Advertisement

ताजा अपडेट

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

Breaking News 1, ताजा अपडेट, पर्यटन, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमणीय वातावरणले यस झरनाले समग्र वडाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाएको छ। यति ठूलो सम्भावना बोकेको पर्यटकीय स्थल भए पनि पर्याप्त प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माण तथा स्थानीय सरकारको प्राथमिकतामा पर्न नसक्दा दानछडा झरना अझै ओझेलमै परेको छ। यदि यसको व्यवस्थित प्रचारप्रसार गरिनुका साथै पहुँचमार्ग, विश्रामस्थल, सुरक्षा व्यवस्था र अन्य पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइयो भने यो क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने प्रबल सम्भावना रहेको छ। पछिल्लो समय स्थानीय युवा पुस्ताले दानछडा झरनाको प्रचारप्रसार, संरक्षण तथा आवश्यक संरचना निर्माणका लागि आवाज उठाउँदै आएका छन्। सम्बन्धित निकायले पनि यस सम्भावनालाई समयमै पहिचान गरी आवश्यक योजना र लगा...
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडाैँ- नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदलको बिहीबारको बैठकले प्राप्त सुझावहरू समेटेर प्रतिवेदन तयार पार्न उपाध्यक्ष एवम् कार्यदल संयोजक रामबहादुर थापा (बादलु) र महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिएको छ। उपाध्यक्ष थापा अध्यक्ष केपी ओली पक्षमा खुलेका नेता हुन्। महासचिव पोखरेल पार्टी पुनःगठन अभियानका पक्षमा उभिएका नेता हुन्। कार्यदलको बैठकमा देशभरिबाट प्राप्त सुझावहरूबारे महासचिव पोखरेलले ब्रिफिङ गरेका थिए। एमाले सचिव शेरधन राईले दिएको जानकारी अनुसार संयोजक र महासचिवले प्रतिवेदनको ड्राफ्ट तयार पारेर कार्यदलमा पेस गर्नेछन्। कार्यदलले पार्टी सचिवालयमा र सचिवालयले केन्द्रीय कमिटीमा प्रतिवेदन लैजानेछ। कार्यदलको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै पार्टीभित्रको एकतामा जोड दिएका थिए। ओलीले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन, एवं पार्टी शुद्धीकरण, ...
बझाङमा काम गरेकाे ज्याला नपाएपछि स्थानीयद्वारा चैनपुर-तलकोट सडक अवरुद्ध, माग पूरा नभएसम्म अवरोध नहटाउने चेतावनी

बझाङमा काम गरेकाे ज्याला नपाएपछि स्थानीयद्वारा चैनपुर-तलकोट सडक अवरुद्ध, माग पूरा नभएसम्म अवरोध नहटाउने चेतावनी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
बझाङ- बझाङकाे तलकोट गाउँपालिकास्थित देवशैन पुल निर्माणमा काम गरेका मजदुरहरूले वर्षौँसम्म पनि आफूहरूले पाउनुपर्ने ज्याला नपाएको भन्दै बिहीबार चैनपुर-तलकोट सडकअन्तर्गत बस्टी क्षेत्रमा सडक अवरुद्ध गरेका छन्। लामाे समयसम्म पुल निर्माणमा गरेको श्रमको पारिश्रमिक भुक्तानीका लागि पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको आन्दोलित स्थानीयले बताएका छन। मजदुरहरूले आफूहरूले इमान्दारीपूर्वक काम सम्पन्न गरे पनि वर्षौँदेखि ज्याला नपाउँदा आर्थिक संकट झेल्नुपरेको, दैनिक जीविकोपार्जनसमेत प्रभावित भएको बताएका छन्। उनीहरूले आफूहरूको उचित पारिश्रमिक तत्काल उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्। आन्दोलनरत स्थानीयले आफ्नो माग पूरा नभएसम्म सडक अवरोध नहटाउने चेतावनी दिएका छन्। सडक अवरुद्ध भएपछि चैनपुर-तलकोट सडकखण्डमा चल्ने सवारीसाधन स...
सरकार लोकतन्त्रविरोधी बाटोमा, उम्लिएको दूधजस्तै पोखिन्छ- एमाले अध्यक्ष ओली

सरकार लोकतन्त्रविरोधी बाटोमा, उम्लिएको दूधजस्तै पोखिन्छ- एमाले अध्यक्ष ओली

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिने कार्यकालले देशको लोकतन्त्र र वामपन्थी आन्दोलनलाई गम्भीर धक्का पुर्‍याएको आरोप लगाएका छन्। बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको कार्यशैली लोकतन्त्रविरोधी र फासीवादी प्रवृत्तितर्फ उन्मुख रहेको दाबी गरे। उनले सरकारले सुकुमवासी बस्तीमा डोजर चलाएर सर्वसाधारणलाई दुःख दिएको तथा बालबालिकाको भविष्यसमेत प्रभावित बनाएको आरोप लगाए। सरकारको अहंकारी कार्यशैलीप्रति व्यङ्ग्य गर्दै उनले वर्तमान सरकारलाई ‘उम्लिएको दूध’सँग तुलना गरे। अध्यक्ष ओलीले मन्त्रीहरूमा उत्तरदायित्वको अभाव रहेको, बजेटमा सतही योजना मात्र समेटिएको तर कार्यान्वयनमा कुनै उल्लेखनीय प्रगति नभएको टिप्पणी गरे। दैलेखको ग्यास उद्योगको व्यावसायिक उत्खनन र प्रशोधन प्रक्रिया अघि नबढाउँदा मुलुकले दैनिक अर्...
काठमाडौँमा एक युवकले लगाए पेट्रोल छर्केर आफ्नै शरीरमा आगो, अवस्था गम्भीर

काठमाडौँमा एक युवकले लगाए पेट्रोल छर्केर आफ्नै शरीरमा आगो, अवस्था गम्भीर

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँको त्रिपुरेश्वरस्थित राहादनी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका छन । बिहीबार दिउँसो पौने २ बजे त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नं. ३ मा मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएका हुन्। हाल भक्तपुरमा बस्दै आएका नेपालीलाई तत्कालै वीर अस्पताल पु¥याएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। प्रहरीका अनुसार, उनले राहदानी विभागको गेट अगाडि ‘नो पार्किङ’ क्षेत्रमा मोटरसाइकल राखेर गएका थिए। उनको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’ लगाएको थियो। त्यसपछि आएका उनले मोटरसाइकल भएकै स्थानमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ। शरीरका विभिन्न भागमा आगोले जलेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।...
आज सरकारी खाता बन्द हुने दिन, अन्तिम भुक्तानीको चाप

आज सरकारी खाता बन्द हुने दिन, अन्तिम भुक्तानीको चाप

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डाै– चालु आर्थिक वर्षको बजेटअन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा आर्थिक वर्ष सकिनुभन्दा ७ दिनअघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ । यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाता बन्दी भनिन्छ । यसअनुसार आज राति १२ बजेदेखि खाता बन्द गर्नुपर्छ । यस्तो भुक्तानी पालिका, प्रदेश र सङ्घीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ । आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको १९ खर्ब ६४ अर्ब ११ करोड बजेटमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ खर्च भएको छ । याे बजेटको ७८ प्रतिशत बराबर हो । त्यसमध्ये चाल...
आज देशका अधिकांश स्थानमा पानी पर्ने

आज देशका अधिकांश स्थानमा पानी पर्ने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- आज देशका अधिकांस भुभागमा पानी पर्ने भएको छ। केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुँदा केहीमा भारी वर्षाको पनि सम्भवना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा आज हावाहुरीको पनि सम्भवना छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केहि स्थान तथा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुनेछ । मधेश र लुम्बिनी प्रदेशको तराई भू–भागका केहि स्थानमा हावाहुरीको सम्भावना छ। राति कोशी प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थान तथा मधेश र गण्डकी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा, रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा, रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौें- स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । मिकेल मेरिनोको इन्जुरी समयको सनसनीपूर्ण गोलको मद्दतले स्पेनले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । डलास रंगशालामा गएराति सम्पन्न रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा स्पेनले छिमेकी प्रतिद्वन्द्वी पोर्चुगलको चुनौती समाप्त पारेको छ । लुइस डे ला फुएन्टेको टोलीले अब क्वार्टरफाइनल खेल्न लस एन्जलस रंगशालाको यात्रा गर्नेछ, जहाँ उनीहरूले अमेरिका र बेल्जियमबीचको विजेतासँग सामना गर्नेछन्। खेलको पहिलो हाफमा दुवै टोलीले आक्रामक फुटबल खेले पनि गोल गर्न भने सकेनन्। स्पेनका मिकेल ओयार्जाबालले खेलको उत्कृष्ट अवसर गुमाए; डानी ओल्मोको पासमा वान–अन–वानको स्थितिमा उनले प्रहार गरेको बल पोस्टको दिशा लिन सकेन। अर्कोतर्फ, स्पेनकै एउलेक्स बाएनाको उत्कृष्ट कर्लिङ प्रहारलाई पोर्चुगिज गोल...
छुट्टै खडा गरिएकाे कार्यालयमा बसेकाे कांग्रेस इतर समूहकाे बैठकले के-के गर्‍याे निर्णय

छुट्टै खडा गरिएकाे कार्यालयमा बसेकाे कांग्रेस इतर समूहकाे बैठकले के-के गर्‍याे निर्णय

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडाैँ- नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारीका लागि काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ। १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरूको सक्रियतामा सोमवार कार्यालयको उद्घाटनसँगै औपचारिक बैठक समेत प्रारम्भ भएको हो। कार्यालयको उद्घाटन र बैठकको प्रारम्भिक सत्रमा पार्टीका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र नियमित महाधिवेशनका सन्दर्भमा देखिएका विवाद तथा पार्टीको हालसम्मका गतिविधिबारे स्पष्ट पारेका थिए। उनले पार्टीलाई विभाजनबाट जोगाउन शिर्ष नेताहरू र केन्द्रिय सदस्यहरूले निरन्तर प्रयास गरे तापनि पछिल्लो पाँच महिनामा एकताको ठोस परिणाम देखा नपरेकोमा चिन्ता व्यक्त गरेका नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता विश्वकर्माले मुलुकको वर्तमान राजनीतिक परिस्थिति...
देशभर ३२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न, मधेशमा सबैभन्दा कम

देशभर ३२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न, मधेशमा सबैभन्दा कम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
हालसम्म देशभर ३१.३८ प्रतिशत क्षेत्रमा धान रोपाइँ कार्य सम्पन्न्न भएको छ । क्षेत्रमा रोपाइँ धान क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । देशका धान रोपाइँ हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये असार २२ गतेसम्म ४ लाख ४३ हजार ५९५.०९ हेक्टर अर्थात् ३१.३८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । कृषि विभागका अनुसार गत वर्ष यही अवधिसम्म ४५ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो। सुदूरपश्चिममा सबैभन्दा बढी, मधेशमा सबैभन्दा कम प्रदेशगत विवरणअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी ५७.९ प्रतिशत अर्थात् ८९ हजार ७४२ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। यस प्रदेशमा यस वर्ष १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ। गत वर्ष यही अवधिसम्म सुदूरपश्चिममा करिब ८३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो। विपरीत रूपमा, मधेश प्रदेशमा रोपाइँको गति सबैभन्दा सुस्त रहेको छ। कुल ३ लाख...
५०० दिनभित्र भूमिहीन र सुकुम्वासीको समस्या समाधान : मन्त्री रावल

५०० दिनभित्र भूमिहीन र सुकुम्वासीको समस्या समाधान : मन्त्री रावल

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीका समस्यालाई ५०० दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो । काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ र नदी किनाराबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी परिवारको दीर्घकालीन पुनस्र्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाइ छ । तत्कालको राहत स्वरूप प्रतिपरिवार २५ हजार रुपैयाँ र ३ महिनाको घरभाडा स्वरूप मासिक १५ हजार रुपैयाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो । यस प्रयो...
बझाङकी रश्मिला धामी प्रहरीलाई जथाभावी गाली गर्दै, प्रहरी प्रशासन मौन

बझाङकी रश्मिला धामी प्रहरीलाई जथाभावी गाली गर्दै, प्रहरी प्रशासन मौन

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौ: बझाङकी रश्मिला धामीले सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अशोभनीय र आक्रामक भाषा प्रयोग गरेकी छन् । उनले पोस्टभरि प्रहरीलाई पटकपटक "आमा बलात्कारी" भन्दै गाली गरेकी छन् भने अन्य अपमानजनक शब्दसमेत प्रयोग गरेकी छन् । प्रहरी संगठनलाई नै लक्षित गर्दै गरिएको यस्तो सार्वजनिक गालीगलौजपछि पनि हालसम्म नेपाल प्रहरी वा सम्बन्धित प्रहरी प्रशासनले कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । प्रहरीमाथिको यस्तो अभिव्यक्तिप्रति प्रहरी प्रशासन मौन देखिएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज