Advertisement

मनोचिकित्सक(साइक्याट्रिष्टहरु) संघ नेपालको १० औं राष्ट्रिय सम्मेलन आजदेखि नेपालगन्जमा सुरु

Advertisement

नेपालगन्जः मनोचिकित्सक संघ नेपालको १० औं राष्ट्रिय सम्मेलन आजदेखि नेपालगन्जमा सुरु भएको छ । सम्मेलनमा नेपालसहित भारतका साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनमा मानसिक स्वास्थ्य, दुव्र्यसनी, चुनौती र अवसरका विषयवस्तुमा केन्द्रीत रहेर शोधपत्रहरु प्रस्तुत भएको सम्मेलनको संयोजन गर्दै आएका साइक्याट्रिष्ट प्रा.डा मोहन बेल्वासेले जानकारी दिए । प्रत्येक वर्ष संघले आयोजना गर्ने यस्ता सम्मेलनहरुमा मानसिक स्वास्थ्यका विभिन्न आयामबारे प्राप्त अनुसन्धानमा विषयमा विचार विमर्श गर्ने गरिएको प्रा.डा बेल्बासेले बताए ।

पछिल्लो समय दुव्र्यसनका बिषयमा पनि साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञको चासो बढ्दै गइरहेका बेला पश्चिम नेपालमा पहिलो पटक नेपालगन्जमा आयोजना गरिएको राष्ट्रिय सम्मेलनमा दुव्र्यसनलाई मानसिक स्वास्थ्यभित्र राखेर उपचार खोजिनु पर्नेमा जोड दिइएको छ । संघका महासचिव डा.मनोज ढुंगानाले पछिल्लो समय दुव्र्यसनका कारण मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेकाले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघसंस्था, गृह प्रशासन तथा स्वास्थ्य मन्त्रालयबीच समन्वय गरेर अघि बढ्नुको विकल्प नभएको बताए ।

दुव्र्यसनको लतमा फसेकाहरुलाई सरकारले उपचार भन्दा पनि कानुनी कारवाहीको दायरामा ल्याउने गरेको विद्यमान अवस्था छ । ‘लागु पदार्थ, मदिरा लगायतको सेवन गर्नेलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिने र मुद्दा चलाउने गरेको पाइएको छ डा.ढुंगानाले भने–‘यो दीर्घकालीन समाधान होइन । लतमा फसेकालाई उपचारनै चाहिन्छ । त्यसैले यो सम्मेलनले देखिएका चुनौतीहरुको पहिचान गर्दै समाधानको उपाय समेत सुझाउने छ ।’

मानसिक स्वास्थ्यका क्षेत्रमा अनुसन्धान र रिपोर्टिङ गर्दै आएका हिमाल गैरे दुव्र्यसनीलाई व्यवहारजन्य रुपमा हेर्नु भन्दा पनि उपचारमा जोड दिन सकियो भने मानसिक स्वास्थ्यको बढ्दो ग्राफलाई रोक्न सकिने बताउँछन् । उनले त्यसका लागि विद्यामान ऐन, नियम र कानुन संशोधनको आवश्यकता समेत औल्याए ।भोलिसम्म चल्ने सम्मेलनमा ख्याति प्राप्त विज्ञहरुको कार्यपत्र प्रस्तुत गर्नेछन् । तीन वटा कार्यशालामा पहिलो दिन ३० वटा कार्यपत्र प्रस्तुत गरिएको प्रा.डा बेल्वासेले जानकारी दिए । वुटवल पश्चिम मनोचिकित्सक संघको यो पहिलो राष्ट्रिय सम्मेलन हो ।

सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले गरेका थिए । उनले मानसिक स्वास्थ्य चुनौतीपूर्ण बनेको भन्दै सरकार गम्भीर रहेको बताए । उनले मानसिक स्वास्थ्यका क्षेत्र हेर्ने मन्त्रालयसँग कुनै विभाग नभए पनि डेस्क स्थापना गरिएको उल्लेख गरे । विभागका लागि पहल भइरहेको पनि उनले बताए । सम्मेलनमा संघले प्रदान गर्दै आएको लाइफटाइम एचिभमेन्ट अवार्ड यो पटक डा.नवराज कोइरालालाई प्रदान गरिएको छ ।

डा.कोइराला विराट मेडिकल कलेजका विभागीय प्रमुख हुन् । यसैगरी मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुराएको भन्दै टिचिङ हस्पिटलका विभागिय प्रमुख डा.सरोज ओझा र मानव सेवा आश्रम नेपालगन्जलाई पनि सम्मानित गरिएको छ । मनोचिकित्सक संघ नेपालका अध्यक्ष प्रा.डा रवि शाक्यको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा दुई सय बढी साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज