गेटामा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी तीव्र
कैलाली, गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना र सञ्चालनमा जोड दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दुविधामा नरहन आग्रह गरेका छन्।
गेटास्थित विश्वविद्यालय अनुगमनका क्रममा मन्त्री पौडेलले अस्पताल र एमबीबीएस कार्यक्रम सञ्चालनका कार्यलाई सँगसँगै अगाडि बढाउन निर्देशन दिए। उनले भने, “पहिले अस्पताल सञ्चालन गर्दै, त्यसपछि एमबीबीएस कार्यक्रम सुरु गर्न सकिन्छ। विश्वविद्यालय सञ्चालनका आफ्नै प्रक्रिया हुन्छन्, जसलाई राज्यले लागत उपलब्ध गराएर अघि बढाउनुपर्छ।”
उनले अस्पताल र मेडिकल कार्यक्रम सञ्चालन नभएका ठाउँमा विश्वविद्यालय स्थापना चुनौतीपूर्ण हुने भन्दै गेटा अस्पताललाई तत्काल ३०० शय्याको बनाउने लक्ष्य तय गरिएको जानकारी दिए। मन्त्री पौडेलले भने, “१० जना छात्रवृत्तिका चिकित्सक र २० जना नर्सिङ कर्मचारी पठाएर अस्पताललाई तीन सय शय्याको ब...












