Advertisement

ताजा अपडेट

कैलाली जेल झडप: अस्पतालमा मिडिया र परिवारलाई रोक

कैलाली जेल झडप: अस्पतालमा मिडिया र परिवारलाई रोक

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली जेलकाे झडपमा घाइते ४७ कैदीबन्दी अस्पताल भर्ना, परिवार र मिडियालाई राेक सेती अस्पतालकाे इमर्जेन्सी वार्ड 'रक्ताम्य', एकजना आईसीयूमा कैलाली: कैदीबन्दीबीच कुटाकुट हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते छन् । तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एक जनाको आइसीयुमा उपचार भैरहेको छ । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको थियो । आफन्तहरुले पनि घाइते भेट्न पाएका छैनन् । उनीहरुले घाइते भेट्न पाउनु पर्ने बताएका छन् । मिडियालाई पनि अस्पतालभित्र जान दिइएको छैन । केहीको टाउको फुटेको छ । केहीको खुट्टा भाँचिएको छ । घाइते भएका ४७ जना कैदीबन्दीलाई अस्पताल भर्ना गरिएकाे छ ।...
मनसुन सक्रिय, केही स्थानमा मध्यमदेखि भारी वर्षा

मनसुन सक्रिय, केही स्थानमा मध्यमदेखि भारी वर्षा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- हाल देशभर सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको केही उत्तर र पश्चिमतर्फ नेपालको तराई नजिक अवस्थित छ। यसको प्रभावमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हल्का वर्षा र थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ। राति पनि देशभर सामान्यतया बदली रहनेछ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भाव...
आज रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व

आज रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गर्दै श्रद्धा र उत्साहका साथ मनाइँदै छ। पूर्णिमाको दिन बिहानै वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ वा पोखरीमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यसरी बाँधिएको रक्षाबन्धनले नकारात्मक शक्तिबाट रक्षा गर्छ। पौराणिक मान्यताअनुसार सत्ययुगमा गुरु वृहस्पतिले दानवराज बलीलाई बाँधेर देवगणको रक्षा गरेपछि यो परम्परा सुरु भएको हो। गुरु पुरोहितले रक्षाबन्धनको बेला ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ मन्त्र उच्चारण गर्दै यजमानको दाहिने नाडीमा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए। तागाधारीले जनै फेर्ने ...
कैलाली कारागारमा ग्याङ फाइट : एक जनाको मृत्यु, ४५ घाइते

कैलाली कारागारमा ग्याङ फाइट : एक जनाको मृत्यु, ४५ घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली: कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको छ । कुटपिट हुँदा घाइते भएका धनगढी ४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । कुटपिट थप ४५ जना घाइते छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे छानबिन भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ। विगत केही समयदेखि यहाँ दुई समुहबीच विवाद र झडप हुने गरेको छ...
कैलाली कारागारमा ग्याङ फाइट : एक जनाको मृत्यु, ४५ घाइते

कैलाली कारागारमा ग्याङ फाइट : एक जनाको मृत्यु, ४५ घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली: कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको छ । कुटपिट हुँदा घाइते भएका धनगढी ४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । कुटपिट थप ४५ जना घाइते छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे छानबिन भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ। विगत केही समयदेखि यहाँ दुई समुहबीच विवाद र झडप हुने गरेको छ...
बडिमालिकाबाट फर्किने क्रममा फेरि अर्का श्रद्धालुको ज्यान गयो

बडिमालिकाबाट फर्किने क्रममा फेरि अर्का श्रद्धालुको ज्यान गयो

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा– बाजुरास्थित प्रसिद्ध तीर्थस्थल बडिमालिका मन्दिरबाट फर्कने क्रममा लडेर दुई श्रद्धालुको मृत्यु भएको छ। शुक्रवार साँझ बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। मन्दिर दर्शन गरेर फर्किँदै गर्दा उनी करिब २५० मिटर तल खसेका थिए। यसअघि बिहीवार राति पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लब ओझाको पनि लडेर मृत्यु भएको थियो। हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ मा बसोबास गर्दै आएका ओझा करिब ७०० मिटर तल खसेका थिए। तीर्थयात्रामा उनी आफ्नै परिवारका पाँच सदस्यसँग गएका थिए। बडिमालिका मन्दिरबाट करिब एक घण्टाको दूरीमा अवस्थित खतरनाक बाटो हुँदै फर्किने क्रममा दुवै घटना भएको प्रहरीले जनाएको छ। आज साउन २३ गतेका दिन बडिमालिकामा विशेष पूजा भइरहेको छ। यसै अवसरमा श्रद्धालुको भिड लाग्ने गरेकाल...
जगन्नाथ माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा भरत बहादुर मल्ल चयन

जगन्नाथ माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा भरत बहादुर मल्ल चयन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–४ स्थित श्री जगन्नाथ माध्यमिक विद्यालय सैन्स्यूँमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) गठन गरिएको छ। आज सम्पन्न अभिभावक भेलाबाट भरत बहादुर मल्लको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो। विद्यालयको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आयोजित अभिभावक भेलाले सर्वसम्मत निर्णयमार्फत मल्ललाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा चयन गरेको हो। अध्यक्षमा चयन भएपछि मल्लले धन्यवाद ज्ञापन गर्दै भने, “मेरो समाजसेवाको पाटोलाई मूल्याङ्कन गर्दै श्री जगन्नाथ माविको अध्यक्ष पदमा विश्वासका साथ सर्वसम्मत चयन गर्नु भएकोमा सम्पूर्ण बौद्धिक वर्ग, समाजसेवी, अभिभावक तथा आफन्तजनप्रति आभार व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नटुटाउने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।” नयाँ विद्यालय व्यवस्थापन समिति गठनसँगै विद्यालयमा शैक्षिक, भौतिक र संस्थागत सुधारको अपेक्षा गरिएको छ। स्थानीय अभि...
सुनकुडा बजार र सुनकुडा माविमा डेंगु नियन्त्रणका लागि सरसफाइ

सुनकुडा बजार र सुनकुडा माविमा डेंगु नियन्त्रणका लागि सरसफाइ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका अन्तर्गतको सुनकुडा स्वास्थ्य चौकीको आयोजनामा डेंगु नियन्त्रणका लागि सुनकुडा बजार र सुनकुडा नमुना माध्यमिक विद्यालयमा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको छ। श्रावण महिनालाई डेंगु सचेतना महिनाका रूपमा मनाउने रणनीति अनुरूप गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा यो अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी, बजार क्षेत्रका व्यापारी, सडक विभागका कर्मचारीलगायतको सहभागिता रहेको थियो। सरसफाइ अभियान अन्तर्गत स्थानीय क्षेत्र सफा गर्ने, पानी जम्न नदिने र लामखुट्टे उत्पादन हुने स्थानहरूमा विशेष ध्यान दिइएको थियो। कार्यक्रमका क्रममा सहभागीलाई डेंगु रोगको जोखिम, लक्षण र रोकथामका उपायहरूबारे जानकारी दिएको स्वास्थ्य चौकी प्रमुख सुरेश ओखेडाले बताए । सरसफाइ अभियान निरन्तर रुपमा सञ्चालन गरिने जानकारी समेत उनलेे दिए ।...
प्रधानमन्त्री ओली मात्रै वर्तमान चुनौती सामना गर्न सक्षम नेता : अध्यक्ष गणेश पाण्डे

प्रधानमन्त्री ओली मात्रै वर्तमान चुनौती सामना गर्न सक्षम नेता : अध्यक्ष गणेश पाण्डे

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली राष्ट्रको आवश्यकता भएको बताएका छन्। शुक्रबार कञ्चनपुरमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले ओलीलाई वर्तमान समयका राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्षम एक मात्र नेता भनेका हुन्। प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “अहिलेको चुनौतीको सामना गर्न दृढ, स्पष्ट र निडर नेतृत्व ओलीसँग मात्रै छ।” त्यस अवसरमा उनले प्रविधिमैत्री र न्यू मिडिया अनुकूल पत्रकारिता समयको आवश्यकता भएको उल्लेख गरे। पाण्डेले पत्रकारिता समाजको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सक्नुपर्ने तथा विश्वाससहितको सूचना प्रवाह गर्ने हुनुपर्नेमा जोड दिए। “त्यो लक्ष्य प्राप्तिको यात्रामा हामी छौं, र यसको अगुवाइ प्रेस चौतारीले नै गर्नुपर...
बझाङमा डिएसपी धमलाको नेतृत्वमा चरेस नियन्त्रण अपरेसन, एक जना पक्राउ

बझाङमा डिएसपी धमलाको नेतृत्वमा चरेस नियन्त्रण अपरेसन, एक जना पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुखमा डिएसपी खगेन्द्र धमला आएपछि चरेस नियन्त्रण सम्बन्धी अपरेसन सुरु गरिएको छ। डिएसपी धमलाको पहिलो अपरेसनकै रूपमा प्रहरीले चरेससहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र ठगुन्नाको नेतृत्वमा खटिएको टोलीले सुर्मा गाउँपालिका–२ घर भई जयपृथ्वी नगरपालिका–९ चिउडिखानमा डेरा गरी बस्ने अन्दाजी ३२ वर्षीय शेरबहादुर बोहरालाई चरेससहित पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा झोलामा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उनलाई २०८२ साउन २२ गते बिहान १०:३० बजे पक्राउ गरिएको हो। पक्राउपछि पत्रकार सम्मेलनमार्फत डिएसपी धमलाले बोहरासँग १.६९० केजी (एक किलो छ सय नब्बे ग्राम) चरेस बरामद गरिएको जानकारी दिए। डिएसपी धमलाका अनुसार जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। सदरमुकाम चैनपुरमा गरिएको...
उत्तराखण्डको बाढीपहिरोमा १८ नेपाली सम्पर्कविहीन

उत्तराखण्डको बाढीपहिरोमा १८ नेपाली सम्पर्कविहीन

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
भारतको उत्तराखण्डमा हालैको बाढी र पहिरोका कारण जाजरकोटका १२, बर्दियाका ५ र जुम्लाका १ गरी १८ जना नेपाली नागरिक सम्पर्कविहीन भएका छन्। तीमध्ये अधिकांश मजदुरी गर्न र स्याउ टिप्न गएका थिए। मंगलवार आरिघोप्टे वर्षाले उत्तरकाशीको धराली बजारमा बाढी आएको थियो भने बुधवार पौडीगढवाल नजिकै सिन्धु खोला किनारमा पहिरो खसेको थियो। प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूमध्ये धेरैजना जाजरकोटको कुशे गाउँपालिका–२ का हुन्। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले १३ जनाभन्दा बढी बेपत्ता भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन्। पालिकाले खोजी तथा उद्धारका लागि प्रदेश र सङ्घ सरकारमार्फत परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि आग्रह गरेको छ। यसैबीच, बर्दियाका ५ जना नेपाली पनि पहिरोमा परेर सम्पर्कविहीन भएको जानकारी आएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय पक्षसँग समन्वयमा उद्धार कार्य भइरहेको ज...
मनसुन सक्रिय : पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय : पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागमा सक्रिय रहेकाले देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर भए पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बदलीसहित वर्षा भइरहेकाे छ। दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागमा व्यापक वर्षाको सम्भावना रहेको छ। त्यस्तै, अन्य प्रदेशका पहाडी तथा केही तराई भूभागमा पनि मध्यम वर्षा हुने सम्भावना छ। राति पनि देशभर सामान्यतया बदली रहनेछ भने कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज