Advertisement

चुहिने छानो, कठ्यांग्रिँदो चिसोमा टिंकर सीमा सुरक्षा गर्दै छायालेक चौकीका प्रहरी

Advertisement

दार्चुला— दार्चुलाको टिंकरस्थित छायालेक प्रहरी चौकीमा कार्यरत १३ जना प्रहरी जीर्ण गाह्रो र चुहिने छानामुनि सीमाको सुरक्षा गर्न बाध्य छन्। समुद्री सतहदेखि ३,४०० मिटर उचाइमा रहेको र चीनको सीमा नजिकै पर्ने उक्त चौकीमा भवनको अवस्था अत्यन्तै जर्जर छ।
दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार चौकी भवन निर्माणका लागि हालसम्म कुनै पनि निकायबाट बजेट प्राप्त भएको छैन। “सुदूरपश्चिम प्रदेश सरकारले थोरै मर्मतसम्भारको बजेट दिने अनौपचारिक जानकारी आएको छ,” उनले भने, “तर अन्य निकायबाट कुनै सहयोग आएको छैन।”
छायालेक चौकीमा असई मानबहादुर रोकायाको नेतृत्वमा १३ जना प्रहरी खटिएका छन्। कठ्यांग्रिँदो चिसोमा उनीहरू आगो ताप्दै रात बिताउन बाध्य छन्। तर, दाउराको समेत अभाव छ।
यो समस्या केवल छायालेकमा सीमित छैन। नेपालभर २,६६० प्रहरी कार्यालयमध्ये १,८६९ को मात्रै आफ्नै भवन छन् भने ३७० कार्यालय भाडाका घरमा र ४२१ अन्य सरकारी निकायको भवनमा सञ्चालन भइरहेका छन्।
प्रहरी संगठनका अनुसार ८०२ कार्यालयमा शौचालय छैन भने ८४३ मा ब्यारेक र ८३३ मा मेससमेत छैन। भौतिक संरचनाको अभावले प्रहरीको दैनिक कामकाज प्रभावित भइरहेको छ।
यस्तै, गुणस्तरीय पोसाकसमेत अभाव रहेको भन्दै प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पटक–पटक बजेट माग गर्दै आएको छ। तर गृह मन्त्रालयको चासो न्यून भएको प्रहरी संगठनको गुनासो छ। हेडक्वाटरबाट वितरण गरिने पोसाक केही महिनामै फाटिने भएकाले अधिकांश प्रहरी आफ्नै तलबबाट नयाँ पोसाक किन्न बाध्य छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज