Advertisement

देशभर ३२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न, मधेशमा सबैभन्दा कम

Advertisement

हालसम्म देशभर ३१.३८ प्रतिशत क्षेत्रमा धान रोपाइँ कार्य सम्पन्न्न भएको छ । क्षेत्रमा रोपाइँ धान क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । देशका धान रोपाइँ हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये असार २२ गतेसम्म ४ लाख ४३ हजार ५९५.०९ हेक्टर अर्थात् ३१.३८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । कृषि विभागका अनुसार गत वर्ष यही अवधिसम्म ४५ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो।

सुदूरपश्चिममा सबैभन्दा बढी, मधेशमा सबैभन्दा कम

प्रदेशगत विवरणअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी ५७.९ प्रतिशत अर्थात् ८९ हजार ७४२ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। यस प्रदेशमा यस वर्ष १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ। गत वर्ष यही अवधिसम्म सुदूरपश्चिममा करिब ८३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो।

विपरीत रूपमा, मधेश प्रदेशमा रोपाइँको गति सबैभन्दा सुस्त रहेको छ। कुल ३ लाख ८५ हजार ९३३ हेक्टर धानखेतीयोग्य जमिनमध्ये हालसम्म ६० हजार ३४५ हेक्टर अर्थात् १५.६ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ। गत वर्ष असार २२ सम्म मधेशमा २५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो।

अन्य प्रदेशको अवस्था

कृषि विभागका अनुसार अन्य प्रदेशमा धान रोपाइँको अवस्था यसप्रकार छः

 

धान खेती हुने क्षेत्रफलका हिसाबले मधेश प्रदेश सबैभन्दा अगाडि छ, जहाँ ३ लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रमा धान खेती गरिन्छ। सबैभन्दा कम क्षेत्रफल भने कर्णाली प्रदेशमा रहेको छ, जहाँ ४३ हजार २९० हेक्टरमा धान खेती हुन्छ।

मनसुन सक्रिय भएसँगै रोपाइँले गति लिँदै

गत वर्ष पर्याप्त वर्षा नहुँदा आकाशे पानीमा निर्भर किसानले समयमै रोपाइँ गर्न सकेका थिएनन्। केही स्थानमा भदौको दोस्रो सातासम्म पनि धान रोपाइँ जारी रहेको थियो।

यस वर्ष पनि सुरुमा मनसुन कमजोर हुँदा विशेषगरी मधेश प्रदेशमा रोपाइँ प्रभावित भएको थियो। तर पछिल्ला दिनमा मनसुन सक्रिय भएसँगै रोपाइँको गति बढ्न थालेको छ। सिँचाइ सुविधा र पर्याप्त पानी भएका क्षेत्रमा किसान व्यस्त रूपमा धान रोपिरहेका छन् भने सिँचाइ सुविधा नभएका तथा पानी अभाव भएका क्षेत्रमा भने रोपाइँ अझै अपेक्षित रूपमा अघि बढ्न सकेको छैन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज