पुर्वप्रधान्मन्त्री देउवाको गृह जिल्लामा सडक खुलाउन आफै श्रमदान गर्दै स्थानीय
डडेलधुरा । डडेलधुरामा चाडबाडका बेला सडक मर्मत गर्न स्थानीय आफैँ जुटेका छन् । वर्षाले क्षति भएको चुरेको सडक मर्मत गर्न स्थानीय दैनिक रूपमा काम गर्दै आइरहेका छन् । डडेलधुरा–कञ्चनपुर जिल्लाको सिमाना चुरे पर्वतको दुर्गम बस्ती मलासका स्थानीय सडक मर्मतको काम गर्दै आइरहेका हुन् ।
दसैँतिहार नजिकिँदै गर्दा सडक मर्मत गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएपछि मलासवासी सडक मर्मत गर्न जुटेका हुन् । तत्कालीन जिल्ला विकास समिति डडेलधुराले डडेलधुरा–कञ्चनपुर जोड्ने महत्वपूर्ण सडकका रूपमा प्राथमिकतामा राखी साँदनी–गैरीखान–चुनापानी सडक खनेको थियो । यस सडकको गैरीखान–चुनापानी खण्ड वर्षाका कारण असार पहिलो सातादेखि अवरुद्ध भएको छ ।
साढे सात किलोमिटर लामो यस सडकखण्डमा यातायात सेवा सञ्चालन गर्न स्थानीय सरकारका जनप्रतिनिधिसँग पटक पटक माग गर्दा हालसम्म पनि कुनै सुनवाइ नभएको स्थानीयक...

