Advertisement

हाम्रो बारेमा

कैलालीमा नेपाल परिवार नियोजन संघको ३३औँ अधिवेशन सम्पन्न, जनकराज जोशी अध्यक्षमा निर्वाचित

कैलालीमा नेपाल परिवार नियोजन संघको ३३औँ अधिवेशन सम्पन्न, जनकराज जोशी अध्यक्षमा निर्वाचित

समाचार
  कैलाली। नेपाल परिवार नियोजन संघ, कैलाली शाखाको ३३औँ अधिवेशनबाट जनकराज जोशी अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ। निर्वाचन परिणामअनुसार शाखाको कोषाध्यक्षमा चिरञ्जीवी पाठक निर्वाचित भएका छन्। महिला सदस्यमा भगवती बडाल र भुवनेश्वरी मल्ल विजयी भएका छन्। त्यसैगरी, विशेषज्ञ सदस्यतर्फ कुश्मा जोशी (अपाङ्गता), सुभाषचन्द्र उपाध्याय (कानुन), रञ्जना जोशी (अर्थ) तथा कालीप्रसाद पडाल (प्रजनन स्वास्थ्य) निर्वाचित भएका छन्। किशोर–युवा सदस्यमा मोनिका वड र स्तुति आचार्य निर्वाचित भएका छन् भने युवा सदस्यमा रोशनी चौधरी चयन भएकी छन्। नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म परिवार नियोजन, प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन अधिकार, किशोर–किशोरीमैत्री सेवा तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि...
किसानलाई पेन्सनदेखि मल कारखानासम्म, सरकारले सार्वजनिक गर्‍यो कृषि क्षेत्रका महत्त्वाकांक्षी प्रतिबद्धता

किसानलाई पेन्सनदेखि मल कारखानासम्म, सरकारले सार्वजनिक गर्‍यो कृषि क्षेत्रका महत्त्वाकांक्षी प्रतिबद्धता

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित कृषि क्षेत्रका महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा किसानको सम्मान, कृषि आत्मनिर्भरता, उत्पादन वृद्धि र कृषि व्यवसायको आधुनिकीकरणलाई प्राथमिकतामा राखिएको हो। राष्ट्रिय प्रतिबद्धताको दोस्रो बुँदामा ‘कृषि पेसाको सम्मान र आत्मनिर्भरता’ शीर्षक राखिएको छ। यसअन्तर्गत योगदानमा आधारित किसान पेन्सन लागू गर्ने, किसान परिचयपत्रका आधारमा वास्तविक किसानलाई मात्र अनुदान, सहुलियत ऋण, सेवासुविधा तथा सामाजिक सुरक्षा उपलब्ध गराउने उल्लेख गरिएको छ। सरकारले कृषि उद्यम तथा उद्योगलाई विशेष प्राथमिकता दिँदै कर छुट, भन्सार सहुलियत र लगानी प्रोत्साहनका कार्यक्रम अघि बढाउने जनाएको छ। बाँझो कृषि जमिनको उपयोग, चक्लाबन्दी तथा जग्गा एकीकरण कार्यक्...
विश्वकपको सेमिफाइनल समीकरण पूरा : चारवटै टोली पूर्वविजेता

विश्वकपको सेमिफाइनल समीकरण पूरा : चारवटै टोली पूर्वविजेता

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा पुगेका हुन् । आज बिहान सकिएका दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । इंग्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । अब फाइनलमा पुग्न साबिक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेनबीच खेल हुनेछ । अर्जेन्टिना ३ पटकको विश्व विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले १/१ पटक उपाधि जितेका छन् । पहिलो सेमिफाइनल खेल फ्रान्स र स्पेनबीच असार ३० गते मंगलबार मध्यराति पौने १ बजे हुनेछ । त्यस्तै इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल असार ३१ गते बुधबार मध्यराति पौने १ बजे हुनेछ । विश्वकपको फाइनल खेल साउन ३ गते आइतबार राति पौने १ बजे अमे...
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगियो

बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगियो

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको केदारस्यूँ गाउँपालिका-७  र दुर्गाथली गाउँपालिका - ६ को सीमा सुँगरेमा भएकाे बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ। शनिबार नै उद्धारका लागि बझाङ पुगेको नेपाली सेनाको हेलिकप्टरले सदरमुकाम चैनपुरबाट गम्भीर घाइतेहरूलाई पालैपालो दुई/दुई जनाका दरले नेपालगञ्ज पुर्‍याइरहेको प्रहरीले जनाएको छ। नेपालगञ्ज रेफर गरिएकाहरूमा दुर्गाथली गाउँपालिका-६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता, अर्का रामबहादुर महता तथा केदारस्यूँ गाउँपालिका-७ का जिप चालक देवबहादुर धामी रहेका छन्। उनीहरूलाई दुर्घटनास्थलबाट उद्धार गरी शनिबार राति जिल्ला अस्पताल बझाङ ल्याइएको थियो। जिल्ला अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको हो। शनिबार दिउँसो बुंगल नगरपालिकाबाट दुर्गाथ...
शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली- कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन्। उनी व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बनेका हुन्। भट्टले एक बिघा आफ्नै जमिनमा व्यावसायिक रूपमा शिलतचिनीको खेती गरेका छन्। एक वर्ष अघिदेखि खेती गर्न सुरू गरेका उनले हाल खेतमा एक हजार दुघ भन्दा बढी बिरुवा लगाएका छन्। अझै आठ सय बिरुवा रोप्ने उनको योजना छ। भट्टको खेत अवलोकन गर्न दिनहुँ स्थानीय किसान पुग्ने गरेका छन्। परम्परागत खेतीसँगै उनले गरेको शीतलचिनीको व्यावसायिक उत्पादनबाट उत्प्रेरित भएको अवलोकनका लागि आउने किसानहरू बताउँछन्। कम लागतमा उत्पादन गर्न सकिने, तुलनात्मक रूपमा कम स्याहार गर्नुपर्ने तथा बजारको माग पनि बढ्दै गएकाले शीतलचिनीको खेती सुरुआत गरेको भट्टले बताए। करिब दुई लाख लगानीमा व्यवसाय सुरु गरेका उनल...
सुदूरपश्चिममा विपद् व्यवस्थापन सुदृढ बनाउन दुई कार्ययोजना स्वीकृत, मुख्यमन्त्री शाहद्वारा उच्च सतर्कताको निर्देशन

सुदूरपश्चिममा विपद् व्यवस्थापन सुदृढ बनाउन दुई कार्ययोजना स्वीकृत, मुख्यमन्त्री शाहद्वारा उच्च सतर्कताको निर्देशन

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले मनसुनजन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि दुई महत्वपूर्ण कार्ययोजना स्वीकृत गरेको छ। प्रदेश विपद् व्यवस्थापन परिषद्का अध्यक्ष तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा शनिबार बसेको परिषद् बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना, २०७७ (पाँचौँ संशोधन–२०८३) र बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना (२०२५–२०३०) अनुमोदन गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा प्रदेश सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। स्वीकृत मनसुन पूर्वतयारी कार्ययोजनामा बाढी, पहिरो, डुबान, कटान, सडक अवरोधलगायत वर्षायाममा हुन सक्ने जोखिमको पूर्वानुमान, जोखिम न्यूनीकरण, खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनासम्बन्धी जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको छ। साथै आपत्कालीन अवस्थामा विभिन्न नि...
आइतवार र सोमवार अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

आइतवार र सोमवार अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

Breaking News 1, मुख्य समाचार, समाचार
काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले आइतवार र सोमवार देशका विभिन्न स्थानमा भारीदेखि अति भारीसम्म वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ। यसै पूर्वानुमानलाई आधार मानेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, मौसमको अद्यावधिक जानकारी नियमित रूपमा लिन तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाको पालना गर्न सबैमा अपिल गरेको छ।...
बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्युँ गाउँपालिका–७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका–६ की कुटुरीदेवी महत रहेका छन। साे दुर्घटनामा परी १२ जना घाइते भएका छन्।गम्भीर घाइते हुनेहरूमा दुर्गाथली गाउँपालिका–६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा केदारस्युँ गाउँपालिका–७ का जिप चालक देवबहादुर धामी रहेका छन्। त्यसैगरी, दुर्गाथली गाउँपालिका–६ का धन्सेर जाग्री, रमेश धामी, नवराज धामी र बिरु जाग्री सामान्य घाइते भएका छन्। दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल ...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ गन्तव्यतर्फ लाग्नुहुन्छ । सारङ्गीको धुन र गीतमार्फत उहाँले आफ्नो जीवनयापन मात्र गरिरहनुभएको छैन, गन्धर्व समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई निरन्तरता दिइरहनुभएको छ । लमजुङको सुन्दरबजार क्षेत्र नजिकै लमजुङ र तनहुँको सीमाक्षेत्रमा बसोबास गर्दै आउनुभएका यमबहादुरले गएको ३६ वर्षदेखि सारङ्गी बजाउने र गीत गाउने पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । बुबा–बाजेको पालादेखि चल्दै आएको पुख्र्यौली पेसालाई अँगालेर उहाँले आफ्नो जीवनयात्रा अघि बढाइ रहनुभएको हो । ‘पढाइ पनि धेरै गर्न सकिनँ, अरू काम पनि जानेको छैन । अब यही पेसाबाट जीवन चलिरहेको छ,’ यमबहादुरले भन्नुभयो, ‘हातगोडा चलुन्जेल यही काम गर्छु । आफ्नो कमाइ आफैँ गर्छु र आफ्नो खर्च आफैँ चलाउँछु ।’ विगतमा गाउँ–बस...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुकाम चैनपुर स्थित पुरानो पुरानो बसपार्कबाट प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाट खटेको टोलीले विशेष सूचनाका आधारमा जयपृथ्वी नगरपालिका-९ स्थित पुरानो बसपार्कमा सञ्चालनमा रहेको जगदम्बा होटलबाट ४ जना महिला र १ जना पुरुषलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनैतिक क्रियाकलापमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएकोहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखेको प्रहरीको भनाइ  छ।...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको ‘आर्थिक वर्ष २०८३र८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’माथि छलफलका क्रममा उनीहरूले यस्तो बताएका हुन्। छलफलमा सहभागी प्रदेशसभा सदस्यहरूले बजेट कार्यान्वयन, राजस्व परिचालन, वित्तीय आत्मनिर्भरता र विकास योजनाको प्रभावकारितामा जोड दिएका थिए। विनियोजन विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य रामेश्वर चौधरी, तुलसी देवकोटा र दमन भण्डारीले भाग लिएका थिए भने आर्थिक विधेयकमाथिको छलफलमा अक्कलबहादुर रावल, धर्मराज पाठक र मानबहादुर धामीले धारणा राखे। प्रदेशसभा सदस्य च...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार
बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खेलमा बेल्जियम २–१ गोलले पराजित भयो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक/एक गोल गरे । खेलको ३०औँ मिनेटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो । तर खेलको ४१औँ मिनेटमा बेल्जियमका चाल्र्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी भयो । खेलको दोस्रो हाफको ८८औँ मिनेटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई १६ वर्षपछि सेमिफाइनलमा पुर्याए । स्पेनले यसअघि सन् २०१० मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको टोली सन् २०१८ र २०२२ मा अन्तिम–१६ मा पुगेको थियो । स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ । पहिलो क्वाटरफाईनल खेलमा साविक उपविजेता फ्रान्सले मोरक्कोलाई २ गोलले हराउँदै सेमिफाइनमा पुगिसकेको छ । विश्वकप ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज