चीनले सार्वजनिक गर्यो विश्वकै पहिलो सिक्सजी चिप : ५ हजार गुणा तीव्र इन्टरनेट, ग्रामीण क्षेत्रसम्म पहुँच
चीनले विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक गर्दै सूचना प्रविधिमा पुनः आफ्नो नेतृत्व कायम गरेको छ। यस चिपमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत उच्चगतिको इन्टरनेट पुर्याउन सकिने दाबी गरिएको छ।
बेइजिङस्थित पेकिंग विश्वविद्यालय र हङ्कङको सिटी विश्वविद्यालयका वैज्ञानिकहरूको संयुक्त प्रयासमा बनेको यो चिप लिथियम नियोबेट फोटोनिक पदार्थको झिल्ली र नवीन संरचनामा आधारित छ। अध्ययन प्रतिष्ठित नेचर जर्नलमा प्रकाशित भएको हो।
यस चिपले विद्यमान इन्टरनेट भन्दा करिब ५ हजार गुणा तीव्र स्पीड दिनेछ। साथै, यसले ०.५ गिगाहर्जदेखि ११५ गिगाहर्जसम्मका सम्पूर्ण स्पेक्ट्रममा काम गर्ने क्षमता राख्दछ। यसको आकार केवल ११ मि.मि. × १.७ मि.मि. रहेको छ।
यो प्रविधिले मोबाइल, कम्प्युटर र स्मार्ट उपकरणमा उत्कृष्ट कनेक्टिभिटी सुनिश्चित गर्ने र ग्रामीण क्षेत्रमा समेत डिजिटल सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ। तर, विज्...

