Advertisement

पत्रकारमाथि सामाजिक सञ्जालबाट चरित्रहत्या र भ्रम फैलाएको भन्दै महासंघको आपत्ति

Advertisement

बझाङ- नेपाल पत्रकार महासंघ बझाङ शाखाले पत्रकारले सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गरेकै आधारमा व्यक्तिगत आक्षेप लगाउने, चरित्रहत्या गर्ने तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ बझाङ शाखाले प्रेस विज्ञप्ति जारी गर्दै साइपाल खबर डटकममा २०८३ असार ३१ गते प्रकाशित ‘शतारात १० लाखको भत्ता काण्ड’ शीर्षकको समाचार प्रकाशित भएपछि जयपृथ्वी नगरपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक लालबहादुर खातीले उक्त अनलाइनका प्रकाशक तथा सम्पादक भवनबहादुर सिंहलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत व्यक्तिगत चरित्रहत्या, मानमर्दन तथा भ्रम सिर्जना गर्ने प्रकृतिका अभिव्यक्ति सार्वजनिक गरेको जनाएको छ।
महासंघले प्रकाशित समाचारप्रति कुनै असहमति वा गुनासो भए त्यसको समाधानका लागि कानुनी तथा संस्थागत प्रक्रिया अवलम्बन गर्नुपर्नेमा सामाजिक सञ्जालमार्फत पत्रकारमाथि व्यक्तिगत आक्षेप लगाउने, चरित्रहत्या गर्ने तथा धम्कीपूर्ण वा भ्रम फैलाउने गतिविधि गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न महासंघ बझाङ शाखाले सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
साथै, सबै सञ्चारकर्मीले निर्भीक, जिम्मेवार र व्यावसायिक पत्रकारिता गर्न पाउने वातावरण सुनिश्चित गर्न तथा यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न महासंघले आग्रह गरेको छ।
महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै पत्रकारमाथि हुने कुनै पनि प्रकारका आक्रमण, दबाब र चरित्रहत्या विरुद्ध संस्थागत रूपमा आवाज उठाइने उल्लेख गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज