Advertisement

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

Advertisement

सुदूरपश्चिम प्रदेशको मौलिक तथा ऐतिहासिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पर्वको पहिलो दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर तयार पारिने बिरुडा भिजाएर गौराको सुरुवात गर्ने चलन छ। यस दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ।

पर्वअनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाइन्छ। त्यसपछि भाँडाभित्र बिरुडा राखी देवी गौरीलाई अर्पण गरिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिने चलन छ।

गौरा पर्व पुत्रदा एकादशीपछि भदौ महिनाको बिरुडा पञ्चमीका दिनदेखि सुरु हुन्छ। यसअघि एक महिना शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गर्ने परम्परा रहिआएको छ। बिरुडा भिजाउँदा गाउँघरमा मंगल गीत गाउँने र सगुन बाँड्ने प्रथा छ।

यस पर्वमा पुरुषको व्रतबन्ध जस्तै महिलाले दुवधागो (रक्षासूत्र) बाँध्ने गर्छन्। साथै, महिलाले व्रत बसेर गौरीलाई पूजाआर्चना गरी दीर्घायु, परिवार सुख–शान्ति र सन्तान प्राप्तिको कामना गर्ने गर्दछन्।

गौरा पर्व सुरु भएसँगै गाउँघरमा देउडा भाका गुन्जिन थालेका छन्। विशेषगरी डोटी, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका जिल्लामा यस पर्व धुमधामका साथ मनाइन्छ।

परापूर्वकालदेखि भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रूपमा पूजा गर्ने परम्परा रही आएको छ। यस पर्वलाई नारी धर्म–संस्कार, सहकार्य र सांस्कृतिक एकताको प्रतीक मानिन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज