Advertisement

बझाङमा डिएसपी धमलाको नेतृत्वमा चरेस नियन्त्रण अपरेसन, एक जना पक्राउ

Advertisement

बझाङ- जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुखमा डिएसपी खगेन्द्र धमला आएपछि चरेस नियन्त्रण सम्बन्धी अपरेसन सुरु गरिएको छ। डिएसपी धमलाको पहिलो अपरेसनकै रूपमा प्रहरीले चरेससहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र ठगुन्नाको नेतृत्वमा खटिएको टोलीले सुर्मा गाउँपालिका–२ घर भई जयपृथ्वी नगरपालिका–९ चिउडिखानमा डेरा गरी बस्ने अन्दाजी ३२ वर्षीय शेरबहादुर बोहरालाई चरेससहित पक्राउ गरेको हो।

गोप्य सूचनाका आधारमा झोलामा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उनलाई २०८२ साउन २२ गते बिहान १०:३० बजे पक्राउ गरिएको हो। पक्राउपछि पत्रकार सम्मेलनमार्फत डिएसपी धमलाले बोहरासँग १.६९० केजी (एक किलो छ सय नब्बे ग्राम) चरेस बरामद गरिएको जानकारी दिए।

डिएसपी धमलाका अनुसार जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। सदरमुकाम चैनपुरमा गरिएको पहिलो अपरेसन सफल भएपछि धमला थप सक्रिय देखिएका छन्। कतिपय स्थानमा उनी स्वयम् खटिने गरेको पनि जनाइएको छ।

“जनसमुदाय र प्रहरीको सहकार्यबाट मात्रै समाज सुधार, रूपान्तरण र शान्ति सुरक्षा सम्भव छ,” डिएसपी धमलाले भने, “समुदायसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै अघि बढ्ने योजना छ।”

पक्राउ परेका बोहरामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज