Advertisement

आज सरकारी खाता बन्द हुने दिन, अन्तिम भुक्तानीको चाप

Advertisement

काठमाण्डाै– चालु आर्थिक वर्षको बजेटअन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा आर्थिक वर्ष सकिनुभन्दा ७ दिनअघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ ।

यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाता बन्दी भनिन्छ । यसअनुसार आज राति १२ बजेदेखि खाता बन्द गर्नुपर्छ । यस्तो भुक्तानी पालिका, प्रदेश र सङ्घीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ ।

आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको १९ खर्ब ६४ अर्ब ११ करोड बजेटमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ खर्च भएको छ । याे बजेटको ७८ प्रतिशत बराबर हो । त्यसमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोडको विनियोजित बजेटमध्ये १० खर्ब ३० अर्ब ४२ करोड ८४ लाख अर्थात् ८७ दशमलव २५ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाखमध्ये १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख अर्थात् ४० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड २० लाखमध्ये ३ खर्ब ३८ अर्ब ३६ करोड ९७ लाख अर्थात् ९० दशमलव १७ प्रतिशत बजेट खर्च भएको छ ।

आज भुक्तानीको चाप निकै रहेकोले भरे राति १२ बजेसम्म थप बढ्ने अनुमान छ । सरकारी खाताबाट हिजो एकैदिन १७ अर्ब ९ करोड ६६ लाख रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै अस्ति मङ्गलवार ११ अर्ब ७६ करोड २२ लाख, सोमवार २८ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ भुक्तानी भएको थियो । तर यस्तो खर्चमा चालूतर्फको भुक्तानी उल्लेख्य रहे पनि विकासे बजेट भनिने पूँजीगततर्फको भुक्तानी कमजोर छ ।

आज अन्तिम दिन भएकोले पालिकाहरूसहित सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभागलगायत निकाय र यसअन्तर्गतका कार्यालयमा भुक्तानी प्रक्रिया टुङ्ग्याउने व्यस्तता देखिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज