Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदै

एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदै

मुख्य समाचार, समाचार
काठमाडौँ । एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो साढे १२ बजे कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एफीएफ क्लब खेल्दैछन् । एपीएफ ४ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा र कर्णाली ४ खेलमा १ अङ्कसहित नवौं स्थानमा छन् । यस्तै दोस्रो खेलमा दिउँसो साढे ३ बजे बाग्मती युथ क्लब र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दैछन् । चन्द्रपुर ४ खेलमा ५ अङ्कसहित छैटौं र बाग्मती युथ क्लब ४ खेलमा ३ अङ्कसहित आठौं स्थानमा छन् । दुइटै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।...
लागू औषधमा फँस्दै युवाहरु, कैलालीमा एकैदिन पाँच जना समातिए

लागू औषधमा फँस्दै युवाहरु, कैलालीमा एकैदिन पाँच जना समातिए

कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको धनगढी र बर्दगोरियाबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढीबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का ३२ वर्षीय तेज भट्टराई, २७ वर्षीय अमन बोहरा र ३० वर्षीय प्रमोद खड्कालाई १ ग्राम ३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ त्रिनगर चेक पोष्टबाट धनगढी–८ क्याम्पस चोकका २१ वर्षीय सुवास थापा २८० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्। उता इलाका प्रहरी कार्यालय सुखड र बौनियाँबाट संयुक्त खटिएको प्रहरी टोलीले बर्द...
आज यिँ प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना

आज यिँ प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना

ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार
काठमाडौं : देशभर आंशिक देखि साधारणतया बदली रहने छ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वअनुमान महाशाखाले जनाएको  छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू भागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ।  कोशी प्रदेशको केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ...
धनगढीमा बाढिको वितण्डा

धनगढीमा बाढिको वितण्डा

कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी , भदौ २९ गते । धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ । शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए । उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा रहेको छ । बाढीले बीओपी भवन बगाएको सूचनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक खेमराज पन्त नेतृत्वको प्रहरी टोली खटिएको छ ।...
सहयोगी बेलुवा युवा क्लब बिरुद्ध मार्ग दर्शन एकेडेमी पराजित

सहयोगी बेलुवा युवा क्लब बिरुद्ध मार्ग दर्शन एकेडेमी पराजित

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली : कैलाली को बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लब र वडा नम्बर २ मा रहेको मार्ग दर्शन एकेडेमी बीच छात्रा तर्फ मैत्रीपूर्ण फूटबल खेल सम्पन्न भएको छ। ६० औ राष्ट्रिय बाल दिवस को अवसरमा सहयोगी बेलुवा युवा क्लब र मार्ग दर्शन एकेडेमी बीच शनिबार खेल सम्पन्न भएको छ। सहयोगी बेलुवा युवा क्लब ले मार्ग दर्शन एकेडेमी लाई २-० गोल ले सहयोगी बेलुवा युवा क्लब ले जित हासिल गरेको थियो। सहयोगी बेलुवा युवा क्लब को तर्फ बाट सिर्जना कुँवर र लक्ष्मी कार्की ले १-१ प्रहार गरेका थिए। उक्त खेल मा सहयोगी बेलुवा युवा क्लब का अध्यक्ष महेश रावल, महिला टिम ब्याबस्थापक गौरब थापा र मार्ग दर्शन एकेडेमी को तर्फ बाट विद्यालय प्रिन्सिपल तथा शिक्षकहरु को उपस्थिति रहेको थियो। खेल बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को कुम्बिया खेल मैदान मा भएको हो।...
नेपाल औषधि थोक ब्यवसायि सँघ (PDAN) को सुदुरपश्चिम प्रदेश को तेस्रो साधारण सभा सम्पन्न

नेपाल औषधि थोक ब्यवसायि सँघ (PDAN) को सुदुरपश्चिम प्रदेश को तेस्रो साधारण सभा सम्पन्न

समाचार
नेपाल औषधि थोक ब्यवसायि सँघ (PDAN) को सुदुरपश्चिम प्रदेश को तेस्रो साधारण सभा सम्पन्न भयको छ । आज मिति २०८१ भाद्र २८ गते शुक्रबार होटल इमेज मा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त बार्षिक साधारण सभा को अधक्ष्यता प्रदेश अधक्ष्य आनन्द बहादुर शाह ले गर्नु भएको थियो भने प्रमुख अतिथि मा सघं का केन्दृय अधक्ष्य शिब राज बास्कोटा ले गर्नु भएको थियो  त्यस्तै बिशिष्ट अतिथि मा औषधि ब्यबस्था बिभाग नेपालगन्ज शाखाका फार्मेशि अधिकृत धन बहादुर बोहरा रहनु भएको थियो । त्यस्तै अतिथि हरु मा नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) सुदुरपश्चिम प्रदेश का अधक्ष्य नारायण दत्त भट्ट तथा सचिब माहाओम राज जोशि ,   नेपाल औषधि थोक ब्यवसायि सँघ लुम्बिनि प्रदेश को अधक्ष्य शालिक राम आचार्य ,  बाग्मति प्रदेश उपाधक्ष्य सन्जय मुडभरि , दाङ जिल्ला अधक्ष्य शेषकान्त ढकाल रहनु भएको थियो , त्यस्तै NCDA सुदुरपस्चिम प्रदेश का बरिष्ठ ...
झापाको गिरिबन्धु टि स्टेट नजिक शंकास्पद बस्तु फेला

झापाको गिरिबन्धु टि स्टेट नजिक शंकास्पद बस्तु फेला

ताजा अपडेट, मुख्य समाचार, समाचार
झापा । झापाको बिर्तामोडस्थित गिरीबन्धु टि स्टेटमा प्रेसरकुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ। कुकरमा तार जोडिएको र बिर्को अलग्गै भएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। प्रहरी घटनास्थलमा पुगिसकेको र अनुसन्धान भइरहेको उनले जानकारी दिए। शंकास्पद वस्तुसँगै पर्चासमेत भेटिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले पहिला नै कतै पड्किएको कुकर बम तर्साउनका लागि त्यहाँ ल्याएर राखेको हुनसक्ने बताए। (more…)...
बझाङमा सडक र विद्धुत सेवा अवरुद्ध

बझाङमा सडक र विद्धुत सेवा अवरुद्ध

ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको जयपृथ्वी राजमार्गमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो गएपछि बझाङको यातायात अवरुद्ध भएको हो । पहिरोले ल्याएका ठूला ढुङ्गाले बिजुलीको पोल-तार बगाएपछि बझाङको विद्युत् सेवा पनि अवरुद्ध भएको छ । यस्तै पहिरोले तराईका जिल्लाबाट सुदूरपश्चिमका अन्य पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गसहित विभिन्न सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भीमदत्त राजमार्गको साहुखर्क क्षेत्रमा पहिरो खसेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । यस्तै डडेल्धुराबाट डोटी जोड्ने केआई सिंह राजमार्ग पनि पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ । राजमार्गको रडुवामा पहिरो खसेको छ । यस्तै डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रुपमा बन्द छ । आलिताल गाउँपालिकाको स...
नेपाल प्रहरीद्वारा २३६ जना असई र ६४ जना इन्स्पेक्टरको आवेदन माग

नेपाल प्रहरीद्वारा २३६ जना असई र ६४ जना इन्स्पेक्टरको आवेदन माग

ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ: नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ। शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा अधिकृत स्तर र सहायक स्तरमा भर्नाका लागि आवेदन मागेको हो। सूचनामा उल्लेख भएअनुसार योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ। विज्ञापन प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनु पर्ने छ।...
सुदूरपश्चिमका पहाडका जिल्ला जोड्ने सडक अवरुद्ध

सुदूरपश्चिमका पहाडका जिल्ला जोड्ने सडक अवरुद्ध

ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः भारी वर्षाका कारण सुदूर पहाडमा भीमदत्त राजमार्गसहित ८ वटा सडक बन्द छन्। भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि भीमदत्त राजमार्गसहित ८ वटा सडक अवरुद्ध छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डडेल्धुरामा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। फल्टुडे, खानीडाँडा, भासुभिर, बुडर, रडुवा, मेलखर्क, आलिताल लगायत क्षेत्रको सडक खण्ड पनि अबरुद्ध हुन पुगेको छ। अविरल वर्षापछि खसेको पहिरोका कारण डडेल्धुरामा राजमार्ग अवरुद्ध भएको छ। गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा भीमदत्त राजमार्ग बिहीवार राति खसेको पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ। साहुखर्कमा बिहीवार साँझदेखि नै पहिरो खसिरहेको थियो। डोजरले पन्छाएर सवारीसाधन चलिरहेका थिए। तर राति ११ बजे भने ठूलो पहिरो खसेकाले अवरोध हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवा...
कैलालिको खुटिया नदिले पार गर्यो जल सतर्कता तह

कैलालिको खुटिया नदिले पार गर्यो जल सतर्कता तह

कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको खुटिया नदिले जल सतर्कता तह पार गरेको छ। मुडीभर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले जल तथा मौसम विज्ञान विभागले जनााएको छ। तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहेका नागरिकलाई भोली (शनिवार) बिहान ९ बजेसम्म सचेत रहन विभागले आग्रह गरेको छ।...
सुदूरपश्चिम सरकारले अझै ल्याउन सकेन बजेट, विकासका सबै काम अलपत्र

सुदूरपश्चिम सरकारले अझै ल्याउन सकेन बजेट, विकासका सबै काम अलपत्र

ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : योजना कार्यान्वयन गर्ने बेला सम्म पनि सुदूरपश्चिम सरकारले बजेट ल्याउन नसकेपछि विकास निर्माणका काम प्रभावित हुने देखिएको छ । योजनाहरू कार्यान्वयनको प्रक्रिया सुरु गर्नुपर्ने समयसम्म पनि बजेट नआएपछि चालू आवको बजेट कार्यान्वयनमा समस्या हुने देखिएको हो । चालू आर्थिक वर्ष ०८१/८२ को दुई महिना बित्नै लाग्दासमेत प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन । बजट नआउँदा विकास निर्माणका काम रोकिनुका साथै कर्मचारीले पनि २ महिना देखि तलब खान पाएका छैनन । अघिल्लो सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि १ साउनदेखि पूरै प्रदेश सरकार बजेटविहीन अवस्थामा छ । साउन २२ गते शपथग्रहण गरेपछि मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा बजेटविहीनताको अवस्था अन्त्य गर्ने बताएका थिए । तर, उनले कार्यभार सम्हालेको एक महिना बढी समय वितिसक्दा पनि बजेट आउन सकेको छैन । बजेट ल्याउन ढिलाई हुँदा स्वास्थ्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज