Advertisement

छ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता, विकासको पर्खाइमा डडेलधुराको पलगडी गाउँ

Advertisement

डडेलधुराको परशुराम नगरपालिका- ११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढै छ। कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भूभागमा रहेको यस गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन्।

करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँसम्म अहिले पनि मोटरबाटो पुगेको छैन। स्थानीयहरू झलारी बजारबाट गाउँ पुग्न करिब छ घण्टा पैदल हिँड्न बाध्य छन्। वर्षायाममा पहिरो, हिलो र बाढीका कारण यात्रा अझ जोखिमपूर्ण बन्ने गरेको छ।

गाउँमा कोही बिरामी परे एम्बुलेन्स पुग्ने अवस्था छैन। बिरामीलाई डोको वा पिठ्युँमा बोकेर छ घण्टासम्म पैदल हिँडेर झलारी वा अन्य स्वास्थ्य संस्थासम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

शिक्षाको अवस्था पनि उस्तै चुनौतीपूर्ण छ। गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय भएकाले माध्यमिक शिक्षा अध्ययन गर्न विद्यार्थीले दैनिक चार घण्टासम्म पैदल यात्रा गर्नुपर्छ। लामो दूरी, वर्षायामको जोखिम र आर्थिक अभावका कारण धेरै बालबालिकाले बीचमै पढाइ छाड्ने गरेका छन्।

गाउँमा स्वास्थ्य चौकीसमेत छैन। सामान्य बिरामी हुँदा स्थानीयहरू घरेलु उपचार वा झारफुकमै भर पर्नुपर्ने अवस्था छ। दैनिक उपभोगका सामग्री किन्न पनि कञ्चनपुरको झलारी बजार पुग्नुपर्छ भने खाद्यान्न, औषधि र अन्य सामान पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्ने बाध्यता छ।

धारापानी खोलामा पुल नहुँदा हरेक वर्ष स्थानीयले जोखिम मोलेर खोला तर्नुपर्ने अवस्था छ। तीन वर्षअघि गाउँकै एक स्थानीय खोला तर्ने क्रममा बगेर ज्यान गुमाएको घटना अझै स्थानीयको स्मृतिमा ताजै छ।

पलगडीमा विद्युत् सेवा पनि पुगेको छैन। स्थानीयले आफ्नै श्रमले विद्युत्का खम्बा गाउँसम्म पुर्‍याए पनि खम्बा गाड्ने र तार तान्ने काम अझै सम्पन्न भएको छैन। सञ्चार सेवा पनि कमजोर भएकाले मोबाइल नेटवर्क कहिलेकाहीँ मात्रै लाग्ने गर्छ।

यहाँका अधिकांश परिवार कृषि र बाख्रापालनमा निर्भर छन्। सडक नहुँदा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउनसमेत समस्या हुने गरेको छ भने धेरै युवा रोजगारीका लागि भारत तथा अन्य स्थानमा मजदुरी गर्न बाध्य छन्।

स्थानीयले वर्षौंदेखि सडक, पुल, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय र विद्युत् विस्तारको माग गर्दै आए पनि उल्लेखनीय प्रगति हुन सकेको छैन। विकासको उज्यालोबाट टाढा रहेको पलगडी गाउँ आज पनि आधारभूत सेवासुविधाको प्रतीक्षामै छ।

रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज