Advertisement

ताजा अपडेट

प्रदेश सरकारले कार्यकर्ता भर्ती केन्द्र बनाउने ऐन ल्याउन लागेको भन्दै विद्यार्थी विरोधमा

प्रदेश सरकारले कार्यकर्ता भर्ती केन्द्र बनाउने ऐन ल्याउन लागेको भन्दै विद्यार्थी विरोधमा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले ल्याउनको लागेको सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ खारेज गर्न माग गर्दै विद्यार्थीहरुले विरोध गरेका छन् । मंगलबार संयुक्त रुपमा विद्यार्थिहरुले सुदूरपश्चिम प्रदेश सभाको गेट अघि नाराबाजी गर्दै विरोध गरेका हुन् । कार्यकर्ता भर्तीकेन्द्र बनाउने गरी ऐन ल्याउन लागिएको भन्दै विद्यार्थीहरुले उक्त ऐन खारेज गरेर खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी भर्ती गर्न पाउनु पर्ने ऐन ल्याउनु पर्ने विद्यार्थी नेता सुनिल जोशीले बताए । प्रदेश सरकारले प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन लागू हुनुभन्दा पहिलेका स्वीकृत स्थायी दरबन्दीमा अस्थायी वा करारको रुपमा नियुक्त भएकाहरूको लागि ऐन लागू भएपछि पहिलो पटकको लागि उनीहरूबीच नै छुट्टै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने व्यवस्था स...
बैतडीका बिष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित प्रहरीको नियन्त्रणमा

बैतडीका बिष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित प्रहरीको नियन्त्रणमा

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका – ८ चौरथली कालागाउँका ५१ वर्षीय पाल बिष्टलाई प्रहरीले भरुवा बन्दुक र छाला सहित नियन्त्रणमा लिएको हो । मंगलबार अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलीले बिष्टको घरमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक, गोली ७ राउन्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान फेला पारेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । बन्दुक र छाला सहित पक्राउ गरेका बिष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३ सय ८२ प्रजातिका चरा

घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३ सय ८२ प्रजातिका चरा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीमा रहेको घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३ सयभन्दा बढी प्रजातिका चरा पाइन थालेका छन्।   रैथाने र आगन्तुक गरेर त्यहाँ ३ सय ८२ प्रजातिका चरा पाइन थालेका हुन। घोडाघोडी पन्छी अभयारण्य क्षेत्र बसाइँ सरी आउने चराका लागि महत्त्वपूर्ण आश्रय स्थल बनेको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ।   घोडाघोडी ताल क्षेत्रमा ३२ प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी पाइने गरेका जनाइएको छ। यसैगरी, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोंघी, सात प्रजातिका घस्रने जन्तु र ६४७ प्रजातिका वनस्पति पाइने गरेको मन्त्रालयले जानकारी दिएको छ।  चरा र बासस्थान संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले घोडाघोडीलाई नेपालकै पहिलो चरा आरक्षको रुपमा पन्छी अभयारण्य क्षेत्र बनाएको छ। सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा ८७ मा टेकेर प्रदेश सरकारले २०७९ भदौ ९ गते पन्छी अभयारण्य ...
उत्पीडित जनता अझै आफ्नो अधिकारको पर्खाइमा:  अध्यक्ष प्रचण्ड

उत्पीडित जनता अझै आफ्नो अधिकारको पर्खाइमा: अध्यक्ष प्रचण्ड

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताएका छन् । कैलालीको टीकापुरमा मंगलबार आयोजित थारु राष्ट्रियमुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनमा उनले उत्पीडित जनता अहिले पनि आफ्नो अधिकारको पर्खाइमा रहेको बताए । “यो व्यवस्था ल्याउनमा उत्पीडित जाति, वर्ग र समुदायको महत्वपूर्ण भूमिका थियो र छ । तिनको अधिकारलाई स्थापित गर्दै समाजवाद स्थापना गर्नु अहिलेको आवश्यकता हो”, अध्यक्ष दाहालले भने । समाजवादी क्रान्तिका लागि जातीय मोर्चा आवश्यक हुने उनको जिकिर थियो । विगतमा भएको सशस्त्र सङ्घर्षलाई सफल पार्नमा पार्टीसँग जोडिएका जातीय मोर्चाको भूमिका विशेष रहेको बताउँदै अध्यक्ष दाहालले बृहत् शान्ति प्रक्रियापछि ती समुदायसँगको समन्वय र सहकार्यमा केही कमजोरी भएको स्वीकारे । “जनताको माझबाट सत्तामा पुगेपछि ह...
सुदूरपश्चिममा सीमित कर्मचारीलाई लाभ पुग्ने गरि तयार गरिएकाे बिधेक विवादमा

सुदूरपश्चिममा सीमित कर्मचारीलाई लाभ पुग्ने गरि तयार गरिएकाे बिधेक विवादमा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ विवादमा तानिएको छ । प्रदेशसभाको दशौँ अधिवेशनबाट दफावार छलफलको लागि साउन २९ गते विधायन तथा प्रदेश मामिला समितिमा उक्त विधेयक ल्याइएको थियो । २८ वटा बैठकमा यससम्बन्धी छलफल गरेर तयार गरेको प्रतिवेदन समितिले सभामुख भीम भण्डारीलाई बुझाइ सकेको छ । सभामुख भण्डारीले अहिले विधेयकमा रहेका केही विवादित व्यवस्थाबारे अध्ययन गरिरहेका छन् । सभामुख भण्डारीले मात्रै होइन मुख्यमन्त्री कमलबहादुर शाहले पनि यस विषयमा चासो राखेका छन् । सीमित कर्मचारीलाई लाभ पुग्ने गरि विधेयक तयार गरिएको आरोप लागेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मुख्यमन्त्री शाह र सभामुख भण्डारीले प्रमुख सचिव डा. कमल प्रसाद पोख्रेल सचिव वसन्त प्रसाद कोइरालालाई सँगै राखेर यस विषयमा छलफल गरेका छन् । उनीहरु...
बझाङमा घर छोडि विभिन्न दलसँग जोडिएका नेताकार्यकर्ता पुरानै घरमा फर्किए

बझाङमा घर छोडि विभिन्न दलसँग जोडिएका नेताकार्यकर्ता पुरानै घरमा फर्किए

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा घर छोडि विभिन्न दलसँग जोडिएकाहरू फेरि पुरानै घरमा फर्किएका छन् । जिल्लाको बुङ्गल नगरपालिकाका विभिन्न दलसँग जोडिएका नेता कार्यकर्ताहरू पुनः पुरानै घर नेकपा एमालेमा फर्किएका हुन् । नेकपा एमाले बुंगल नगरकमिटीको दोस्रो नगर अधिवेशनमा समाजवादीका जिल्ला सचिवालय सदस्य कर्ण धामी, जिल्ला कमिटी सदस्य गोर्ख धामी, नगरकमिटी अध्यक्ष दिपक कुँवर र नेपाली काँग्रेसबाट जयराज धामी पुरानै घरमा फर्किएका नेकपा एमाले बझाङले जनाएको छ उनीहरू एमाले फुटेर नेकपा एकीकृत समाजवादी हुँदा एमाले छोडेर समाजवादीमा जोडिएका थिए । मोहन कुँवरको अध्यक्षतामा सुरु भएको अधिवेशनमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंह रहेका छन् भने, केन्द्रीय सदस्य, संविधान सभा सदस्य तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ का इन्चार्ज अफिलाल ओखेडा, संविधानसभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सल्लाह...
अमृताको पेटको बच्चा उल्टो रहेको आशंका, पाँच सय नहुँदा गर्भ परिक्षण रोकियो

अमृताको पेटको बच्चा उल्टो रहेको आशंका, पाँच सय नहुँदा गर्भ परिक्षण रोकियो

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा पैसा नहुँदा एक गर्भवती महिलाको गर्भ परिक्षण रोकिएको छ । जिल्लाको पुनर्वास नगरपालिका–१० विकास बस्तीकी अमृता चौधरीको पाँच सय रुपैयाँ नहुँदा गर्भ परिक्षण रोकिएको हो । अहिले अमृताको पेटमा नौ महिनाको बच्चा छ। स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले भिडिओ एक्सरे गर्न सुझाव दिएका छन्। पेटमा रहेको बच्चा उल्टो रहेको आशंका गर्दै स्वास्थ्यकर्मीले परीक्षणका लागि आग्रह गरेका हुन्। यता अमृतासँग भने पैसा छन्। उनका श्रीमान दैनिक ज्यालादारीको काम गर्न धनगढी आउछन्। उनले परिवारको पालन पोषण गर्नु छ। आँखाको शल्यक्रिया गर्दा लिएको ऋणको मासिक १३ हजार किस्ता तिर्दै आएका छन् । आर्थिक अभावका कारण अमृताले भिडिओ एक्सरे गर्न पाएकी छैनन्। श्रीमानले धनगढीमा दैनिक ज्यालाबाट कमाएको रकमले उनीहरू चामल, दाल, नुन, तेल लगायतको सामान खरिद गरेर खाने गरेका छन्। शारीरिक अपाङ्ग रहेकी अमृताको घरमा २ सन्तान...
कैलालीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

कैलालीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–३ मा से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय ६२ वर्षीय पैदलयात्री प्रकाश केसीको ज्यान गएको हो भएको हो । सोमबार ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले ट्याक्टर र चालक ३१ वर्षीय दिनेश रानालाई पक्राउ गरेको छ ।...
कुल्चिएको सडक

कुल्चिएको सडक

Breaking News 1, ताजा अपडेट, बझाङ
दिपेन्द्र धामी- बझाङ । यात्राको आधार, सभ्यताको मेरुदण्ड। मानिसहरू गन्तव्य पहिल्याउने बाटो, समय बचत गर्ने माध्यम, सहज आवतजावतको सुविधा! तर कहिलेकाहीं यिनै सडकहरू मौन चिच्याउँछन्, बोल्न नसकेर आफ्नो व्यथा समेट्छन्। म कुल्चिएको सडक! मेरो कुनै निश्चित गन्तव्य छैन। मानिसहरू जति हतारिन्छन्, म त्यति नै थिचिन्छु। ममाथि गाडी गुड्छन्, नेता आउँछन्, जनता ओहोरदोहोर गर्छन्, तर मेरो अवस्था उस्तै छ। जबसम्म म उपयोगी छु, तबसम्म मलाई हेरिन्छ, सुधार गरिन्छ। तर, जब म जीर्ण बन्छु, भत्किन्छु, तब मलाई बेवास्ता गरिन्छ। हिजो यहाँ बाक्लो चहलपहल थियो, ठूला नेताहरू भाषण दिन आए, स्थानीयबासीले सडक कालोपत्रे हुन्छ कि भन्ने आशा गरे। तर दिन बित्यो, महिना बित्यो, वर्ष बित्यो, अवस्था फेरिएन। बर्खामा म हिलाम्मे हुन्छु, हिउँदमा धुलाम्मे। म कुल्चिहेकाे सडक। राजनीतिक दलहरू चुनाव आउनु अगाडि मेरा बारेमा कुरा गर्छन्। "यो ...
सौन्दर्यीकरण गरिँदै ओजुवा ताल क्षेत्र,,पर्यटन विकास गर्ने उद्देश्य

सौन्दर्यीकरण गरिँदै ओजुवा ताल क्षेत्र,,पर्यटन विकास गर्ने उद्देश्य

Breaking News 1, कैलाली, ताजा अपडेट, पर्यटन, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा अवस्थित ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिन लागेको छ । जिल्लाको टीकापुर नगरपालिका–७ स्थित डल्फिन देखिने क्षेत्रमा रहेको ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिन लागेको हो । अहिले पर्यटन विकास गर्ने उद्देश्यले सङ्घीय सरकार र टीकापुर नगरपालिकाको संयुक्त लगानीमा ताल क्षेत्रको सौन्दर्यीकरण भइरहेको वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताए। उनका अनुसार ताल परिसरमा २०५ मिटर पर्खाल निर्माणको काम पूरा भएको छ। यसैगरी, तालमा पानी आपूर्तिका लागि दुई वटा बोरिङ निर्माण गरिएको छ। आगन्तुक बस्नका लागि बेन्च राख्ने, टहरा बनाउने कार्य पनि भइरहेको छ। यस्तै, ताल परिसर क्षेत्रमा बिजुली जडान, बाटोमा ग्राभेलको काम पनि भइरहेको अध्यक्ष न्यौपानेले बताए। १२ बिघा क्षेत्रफलमा फैलिएको ओजुवा ताल विभिन्न प्रजातिका चरा पनि बस्ने गरेका छन्। ताल परिसर सौन्दर्यीकरणका लागि सङ्घीय सरकारले समपूरक अनुदान अन्तर्...
स्याउका बोट अनुदानमा वितरण,, स्थानीयलाई कृषिमा आत्मनिर्भर बनाउने वडाको लक्ष्य

स्याउका बोट अनुदानमा वितरण,, स्थानीयलाई कृषिमा आत्मनिर्भर बनाउने वडाको लक्ष्य

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ ले स्याउका बोटहरू अनुदानमा वितरण गर्न थालेको छ । वडा कार्यालयले फागुन १५ गतेदेखि ५० प्रतिशत अनुदानमा बोटहरू वितरण गर्न थालेको हो । उच्च हिमाली क्षेत्रमा हुने गोल्डेन डेलिसिएस, र अन्ना जातको स्याउका बोटहरू ५० प्रतिशत वडा र ५० प्रतिशत कृषकको लगानीमा वडा कार्यालय मार्फत वितरण भइरहेको छ। स्याउ खेती गर्ने इच्छुक कृषकहरूले वडा कार्यालयमा सम्पर्क वडाले अनुरोध गरेको छ । वडाले स्थानीय नागरिकलाई कृषिमा रोजगारी सिर्जना गर्ने गरि काम गरिरहेको वडा सचिव धनशेर बुढाले बताए । उनलेे भने हामीले वडाको तल्लो क्षेत्र खोरीमा बेमौसमी तरकारी खेती र माथिल्लो क्षेत्रमा आलु बन्दा लगायत फलफूल खेतीमा स्याउलाई जोड दिएका छौ । अनुदानमै विगत ३ वर्षदेखि स्याउका बोटहरू वितरण गर्दै आएको र हालसम्म ७ हजार बोट वितरण गरिएको बुढाले बताए । अहिले अनुदानमा वितरण भइरहेका बोटहरू किसानको ...
स्ववियु चुनावमा २५ विद्यार्थी संघ-संगठनलबीच प्रतिस्पर्धा

स्ववियु चुनावमा २५ विद्यार्थी संघ-संगठनलबीच प्रतिस्पर्धा

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
धनगढी- आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा २५ वटा सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने भएको छ । स्ववियु चुनावमा भाग लिन २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनले नाम दर्ता गराएका हुन् । चुनावी कार्यतालिकाको पहिलो दिन सोमबार विद्यार्थी सङ्घ, सङ्गठन र समूह दर्ताको काम सकिएको छ । दर्ता गरेका नाममध्येबाट छानबिन गरेर यथाशीघ्र नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिले जनाएको छ । स्ववियु चुनावमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी सङ्गठन, समूह दर्ता हुनुपर्ने व्यवस्था छ । त्रिविका ६२ वटै आङ्गिक क्याम्पसमा निर्वाचन समिति गठन भएको छ । स्ववियु चुनाव नजिकिँदै गर्दा मुख्य विद्यार्थी सङ्गठनहरूले क्याम्पसहरुमा उम्मेदवारी घोषणा गर्न थालेका छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज