Advertisement

ताजा अपडेट

विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो, हेर्नुहोस् सूची

विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो, हेर्नुहोस् सूची

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार
काठमाडौ : नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन । अर्थात् हिजो (शनिबार) कारोबार भएकै मूल्यमा आज पनि सबैजसो विदेशी मुद्राको कारोबार हुनेछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४९ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८१ पैसा कायम भएको छ । आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ । आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०५ पैसा र ...
बझाङको बागथला नजिक पहिरो, जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङको बागथला नजिक पहिरो, जयपृथ्वी राजमार्ग अवरुद्ध

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
बझाङ : जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । केदारस्युँ गाउँपालिका-४ तल्लो बाग्थला पानीधारा नजिक माथिबाट पहिरो खसेर राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको हो । सडक अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ भित्रनेहरु बिहानैदेखि अलपत्र परेका छन् । तल्लो बाग्थला नजिक रहेको पानी धारा नजिक माथिबाट पहिरो खसेको पाइएको नेपाल बिद्युत प्राधिकरण बाग्थला वितरण केन्द्रका कर्मचारी कम्मान मल्लले जानकारी दिनुभयो । चाडपर्व नजिकै गर्दा जयपृथ्वी राजमार्ग बेला बेला अवरुद्ध हुँदा यात्रु तथा सवारी साधनले सास्ती भोग्नु परिरहेको छ ।...
बाढी हेर्न खोलामा गएका दुई जनालाई बगायो

बाढी हेर्न खोलामा गएका दुई जनालाई बगायो

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, समाचार
महोत्तरी । बाढीको चपेटामा परी महोत्तरीका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन् भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए । यसैबिच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन् ।...
बाढीपहिरोबाट देशभर १ सय १२ जनाको मृत्यु, ६८ जना बेपत्ता

बाढीपहिरोबाट देशभर १ सय १२ जनाको मृत्यु, ६८ जना बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट, मुख्य समाचार
काठमाडौ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् । सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा मात्रै ३७ जनाको मृत्यु भएको छ । काठमाडौँमा १२, भक्तपुरमा पाँच र ललितपुरमा २० जनाको मृत्यु भएको छ । शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् । कान्तिपुर...
आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने, सतर्कता अपनाउन अनुरोध

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने, सतर्कता अपनाउन अनुरोध

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न...
केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी

केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा बसिरहेको छ । शनिबार गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बसेको हो । मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा, बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा शतर्क रहन गृहमन्त्री लेखकले आग्रह गर्नुभयो । बैठक केही समयअघि सिंहदरबारस्थित गृह मन्त्रबालयमा सुरु भएको हो ।...
भक्तपुरमा पाँचजना बेपत्ता, खोजी कार्य जारी

भक्तपुरमा पाँचजना बेपत्ता, खोजी कार्य जारी

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट
धनगढी । भक्तपुरमा पाँचजना बेपत्ता भएका छन् । निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए । उनका अनुसार ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् । उनीहरूको पहिचान खुलेको छैन । उनीहरूको खोजी कार्य जारी रहेको छ ।...
नारायणीको बाढीले देवघाटका धर्मशालामा डुबान

नारायणीको बाढीले देवघाटका धर्मशालामा डुबान

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट, मुख्य समाचार, समाचार
नारायणी नदीमा आएको बाढीले देवघाटधामस्थल जलमग्न भएको छ। शुक्रबारदेखिको लगातारको वर्षाका कारण आएको बाढीका कारण जयभोले कुटी र अखण्ड धर्मशाला ढुबानमा परेको छ। त्यहाँ बसेका एक सय जनाभन्दा बढीलाई शनिबार बिहानै उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। बाढीले निर्माणधीन विद्युतीय शवदाहगृह पनि डुबेको छ। निरन्तरको वर्षातसँगै नदीमा जलसतह बढेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।...
अविरल वर्षाले बाढीमा परि १४ जनाको मृत्यु, ९८ जना भन्दाबढी व्यक्ति बेपत्ता

अविरल वर्षाले बाढीमा परि १४ जनाको मृत्यु, ९८ जना भन्दाबढी व्यक्ति बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । देशका अधिकांश स्थानमा भइरहेको वर्षाका कारण आएको बाढी पहिरोले जनधनको धेरै नै क्षति भएको छ । प्रारम्भिक विवरण अनुसार अहिलेसम्म १४ जनाको ज्यान गएको छ भने  कैयौँ बेपत्ता भएका छन् । वर्षाले ९८ भन्दा धेरै स्थानमा चेतावनीको तह पार गरेको छ । वर्षासँगैको बाढीले इलाममा एक जनाको ज्यान गएको छ । भक्तपुरको पलासेँ र आशापुरीमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी राशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो । यस्तै धादिङको मलेखु खोला नजिकै ढुंगाको ओत लागेर बसेका दुई जनालाई पहिरोले पुर्दा बेपत्ता भएका छन् । खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् । यस्तै काभ्रेमा पहिरोमा पुरिएर ४५ वर्षीय प्रेमबहादुर बाइवाको मृत्यु भएको छ । यस्तै झापाको जमुना खोलाले बगाउँदा एक जना र दार्चुलामा महाकाली नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।...
काठमाडौँमा नख्खु खोलाले ४ जनालाई बगायो

काठमाडौँमा नख्खु खोलाले ४ जनालाई बगायो

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट, समाचार
धनगढी । काठमाडौँको नख्खु खोलाले ४ जनालाई बगाएको छ। खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा रहेका सशस्त्र प्रहरीले जनाएको छ। शनिवार बिहान करिब ९ बजे खोलाले बगाएर उनीहरूलाई बेपत्ता बनाएको हो
राजधानीबाट सुदूर आउने हवाई प्रतिकुल मौसमले प्रभावित

राजधानीबाट सुदूर आउने हवाई प्रतिकुल मौसमले प्रभावित

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट
काठमाडौंः खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ। मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन्। त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ। शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ।...
देशभर झरी : केही ठाउँमा ठूलो वर्षा, नदी र खोलाहरुमा बाढीकाे जाेखिम

देशभर झरी : केही ठाउँमा ठूलो वर्षा, नदी र खोलाहरुमा बाढीकाे जाेखिम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
  काठमाण्डौ – देशका केही ठाउँमा निकै ठूलो पानी परेको छ । देशका सबैजसो ठाउँमा पानी परे पनि केही ठाउँमा भने निकै ठूलो पानी परेको हो । पछिल्लो ३ घण्टामा मोरङ र झापाका विभिन्न ठाउँमा ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । मधेश, बाग्मती, गण्डकी र सुदूरपश्चिमका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षा भएका ठाउँमा रहेका नदी र खोलाहरुमा बाढी आएको छ । पछिल्लो ३ घण्टामा झापाको गौरादह, चण्द्रगढी, केचना, अनरमनी बिरता, इलामको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएकोले ती क्षेत्र भई बहने कन्काई, मेची, विरिङ, निन्दा र अरु स–साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाउन महाशा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज