाइन जोड्ने निर्णय गरेको हो । यसअघि विद्युत नियमन आयोगले कात्तिकको १४ गते विद्युत प्राधिकरणलाई पत्र पठाएर पहिलो किस्ताको बक्यौता नतिरेसम्म लाइन नजोड्न निर्देशन दिएको थियो । प्राधिकरणले पनि ५६ किस्तामा रकम बुझाउन सक्नेगरी लचक व्यवस्था ल्याएको थियो । केही उद्योगले किस्ताबन्दीमा रकम बुझाउन शुरु गरेका छन् । तर, सरकारले भने बक्यौताको टुङ्गो नभइकनै आज १२ बजेभित्र लाइन जोड्नुपर्ने निर्णय गरेपछि ट्रंक र डेडिकेटेड फिडरको प्रयोगवापत उठाउनुपर्ने साढे ६ अर्ब रुपैयाँ फेरि अन्योलमा परेको छ । लाइन जोड्ने  मन्त...
राष्ट्रीय संगीतकर्मि सघं भारतको पहिलो साधारणसभा सम्पन्न

राष्ट्रीय संगीतकर्मि सघं भारतको पहिलो साधारणसभा सम्पन्न

ताजा अपडेट
बेंगलोर- राष्ट्रिय संगीत कर्मी संघ भारत प्रवासको केन्द्रीय कमिटीको पहिलो साधारण सभा सम्पन्न भयको छ। राष्ट्रीय संगित कर्मि संघ भारत का अध्यक्ष अबिनाश थापाको अध्यक्षता मा सुरु भयको कार्यक्रम मा राष्ट्रीय संगीत कर्मि संघ सुदरपश्चिम प्रदेश समिति का अध्यक्ष निल गगन सिंह प्रमुख अतिथि रहनु भयको थियो। उपाध्यक्ष गुणाकार पनेरु अतिथि रहनु भयको थियो भने राष्ट्रीय संगितकर्मि संघ भारत प्रवासका सम्पूर्ण सदस्यहरुको उपस्थिति मा नयाँ कार्यसमिति गठन गरियको छ। राष्ट्रिय संगीतकर्मी सघं भारत प्रवास नवगठित कार्यसमिति । १ )अध्यक्ष: श्री जनकराज ढुङ्गाना २ )वरिष्ठ उपाध्यक्ष: श्री वीर बहादुर बोहरा ३)प्रथम उपाध्यक्ष :श्री करण साउँद ४ )द्वितीय उपाध्यक्ष :श्री जीवन परियार ५ )तृतीय उपाध्यक्ष :श्री हर्क आउजी ६)महिला उपाध्यक्ष : बिना बजगाई ७)महासचिव : श्री जनकराज अवस्थी ८ )उपमहासचिव :श्री राजेन्...
कालीकोटमा बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु, १० घाइते

कालीकोटमा बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु, १० घाइते

Breaking News 1, कालिकोट, ताजा अपडेट
कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।  गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् । पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । गाडी सडकबाट ५०० मिटर तल खसेको छ। उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।...
अब कार्यकारी राष्ट्रपतिको मुद्दा लिएर सडकमा उत्रिन्छौँ : अध्यक्ष दाहाल

अब कार्यकारी राष्ट्रपतिको मुद्दा लिएर सडकमा उत्रिन्छौँ : अध्यक्ष दाहाल

Breaking News 1
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अब कार्यकारी राष्ट्रपतिको मागसहित सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार मकवानपुरको थाहा नगरपालिकामा वाईसीएलको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले नयाँ आन्दोलनको संकेत गरे। कांग्रेस–एमाले गठबन्धनको सरकार गठनसँगै प्रतिपक्षी बेञ्जमा पुगेका दाहाल पछिल्ला चार महिनायता निरन्तर सडक आन्दोलनको चेतावनी दिँदै आएका छन् । उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमाथि पनि कडा प्रहार गरे । आफ्नो नेतृत्वको पूर्वसरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएका व्यक्तिहरूले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएको र बिचौलियाहरूले नै यो सरकार निर्माण गरिदिएको आरोप समेत लगाए। ‘यो सरकार जनताको सरकार होइन । हामीले सुशासन र भ्रष्टाचारीलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि बिचौलियाले बनाइदिएको...
भैरहवाबाट चार एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

भैरहवाबाट चार एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

समाचार
भैरहवा —सञ्चालनमा आएको दुई वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा विमान कम्पनीले शुक्रबार र शनिबारबाट अन्तर्राष्ट्रिय उडान गर्दै छन् । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय सरोकारवाला खुसी छन् । यसले लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको छ ।   स्थानीय सरोकारवालाले यहाँबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने वातावरण बनाउन माग गरेका छन् । गत भाइटीकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याह्न दोस्रो पटक भैरहवा अवतरण गरेको थियो । शुक्रबार ७ यात्रु बोकेर आएको थाई एयर एसियाको विमान ३२ यात्रु लिएर फर्किएको छ । आउँदो साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।   नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सव...
महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

समाचार
धनुषा —महोत्तरीको टुटेश्वरमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट तीन जना घाइते भएका छन् । बर्दीबास–५ स्थित टुटेश्वरको जंगलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु र तीनजना घाइते  भएका हुन् ।   महोत्तरीको माईस्थानबाट सर्लाहीतर्फ जाँदै गरेको ना ४ त ६८२३ नम्बरको ट्याक्टरलाई ना ८ ख ३१६ नम्बरको टिपरले शुक्रबार राति पछाडिबाट ठक्कर दिँदा सर्लाही ईश्वरपुर–१२ का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको छ । ठक्करबाट महोत्तरी बर्दीबास–७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर–१२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दीबासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए । घाइते तीनै जनाको बर्दीबासस्थित शुभस्वास्तिक अस्पतालमा भर्ना गरिएका छ । उनीहरुको टाउको, छाती र कम्मरमा चोट लागेको छ । मृतक...
जनप्रतिनिधि र कर्मचारी सेवाप्रवाह प्रभावित हुने गरि रारा भ्रमणमा

जनप्रतिनिधि र कर्मचारी सेवाप्रवाह प्रभावित हुने गरि रारा भ्रमणमा

Breaking News 1, अछाम
मङ्गलसेन नगरपालिका वडानम्वर १ का जनप्रतिनिधि र कर्मचारी सेवाप्रवाह प्रभावित हुने गरि रारा भ्रमणमा छन । वडा अध्यक्ष लाेकराज नाथ र वडा सचिव शिद्दराज ढुंगाना सहित जनप्रतिनिधि र कर्मचारीहरुकाे टाेली रारा सहित कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रमा रमाउन गएकाे हाे । तिहार बिदापछी कार्यालय खुलेको दिन कार्तिक २० गतेदेखि वडाका जिम्मेवार व्यक्ति कार्यालयमा नहुदा सेवाग्राहीलाई सास्ती भएको छ । बिदामा घर आएकाहरु नागरिकता सिफारिस र जन्मदर्ता लगायतका सेवा लिन वडा कार्यालमा जाँदा सेवा नपाएर फर्किने गरेका छन । वडा कार्यालय नै खाली हुने गरि वडाका कर्मचारी र जनप्रतिनिधि घुम्न जाँदा यता वडाका जनताले भने दु:ख पाएका छन । वडा सचिव र वडा अध्यक्षले आफ्नो अनुपस्थितिमा अन्य व्यक्तिलाई जिम्मेवारी दिएर सेवा प्रभावित नहुने गरि जानुपर्नेमा त्यस्तो समेत गरेकाे पाईएन । कार्तिक २०, २१ र २३ गते अफिस खुल्ने दिन हाे, यी...
रुसी राष्ट्रपति पुटिनसँग कुरा गर्ने ट्रम्पको संकेत

रुसी राष्ट्रपति पुटिनसँग कुरा गर्ने ट्रम्पको संकेत

Breaking News 1, अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत गरेका छन् । एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले अहिलेसम्म विश्वका करिब ७० जना नेताहरूसँग कुराकानी गरिसकेको उल्लेख गर्दै पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताएका हुन् । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग 'राम्रो संवाद' भएको बताएका छन् । त्यस्तै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेको बताएका छन् । तर ट्रम्पले कुराकानीबारे विस्तृत भने केही नभनेको एनबीसीले जनाएको छ । पुटिनसँग अहिले संवाद नभएको उल्लेख गर्दै उनले भनेका छन्, 'मलाई लाग्छ, हामी कुराकानी गर्नेछौँ ।' यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई द...

रुसी राष्ट्रपति पुटिनसँग कुरा गर्ने ट्रम्पको संकेत

Breaking News 1, अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत गरेका छन् । एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले अहिलेसम्म विश्वका करिब ७० जना नेताहरूसँग कुराकानी गरिसकेको उल्लेख गर्दै पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताएका हुन् । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग 'राम्रो संवाद' भएको बताएका छन् । त्यस्तै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेको बताएका छन् । तर ट्रम्पले कुराकानीबारे विस्तृत भने केही नभनेको एनबीसीले जनाएको छ । पुटिनसँग अहिले संवाद नभएको उल्लेख गर्दै उनले भनेका छन्, 'मलाई लाग्छ, हामी कुराकानी गर्नेछौँ ।' यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई द...
सुनको भाउ एकैदिनमा दुई हजार रुपैयाँले बढ्यो

सुनको भाउ एकैदिनमा दुई हजार रुपैयाँले बढ्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डौ – हिजो एकैदिन चार हजार रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा दुई हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन एकैदिन चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय ६० रुपैयाँ रहेको थियो ।...
सत्र किलोमा भएको दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, ५ जनाको अवस्था गम्भीर

सत्र किलोमा भएको दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, ५ जनाको अवस्था गम्भीर

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज