Advertisement

Author: कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

ब्यापार, मुख्य समाचार
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ । गए रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले भाउ बढेको हो नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलमा तीन रुपैयाँ ४६ पैसा बढेर आएको हुँदा भाउ बढेको हो । अब पेट्रोल प्रतिलिटर एक सय ७८, डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६१ रुपैयाँ पुगेको छ । पहिलो वर्गअन्तर्गतकाे चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै दोस्रो वर्गअन्तर्गतकाे सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गतकाे काठमाण्डौ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ७८ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।...
आजदेखि विद्यार्थी भर्ना अभियान शुरु : नियमितबाहेक ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु : नियमितबाहेक ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

मुख्य समाचार, शिक्षा
नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य छ । विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छोडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान केन्द्रित हुनेछ । अभियानको पहिलो दिन आज देशभरका पालिकाका शिक्षा शाखा प्रमुख, एकाइ प्रमुख, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मातहतका निकायबीच भर्चुअल अन्तक्रिया हुँदैछ । मन्त्रालयको शिक्षा तथा मानव स्रोत ...
यस्तो छ आज सुदूरपश्चिमको मौसम

यस्तो छ आज सुदूरपश्चिमको मौसम

मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो र राति राति सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेशमा हुरीबतासको संभावना नरहेको पूर्वानुमान महाशाखाले बताएको हो।
सुदूरपश्चिममा नयाँ सरकार गठनको अन्तिम समयसीमा आज

सुदूरपश्चिममा नयाँ सरकार गठनको अन्तिम समयसीमा आज

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पद रिक्त छ प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको अन्तिम समयसीमा आज सकिँदैछ। प्रदेश सरकार गठनका लागि यहाँ नागरिक उन्मुक्ति पार्टी निर्णायक छ। तर नागरिक उन्मुक्ति समेत दुई भागमा देखा परेपछि सहजै रुपमा नयाँ सरकार बनिहाल्ने यो समाचार तयार पार्दासम्म छाँटकाट देखिदैन्। नागरिक उन्मुक्तिभित्रको विवादले सरकार गठनबारे गठनबन्धनमा औपचारिक छलफल नै भएको छैन्। बुहमतका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सत्तागठबन्धनबिच सरकार गठनबारे प्रदेश तहमा औपचारिक छलफलसमेत हुन नसकेको हो। प्रदेश प्रमुख नरिज मियाँले सरकार गठनका लागि २ वैशाख अर्थात आज बेलुकी ५ बजेसम्मको समय दिएका छन्। गठबन्धनबिच सुदूरपश्चिममा कुन पार्टीको नेतृत्वमा सरकार गठन गर्ने भन्ने टुंगिएको छैन। यसअघ...
डोटीको एक घरमा आगलागी

डोटीको एक घरमा आगलागी

डोटी, मुख्य समाचार, सुदूरपश्चिम
डोटीः डोटीको एक घरमा आगलागी भएको छ। जिल्लाको बडिकेदार गाँउपालिका–२ कोटकेनीका टेकबहादुर मगरको खरले छाएको भान्सा घरमा आगलागी भएको हो चुलोमा बालेको आगोबाट शनिबार बिहान आगलागी हुँदा भान्सा घर र भित्र रहेका भाँडा, अन्न गरि करिब ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो। आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याउने काम भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।...
बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने

बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने

बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलवारदेखि बन्द हुने भएको छ भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने जिल्ला अधिकारी शर्माले बताए। सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो।  सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।...
बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरा : सुदूरपश्चिमको बाजुरा केन्द्रबिन्दु भएर शुक्रवार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ।
बझाङ उपनिर्वाचन : आजदेखी आचारसंहिता लागू

बझाङ उपनिर्वाचन : आजदेखी आचारसंहिता लागू

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : बझाङमा उपनिर्वाचनका लागि आज (बुधबार) देखि आचारसंहिता लागू भएको छ। उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले कानुनबमोजिम बझाङ र इलाम जिल्लाभर आचारसंहिता लागू गरेको हो। आयोगले आचारसंहिता कार्यान्वयनका लागि उपनिर्वाचनमा सहभागी दल, उम्मेदवार तथा भ्रातृ संगठनको दैनिक खर्च विवरण लिन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ। निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा ९२० ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेद...
विषु पर्व मनाउन घर फर्कँदै सुदूरपश्चिमेली

विषु पर्व मनाउन घर फर्कँदै सुदूरपश्चिमेली

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली विषु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै यति बेला घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न शहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमामा रहेको सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ हेल्प डेस्ककाअनुसार भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्लीलगायतका विभिन्न शहरबाट गएको मङ्गलवारदेखि हिजो आइतवारसम्म दुई हजार छ सय ७७ नेपाली फर्किएका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको हो । अन्य देश जान बढी खर्च लाग्ने, भिसाको आवश्यकता पर्नेलगायतका कारणले पनि धेरैजसो सुदूरपश्चिमेली रोजगारीका लागि भारत जाने गरेका छन् । लामो समयदेखि भारतको मुम्बईमा रोजगार गर्दै आउनुभएका खप्तडछान्ना गाउँपालिकाका दिनेश सुनारले विषु पर्व मनाउनकै लागि घ...
कैलालीमा एक महिलासहित दुई फरार प्रतिवादी पक्राउ

कैलालीमा एक महिलासहित दुई फरार प्रतिवादी पक्राउ

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीमा एक महिलासहित दुई फरार प्रतिवादी पक्राउ परेका छन् पक्राउ पर्नेका लागूऔषध मुद्दामा ४ हजार जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१० बस्ने दिनेश राना र बिबिध मुद्दामा २५ हजार जरिवाना ठहर भएकी गौरीगंगा नगरपालिका-८ बडैपुर बस्ने बन्दना पुन मगर रहेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। फैसला कार्यान्वयनको लागि दुबैलाई प्रहरीले अदालतमा पेश गरेको छ। ...
उपचुनाव : कुनै उम्मेदवारविरुद्ध उजुरी परेन

उपचुनाव : कुनै उम्मेदवारविरुद्ध उजुरी परेन

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
प्रतिनिधिसभा अन्तर्गत इलाम २ र प्रदेशसभा अन्तर्गत बझाङ १ (क) मा हुने उपचुनावका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम–२ मा २० र बझाङ १ (क) मा १२ जनाको उम्मेदवारी परेको थियो । अस्ति उम्मेदवारी दर्ता गराएका उनीहरूमाथि हिजो उजुरी दिने समय तोकिएको भए पनि कुनै उजुरी नपरेको  हो । आज उम्मेदवारको नामावाली प्रकाशन तथा भोलि नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिने कार्यसूची छ । आउँदो वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ (क) मा उपचुनाव हुन लागेको हो ।...
सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे एकलाख ३५ हजार ६ सय रुपैयाँ पुग्याे

सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे एकलाख ३५ हजार ६ सय रुपैयाँ पुग्याे

ब्यापार, मुख्य समाचार
सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । आज एकैदिन तोलामा दुई हजार नौसय रुपैयाँले बढेर एकलाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार नेपाली बजारमा सुन तोलाको एकलाख ३२ हजार सातसय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला एक हजार छ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज