Advertisement

चुहिने छानो, कठ्यांग्रिँदो चिसोमा टिंकर सीमा सुरक्षा गर्दै छायालेक चौकीका प्रहरी

Advertisement

दार्चुला— दार्चुलाको टिंकरस्थित छायालेक प्रहरी चौकीमा कार्यरत १३ जना प्रहरी जीर्ण गाह्रो र चुहिने छानामुनि सीमाको सुरक्षा गर्न बाध्य छन्। समुद्री सतहदेखि ३,४०० मिटर उचाइमा रहेको र चीनको सीमा नजिकै पर्ने उक्त चौकीमा भवनको अवस्था अत्यन्तै जर्जर छ।
दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार चौकी भवन निर्माणका लागि हालसम्म कुनै पनि निकायबाट बजेट प्राप्त भएको छैन। “सुदूरपश्चिम प्रदेश सरकारले थोरै मर्मतसम्भारको बजेट दिने अनौपचारिक जानकारी आएको छ,” उनले भने, “तर अन्य निकायबाट कुनै सहयोग आएको छैन।”
छायालेक चौकीमा असई मानबहादुर रोकायाको नेतृत्वमा १३ जना प्रहरी खटिएका छन्। कठ्यांग्रिँदो चिसोमा उनीहरू आगो ताप्दै रात बिताउन बाध्य छन्। तर, दाउराको समेत अभाव छ।
यो समस्या केवल छायालेकमा सीमित छैन। नेपालभर २,६६० प्रहरी कार्यालयमध्ये १,८६९ को मात्रै आफ्नै भवन छन् भने ३७० कार्यालय भाडाका घरमा र ४२१ अन्य सरकारी निकायको भवनमा सञ्चालन भइरहेका छन्।
प्रहरी संगठनका अनुसार ८०२ कार्यालयमा शौचालय छैन भने ८४३ मा ब्यारेक र ८३३ मा मेससमेत छैन। भौतिक संरचनाको अभावले प्रहरीको दैनिक कामकाज प्रभावित भइरहेको छ।
यस्तै, गुणस्तरीय पोसाकसमेत अभाव रहेको भन्दै प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पटक–पटक बजेट माग गर्दै आएको छ। तर गृह मन्त्रालयको चासो न्यून भएको प्रहरी संगठनको गुनासो छ। हेडक्वाटरबाट वितरण गरिने पोसाक केही महिनामै फाटिने भएकाले अधिकांश प्रहरी आफ्नै तलबबाट नयाँ पोसाक किन्न बाध्य छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज