वर्षासँगैको हुरीले दुर्गाथलि-६ स्वास्थ्य केन्द्रको सोलार उडायो, सेवा प्रभावित हुने जोखिम
बझाङको दुर्गाथलि गाउँपालिका-६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जडान गरिएको सोलार प्रणालीमा हावाहुरीले पूर्ण रूपमा क्षति पुर्याएको छ।
गएराति परेको वर्षासँगै आएको हावाहुरीले स्वास्थ्य केन्द्रमा जडान गरिएका सोलार प्यानल (पाता) उडाएर नष्ट पारेको हो।
राति तिव्र गतिमा आएको हावाहुरीले स्वास्थ्य केन्द्रमा जडान गरिएको २ किलो वार्ड सोलारको ८ वटै प्यानल (पाता) उडाउँदा पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो ।
सोलार प्रणालीमा क्षति पुगेपछि स्वास्थ्य चौकीको सेवा प्रवाह प्रभावित हुने चिन्ता बढेको छ।
उक्त स्वास्थ्य चौकीमा विद्युत् आपूर्ति मुख्यतः सोलारमार्फत हुने भएकाले अहिले सेवा सञ्चालनमा कठिनाइ हुने अवस्था देखिएको छ।...












