बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार बिहान ४ः४० बजे बझाङको कोटदेवल केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का कोटदेवलसहित बझाङका आसपासका क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन।

