बर्खायाम सुरुभएसँगै ग्रामीण सडकहरू अवरुद्ध हुँदै
बझाङ- बर्खायाम सुरुभएसँगै ग्रामीण सडकहरू अवरुद्ध हुन थालेका छन् । लगातारको वर्षासँगै आएकोे बाढीपहिरोले स्थानीय शाखा सडक खण्डहरू अवरुद्ध हुन थालेका हुन् । प्राप्त जानकारी अनुसार छबिसपाथिभेरा गाउँपालिका अन्तर्गत मोरिबगर-बिसौना सडक खण्ड अवरुद्ध भएको छ ।
वडा नं-६ अन्तर्गत पर्ने ल्वाडाको डोलामा पहिरो जाँदा सडक अवरुद्घ भएर आवतजावत ठप्प भएको हो। सडक अवरुद्ध भएपछि स्थानीयवासी, बिरामी, विद्यार्थी तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ।
जिल्लाका अन्य धेरै ग्रामीण सडकहरू पनि वर्षाका कारण आंशिक वा पूर्ण रूपमा अवरुद्ध भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि विस्तृत विवरण आउन बाँकी रहेको छ।
स्थानीयवासीले बर्खायाम सुरु हुनुअघि नै जोखिमयुक्त स्थानको पहिचान, नाली तथा पानी निकासको उचित व्यवस्थापन, सडक किनारका कमजोर भागको संरक्षण, आवश्यक स्थानमा ग्याबियन पर्खाल तथा रिटेनिङ वाल निर्...












