रबि लामिछानेलाई आज अदालतमा उपस्थिति गराइँदै
काठमाण्डाै – सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । कास्की प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागेको हो ।
लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अस्ति शुक्रवार बेलुकी काठमाण्डौबाट पक्राउ गरेर राति पोखरा लगेको थियो । पोखरामा रहेको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा अदालतले पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । लामिछानेमाथि सूर्यदर्शनलगायतका सहकारी ठगीको आरोप छ ।
लमिछानेलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको...

