तलकोट गाउँपालिका: विकास र समृद्धिको यात्रामा तीव्र गति
उत्तमकुमार थापा बझाङ, सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्लाको विकट भनेर चिनिँदै आएको तलकोट गाउँपालिका पछिल्लो समय विकास र समृद्धिको यात्रामा तीव्र गतिमा अगाडि बढिरहेको देखिएको छ।
“सुखी नेपाली, समृद्ध नेपाल” भन्ने राष्ट्रिय अभियानसँग तालमेल मिलाउँदै स्थानीय सरकारको सक्रियता र स्थानीय नेतृत्वको पहल मार्फत गाउँपालिका भौतिक पूर्वाधारदेखि सामाजिक क्षेत्रमा समेत प्रगतिको मार्गमा अघि बढिरहेको छ।
प्रशासकीय अधिकृतको सकारात्मक अनुभव
प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराईका अनुसार, संघीय संरचनाले विकट मानिएको बझाङको सम्भावना र समृद्धिको ढोका खोलिदिएको छ। “पहिलो पटक आउँदा अप्ठ्यारो लागे पनि केही दिनमै तलकोटको शान्त वातावरण, सलल बग्ने सेती नदी र हिमालको दृश्यले मन छुन्छ”, उनले बताए। उनले आफू नागरिक सेवामा दिनरात खटिएको र कर्मचारी टोलीको साथ पाउँदा थप हौसला मिलेको उल्लेख गरे।
म...










