Advertisement

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स डडेलधुरा शाखाले मनायो खिर खाने दिवस

Advertisement

डडेलधुरा- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, डडेलधुरा शाखाले नेपाली परम्पराअनुसार साउन १५ गते ‘खिर खाने दिवस’मनाएको छ।

शाखा प्रमुख सिद्धराज फुलाराको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा २० देखि ३० जना सक्रिय अभिकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूबीच आपसी चिनजान, अनुभव आदान–प्रदान तथा व्यवसाय प्रवर्द्धनसम्बन्धी छलफल गरिएको थियो।

कार्यक्रममा अभिकर्ता खेम बिष्टले बोल्दै शाखाको सक्रियता, अभिकर्ताप्रति देखाइएको सम्मान तथा यस्ता प्रेरणादायी कार्यक्रमहरूको सराहना गर्दै धन्यवाद व्यक्त गरेका छन्।

कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई कदरपत्रसहित सम्मानसमेत गरिएको छ। सम्मानले अभिकर्ताहरूमा थप उत्साह र जिम्मेवारीको भावना जागृत गराएको सहभागीहरूको भनाइ छ।

शाखा प्रमुख फुलाराले सम्बोधन गर्दै अभिकर्ताहरूको मेहनत र समर्पणप्रति प्रशंसा व्यक्त गरेका थिए। “यस्ता कार्यक्रमहरू परम्पराको जगेर्ना मात्र नभई सहकार्य, सम्मान र प्रेरणाको सन्देश पनि हुन्,” फुलाराले भने।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक गतिविधि र खिरको विशेष परिकारको समेत विशेष व्यवस्था गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरू भविष्यमा पनि नियमित रूपमा आयोजना गर्नुपर्ने माग राखेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज