Advertisement

ताजा अपडेट

बाजुराबाट ५ सय कुईन्टल स्याउ निर्यात, ७५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको अनुमान

बाजुराबाट ५ सय कुईन्टल स्याउ निर्यात, ७५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको अनुमान

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुराबाट यस वर्ष करिब ५ सय कुईन्टल स्याउ निर्यात गरिएको छ । किसानहरूले उत्पादन गरेको स्याउ जिल्लाबाहिरका बजारतर्फ निर्यात गरिएको हो । नेपालगञ्ज, धनगढी र सुर्खेतका बजारमा करिब ७५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको अनुमान गरिएको छ। जिल्लाको करिब ५०४ हेक्टर क्षेत्रफलमा स्याउका बगैँचा फैलिएका छन्, जसमध्ये २०८ हेक्टरमा उत्पादन भइरहेको छ। स्वामीकार्तिक, जगन्नाथ र बुढीनन्दा जस्ता उच्च पहाडी क्षेत्रमा स्याउ खेती फस्टाएको छ। करिब २ सयभन्दा बढी किसान व्यावसायिक रूपमा स्याउ खेतीमा संलग्न छन्। तर, मनसुनको समयमा सडक अवरुद्ध हुने र ढुवानीमा समस्या आउने भएकाले धेरै स्याउ बारीमै कुहिने वा गाईवस्तुलाई खुवाउनुपर्ने अवस्था आउने गरेको किसानहरूको गुनासो छ। कृषि ज्ञान केन्द्र, बाजुराका प्रमुख जसिराम साहनीका अनुसार बजार अभाव, ढुवानी कठिनाइ र गुणस्तर विभाजनको ज्ञान नहुँदा किसानले अपेक्षित आम्दानी पाउन नस...
टी- २० छनोटमा नेपालको लगातार दोस्रो जित, कतार पाँच रनले पराजित

टी- २० छनोटमा नेपालको लगातार दोस्रो जित, कतार पाँच रनले पराजित

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा गएराति भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गरेको हो। यसअघि आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४७ रनको योगफल बनायो। कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ५८ रनको योगदान दिए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन र गुल्शन झाले १६ रन जोडे। लक्ष्यका क्रममा कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो। कतारका ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए भने जुबेर अलीले ५२ रनको योगदान दिए। नेपालका स्पिनर सन्दीप लामिछाने खेलका हिरो बने-उनले ३ ओभर ५ बल बलिङ...
बुङ्गलमा आयोजित प्रथम भीम-सुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि टिकापुर युथ क्लब दुर्गाथलि ७ ले जित्यो

बुङ्गलमा आयोजित प्रथम भीम-सुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि टिकापुर युथ क्लब दुर्गाथलि ७ ले जित्यो

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्लाको बुङ्गल नगरपालिकामा आयोजित प्रथम भीमसुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। बुङ्गल क्रिकेट समाजले भीम धामी र सुवास बोहराको स्मृति तथा महान चार्ड दसैं तिहारको अवसरमा आयोजना गरेको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । प्रतियोगिताको उपाधि टिकापुर युथ क्लब दुर्गाथलि गाउँपालिका ७ ले जितको छ। उपाधिका लागि भएको फाइनल खेलमा आयोजक बुङ्गल क्रिकेट समाजलाई ४ रनले हराउँदै टिकापुरले उपाधि जितेको हो । प्रतियोगिताको उपविजेता टिकापुर सँग झिनो रनले पराजित भएको आयोजक टिम बनेको छ । त्यस्तै तृतीय सुर्मा गाउँपालिका भएको आयोजकले जनाएको छ । प्रथम भीम सुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिताको उपाधि बिजेता टिकापुरले नगद ९९ हजार ट्रफी प्रमाणपत्र, उपविजेता आयोजक टिमले नगद ४९ हजार ट्रफी प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । यसैगरी तृतीय सुर्मा गाउँपालिकाले ३० हजार ट्रफी ...
जेन-जी क्रान्ति

जेन-जी क्रान्ति

ताजा अपडेट, मनोरञ्जन
माइतीघरमा उठछ आक्रोश । सडक धड्किन्छ सहर ।। काँप्छ हजारौं हात एकै साथ उठ्छन । अब मौनता छैन अब सहनशीलता छैन।। अब मात्र परिवर्तनको आवाज ।।। भ्रष्टाचार हटाउँ इमान जगाउँ । सुशासन ल्याएर नयाँ बिहानी बनाउँ ।। घूस होइन न्यायको गीत गाऊँ । कर्तव्य र सत्यको बाटो समाऊँ ।।। जेन्जीको सपना थियो उज्यालो नेपाल। जहाँ न होस् अन्याय न होस् बेहाल ।। तर आज तिनै नाममा खेलिन्छ राजनीति बन्छ व्यापार ।।। जेन्जीको आवाज थियो क्रान्तिको चिनारी ! तर अहिले त्यही नाममा हुन्छ सत्ता किनबेच बारी ।। उनको आत्मा रगतको रेखामा थियो । तर अहिले त्यो नाम भाषणको व्यापारमा ढल्कियो ।।। जनताको हातमा शक्ति बसोस । निष्पक्ष नियमले शासन चलोस ।। आजैबाट बदलौँ सोच ! भोलिको देश हाम्रो हातको रोज ।। युवाको आँखामा जल्छ सूर्य । साहसले खोज्छ नयाँ नेपाल ।।। आगो र धुवाँले घेरिएको सडकमा । पनि उनीहरूले देख्छन भविष्य । ...
टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं-आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले आज कतारसँग खेल्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ। सुपर सिक्सको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईलाई १ रनले पराजित गरेको थियो। समूह ‘बी’को विजेता बनेको नेपालले समूह चरणमा कुवेतलाई ५८ रनले र जापानलाई पाँच विकेटले हराउँदै लगातार जित निकालेको हो। नेपाल आज चौथो जितको खोजीमा छ। कतार समूह ‘ए’बाट सुपर सिक्समा प्रवेश गरेको हो। उसले समूह चरणमा मलेसियालाई हराएको थियो भने युएईसँग पराजित भएको थियो। सुपर सिक्समा कतार ओमानसँग ३४ रनले हारेको छ। यी दुई टोलीबीच अहिलेसम्म तीन खेल हुँदा नेपालले दुई र कतारले एक खेल जितेका छन्। अपराजित नेपाल सुपर सिक्समा ४ अंकका साथ शीर्ष स्थानमा छ भने कतार अंकविहीन छ। नेपालले सुपर सिक्स चरणमा कतारपछि बुधबार ओमान र शु...
बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्या रुगिनका बाढी–पहिरोपीडितले यस वर्षको दसैं–तिहार खुलेआकाशमुनि त्रिपालमै मनाउँदैछन्। गत साउन २८ गते बिच्छ्याखोलामा आएको बाढीले झन्डै ४१ घरपरिवार विस्थापित भएका थिए। गत वर्ष घरमै खुसीपूर्वक चाडपर्व मनाएका उनीहरूले यसपालि भने घर पहिरोले बगाएपछि अस्थायी टहरोमा बस्न बाध्य भएका हुन्। बिच्छ्याका सब्बले थापाले भने, “यो बर्खामा त जस्तै–तस्तै बित्यो, तर हिउँदमा चिसो बढेपछि त्रिपालमा रात काट्न गाह्रो पर्छ भन्ने चिन्ता छ।” स्थानीय सरकारले खाद्यान्न, लुगाफाटा लगायतका राहत सामग्री वितरण गरेको छ। त्यस्तै, प्रदेश र संघीय सरकारसँग पनि घरबासको व्यवस्थाका लागि सहयोगको अपेक्षा गरिएको छ। बाढी–पहिरोले हिमाली गाउँपालिका–१ बिच्छ्यामा आठ घर बगाएको र नौ घर जोखिममा पारेको छ। वडा नं. ५ कबाडीमा १६ घर बगाएको र ३२ घरमा पूर्ण क्षति पुगेको गाउँपालिकाले जनाएको छ। गाउँपालिक...
बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार आइतबार बिहान इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले लुहारलाई पक्राउ गरेको हो। उनका अनुसार पीडित किशोरीले जबरजस्ती करणी भएको भन्दै प्रहरीमा दिएको उजुरीको आधारमा लुहारलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- आइसिसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोमाञ्चक जीत निकालेको छ। नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा यूएईलाई ३ बलमा ३ रन आवश्यक रहँदा लगातार ३ विकेट गुमाउँदा नेपालले नजिकको जित दर्ता गर्न सफल भयो। अन्तिम ओभर बलिङका लागि आएका दीपेन्द्रसिंह ऐरीले पहिलो तीन बलमा ७ रन दिएपछि चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए, पाँचौँ बलमा हेदर अलीलाई र अन्तिम बलमा जाहिद अलीलाई रन आउट गराउँदै नेपाललाई जित दिलाए। यूएईका लागि आलिशान शरफुले ५८ र ध्रुव पराशरले ३२ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे। यसअघि ओमान क्रिकेट एकेडेमीमा टस जित...
बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार  ७१ हजार

बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार ७१ हजार

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा जिल्ला स्तरीय तेस्रो महिला पुरुष भोपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ । शुभ दिपावली तथा छट पर्वको अवसरमा भोपुर युवा समाजले आयोजना गरेको फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । प्रतियोगिताको आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ । भोपुर युवा समाजका अध्यक्ष रमेश केसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिमा वडा अध्यक्ष सर्जन थापा र जयपृथ्वी नगरपालिका खेलकुद समिति अध्यक्ष सुरेन्द्र सिंह रहेका थिए। प्रतियोगितामा पुरुष तर्फ १८ टिम र महिला तर्फ ३ टिमले सहभागिता जनाएको शैलेन्द्र हमालले जानकारी दिए। प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद ७१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद ३२ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउन...
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पुष्करराज ओझा अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी रुपेश स्वाँरलाई ६१ मतको अन्तरले पराजित गरे। ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव विजयी भएका छन् भने स्वाँर नेतृत्वको प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भएका छन्। उनले ओझा प्यानलका ओम बिष्टलाई पराजित गरे। त्यस्तै, उद्योग उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी र वस्तुगत उपाध्यक्षमा भीमराज ओझा (अब्बु) विजयी भएका छन्। महासचिवमा ओझा प्यानलका दिनेश लम्साल विजयी भएका छन्। उनले सुरेश पाण्डेलाई पराजित गरे। त्यसैगरी, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द विजयी भए...
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन जोशीको नाम समावेश

जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन जोशीको नाम समावेश

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
गाजा क्षेत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्थाबारे कुनै जानकारी नहुँदा अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर हाल टाइम्स अफ इजरायल, एसोसिएटेड प्रेस (एपी) लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकको सूचीमा विपिनको नामसमेत समावेश गरिएको छ। उक्त सूचीमा मृतक २६ बन्धक मध्ये सन् २०१४ मा मारिएका एक इजरायली सैनिकको शव पनि समावेश गरिएको बताइएको छ। शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्ष लामो विनाशकारी युद्ध अन्त्य हुने आशा जगाएको छ। उक्त आक्रमणमा करिब १,२०० जना मारिएका थिए भने २५१ जनालाई अपहरण गरिएको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धका क्रममा हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ। तीमध्ये झन्डै आधा महिला र बालबालि...
टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपाल आज यूएईसँग भिड्दै

टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपाल आज यूएईसँग भिड्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा प्रवेश गरेको नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। सुपर सिक्स चरणमा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ अघिल्लो चरणमा पुगेका हुन्। नेपाल र यूएई दुवैले सुपर सिक्समा समान दुई अंक जोडिसकेका छन्। समूह चरणमा नेपालले जापानसँग पहिले नै खेलिसकेकाले अब सुपर सिक्समा त्यस टोलीसँग पुनः खेल्नुपर्ने छैन। नेपालले भोलि कतार, बुधबार ओमान र शुक्रबार सामोआसँग खेल्ने तालिका बनाएको छ। सुपर सिक्सको शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान पाउनेछन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज