Advertisement

सुनिपिपलचौर माविमा एसईई तयारीका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन

Advertisement

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७ सुवेडास्थित सुनिपिपलचौर माध्यमिक विद्यालयले एसईई तयारी गरिरहेका विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्न बुधबार (भोली) देखि विद्यालयमै निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने भएको छ । आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्न र उनीहरूको तयारीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । ट्युसन कक्षामा विषय शिक्षकहरूबाट गणित, विज्ञान र अंग्रेजी विषयको ट्युसन पढाई हुने विध्यालयले जनाएको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र बहादुर सिंहले यो कदमलाई विद्यार्थीको भविष्य निर्माणमा एक महत्वपूर्ण प्रयासका रूपमा व्याख्या गरेका छन् । ‘विद्यार्थीलाई बाहिरी ट्युसनको आर्थिक बोझ कम गर्दै उनीहरूको अध्ययनलाई प्रभावकारी बनाउने हाम्रो मुख्य उद्देश्य हो । यसमा अभिभावक र विद्यार्थीहरूको सहयोग देख्दा हामी निकै हर्षित छौँ ।’ उनले भने । विद्यार्थीहरू यो कक्षाबाट निकै लाभान्वित हुने अध्यक्ष सिंहले अपेक्षा गरेका छन् ।
एसईईको तयारी गरिरहेका छात्र प्रकाश जोशीले भने, ‘विद्यालयमै निःशुल्क ट्युसन हुँदा हामीजस्ता आर्थिक रूपमा कमजोर विद्यार्थीलाई धेरै सहज हुनेभएको छ । नत्र हिडेर सदरमुकाम चैनपुर जानुपथ्र्यो । विद्यालयमै निःशुल्क ट्युसन हुँदा घरमै खाना खाएर पढ्न पाइने भएको छ । यसमा हामी खुसी छौ । यसले हामीलाई थप मेहनत गर्न प्रेरित गरेको छ ।’
यसैगरी, अभिभावकहरूले विद्यालयको यो प्रयासलाई अत्यन्त सराहनीय मानेका छन् । स्थानीय अभिभावक सत्यराज काेइरालाले भने, ‘विद्यालयले यस्तो कार्यक्रम सुरु गरेर हाम्रो छोराछोरीको शैक्षिक स्तर सुधार्न ठूलो योगदान दिएको छ । बाहिर ट्युसन पठाउन नसक्ने अभिभावकहरूका लागि यो निकै राहतको कुरा हो ।’
शिक्षकहरूले विद्यार्थीलाई एसईई परीक्षाको तयारीमा सहजीकरण गर्न कक्षालाई व्यवस्थित र परिणाममुखी बनाएका छन् । शिक्षक खत्रीले भने,‘विद्यार्थीहरूको आवश्यकता र कठिनाइलाई ध्यानमा राखेर पाठ्यक्रम तयार गरेका छौँ । उनीहरूको आत्मविश्वास र क्षमता अभिवृद्धिका लागि हामी सक्दो प्रयास गरिरहेका छौँ ।’ निःशुल्क ट्युसन कक्षाको यो पहलले विद्यार्थी, अभिभावक र शिक्षकमाझ सकारात्मक प्रभाव पारेको छ । यो कार्यक्रमले विद्यार्थीको शैक्षिक प्रगतिमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यो कार्यक्रम अन्य विद्यालयहरूका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज