जनयुद्धको ऐतिहासिक महत्व र वर्तमान सन्दर्भ – प्रकाश नेपाली
हरेक देशको परिवर्तनको आधार एउटा आन्दोलन र एउटा कुशल नेतृत्व हो, जसले देशलाई नयाँ दिशामा अघि बढाउँछ। नेपालको इतिहासदेखि वर्तमानसम्मका हरेक कालखण्डमा कुनै व्यक्ति, कुनै नीति, कुनै विचार, कुनै पार्टी वा कुनै सिद्धान्तले देशलाई परिवर्तनको जग निर्माण गरेको छ। ती परिवर्तनका संवाहकहरूलाई सम्मान गर्नु हरेक नेपाली नागरिकको कर्तव्य हो।
इतिहासका पानाहरू पल्टाउँदै गर्दा, अंग्रेजविरुद्धको लडाइँ, राणाविरुद्धको लडाइँ र पञ्चायती शासनविरुद्धको संघर्षमा नेतृत्वदायी भूमिका खेल्ने वीर नेपालीप्रति हामीले उच्च सम्मान व्यक्त गर्नुपर्छ। आज हामी २१औं शताब्दीमा उभिएका छौं, जहाँ आम नागरिकका हक, अधिकार र हित सुनिश्चित भएका छन्।
आजको नेपालको यो परिकल्पना र उपलब्धिहरूको जग जनयुद्धले निर्माण गरेको हो। जनयुद्धका नेतृत्वकर्ता प्रचण्ड, बाबुराम र वैद्यजस्ता अग्रजहरूले गणतन्त्रको स्वामित्व स्थापित गर्न ऐतिहासिक भूमिका ...











