Advertisement

देशभर ३२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न, मधेशमा सबैभन्दा कम

Advertisement

हालसम्म देशभर ३१.३८ प्रतिशत क्षेत्रमा धान रोपाइँ कार्य सम्पन्न्न भएको छ । क्षेत्रमा रोपाइँ धान क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । देशका धान रोपाइँ हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये असार २२ गतेसम्म ४ लाख ४३ हजार ५९५.०९ हेक्टर अर्थात् ३१.३८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । कृषि विभागका अनुसार गत वर्ष यही अवधिसम्म ४५ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो।

सुदूरपश्चिममा सबैभन्दा बढी, मधेशमा सबैभन्दा कम

प्रदेशगत विवरणअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी ५७.९ प्रतिशत अर्थात् ८९ हजार ७४२ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। यस प्रदेशमा यस वर्ष १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ। गत वर्ष यही अवधिसम्म सुदूरपश्चिममा करिब ८३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो।

विपरीत रूपमा, मधेश प्रदेशमा रोपाइँको गति सबैभन्दा सुस्त रहेको छ। कुल ३ लाख ८५ हजार ९३३ हेक्टर धानखेतीयोग्य जमिनमध्ये हालसम्म ६० हजार ३४५ हेक्टर अर्थात् १५.६ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ। गत वर्ष असार २२ सम्म मधेशमा २५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो।

अन्य प्रदेशको अवस्था

कृषि विभागका अनुसार अन्य प्रदेशमा धान रोपाइँको अवस्था यसप्रकार छः

 

धान खेती हुने क्षेत्रफलका हिसाबले मधेश प्रदेश सबैभन्दा अगाडि छ, जहाँ ३ लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रमा धान खेती गरिन्छ। सबैभन्दा कम क्षेत्रफल भने कर्णाली प्रदेशमा रहेको छ, जहाँ ४३ हजार २९० हेक्टरमा धान खेती हुन्छ।

मनसुन सक्रिय भएसँगै रोपाइँले गति लिँदै

गत वर्ष पर्याप्त वर्षा नहुँदा आकाशे पानीमा निर्भर किसानले समयमै रोपाइँ गर्न सकेका थिएनन्। केही स्थानमा भदौको दोस्रो सातासम्म पनि धान रोपाइँ जारी रहेको थियो।

यस वर्ष पनि सुरुमा मनसुन कमजोर हुँदा विशेषगरी मधेश प्रदेशमा रोपाइँ प्रभावित भएको थियो। तर पछिल्ला दिनमा मनसुन सक्रिय भएसँगै रोपाइँको गति बढ्न थालेको छ। सिँचाइ सुविधा र पर्याप्त पानी भएका क्षेत्रमा किसान व्यस्त रूपमा धान रोपिरहेका छन् भने सिँचाइ सुविधा नभएका तथा पानी अभाव भएका क्षेत्रमा भने रोपाइँ अझै अपेक्षित रूपमा अघि बढ्न सकेको छैन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज