Advertisement
Thursday, May 22

दैलेख

दैलेखमा चट्याङ लागेर ६ जना  किशोरी घाइते

दैलेखमा चट्याङ लागेर ६ जना किशोरी घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, घटना, ट्रेन्डिङ, ताजा अपडेट, दैलेख
दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकाका–५ साँङ्गखोला टोलका ६ जना किशोरीहरु चट्याङ  लागेर घाइते भएका छन् । हिजो बेलुका बडालेख जङ्गलमा गाईवस्तु चराएर फर्किदै गर्दा हुलाकडाँडा टाकुरामा परेको चट्याङले उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा १६ वर्षीया तारा भन्ने सङ्गीता मगर, १७ वर्षीया बिष्णु, १२ वर्षीया करिष्मा मगर, १४ वर्षीया विपना थापा, १६ वर्षीया सम्झना मगर र १४ वर्षीया चेतना मगर रहेका भगवतीमाई गाउँपालिकाका–५ का कार्यवाहक वडाध्यक्ष भक्तबहादुर बिकले जानकारी दिनुभयो । उनीहरु एकै ठाउँ झुम्मिएर उभिएकै ठाउँमा चट्याङ  परेको र एकैसाथ किशोरीहरु ढलेका थिए । पाँच जनाको उपचार दैलेख अस्पतालमा चलिरहेको छ भने गम्भीर घाइते सङ्गीता मगरलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज