Advertisement

जगन्नाथ माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा भरत बहादुर मल्ल चयन

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–४ स्थित श्री जगन्नाथ माध्यमिक विद्यालय सैन्स्यूँमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) गठन गरिएको छ। आज सम्पन्न अभिभावक भेलाबाट भरत बहादुर मल्लको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो।
विद्यालयको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आयोजित अभिभावक भेलाले सर्वसम्मत निर्णयमार्फत मल्ललाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा चयन गरेको हो। अध्यक्षमा चयन भएपछि मल्लले धन्यवाद ज्ञापन गर्दै भने, “मेरो समाजसेवाको पाटोलाई मूल्याङ्कन गर्दै श्री जगन्नाथ माविको अध्यक्ष पदमा विश्वासका साथ सर्वसम्मत चयन गर्नु भएकोमा सम्पूर्ण बौद्धिक वर्ग, समाजसेवी, अभिभावक तथा आफन्तजनप्रति आभार व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नटुटाउने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।”
नयाँ विद्यालय व्यवस्थापन समिति गठनसँगै विद्यालयमा शैक्षिक, भौतिक र संस्थागत सुधारको अपेक्षा गरिएको छ। स्थानीय अभिभावक तथा सरोकारवालाहरूले विद्यालयको विकासमा नयाँ समितिले सक्रियरूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष मल्ल गाउँ समाजमा भइरने विकृति विसंगति, अन्याय अत्याचार, तथा भ्रष्टाचारको बिरुद्धमा आवाज उठाउँदै आएका थिए । उनी नेकपाका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज समेत हुन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज