Advertisement

डडेल्धुरा अस्पतालमा विश्व स्तनपान सप्ताह सुरु

Advertisement

डडेल्धुरा- डडेल्धुरा अस्पतालले विश्व स्तनपान सप्ताह विविध कार्यक्रमहरूसहित सुरु गरेको छ। स्तनपान अमृत समान भन्ने नारासहित आज अस्पतालले उक्त कार्यक्रमको सुरुवात गरेको हो ।
आज अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाको अध्यक्षतामा स्तनपान सप्ताह कार्यक्रमको शुभारम्भ गरिएको हो ।

सप्ताहको पहिलो दिनमै अस्पताल परिसर सांगीतिक गीत, जनचेतनामूलक नाटक, र स्वास्थ्य शिक्षामूलक सन्देशहरूले गुञ्जायमान बन्यो। नर्सिङ अधिकृत नाओमी बुढाका अनुसार, स्तनपानका फाइदा, आमाको दूधको महत्व, र स्तनपानलाई बच्चाको पहिलो खोपको रूपमा प्रस्तुत गर्दै सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको प्रमुख आकर्षण “बच्चा जन्मिएको १ घण्टा भित्र स्तनपान सुरु गरौं” भन्ने सन्देशमा आधारित नाटक रह्यो, जसले दर्शकहरूलाई स्तनपानको तत्काल सुरुवातको महत्वबारे सचेत गरायो। त्यसपछि प्रस्तुत गरिएका लोकगीत तथा आधुनिक गीतहरूले आमाको माया र दूधको अमूल्यता गाएर कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो।
स्वास्थ्य क्षेत्रमा सक्रिय विभिन्न निकायहरूको सहभागिता रहेको कार्यक्रममा डडेल्धुरा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा, नर्सिङ प्रमुख टिका रावत, अमरगढी नगरपालिकाका स्वास्थ्य प्रमुख श्यामराज बोहरा, बहुउद्देश्यीय विकास समाजका प्रकाश मडैं, र स्वास्थ्य कार्यालय डडेल्धुराका हरिप्रसाद भट्ट लगायत सयभन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा “स्तनपान बच्चाको पहिलो खोप हो” भन्ने सन्देशका साथ छ महिनासम्म पूर्ण स्तनपान र त्यसपछि दुई वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्ने सल्लाह दिइएको थियोे । साथै मातृत्व पोषण, स्तनपानको मात्रा र त्यसको दीर्घकालीन स्वास्थ्य प्रभावबारे समेत जानकारी पनि प्रदान गरिएको थियोे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज