Advertisement

शिक्षा

धनगढीको एनडब्लुए कलेजद्वारा निःशुल्क छात्रवृत्ति तयारी कक्षा सञ्चालन हुने

धनगढीको एनडब्लुए कलेजद्वारा निःशुल्क छात्रवृत्ति तयारी कक्षा सञ्चालन हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी: पोखरा विश्वविद्यालय अन्तर्गतका बिबिए, बिएचएम, बिबिए (फाइनान्स) कार्यक्रमहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि धनगढीस्थित नेपाल वेस्टर्न एकेडेमीले निःशुल्क छात्रवृत्ति प्रवेश तयारी कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ । शिक्षा क्षेत्रमा धेरै अनुभव संगाल्दै आएको एनडब्लुए कलेजले आगामी श्रावण ७ गते बिहान ८:३० बजेदेखि तयारी कक्षा प्रारम्भ गर्ने जनाएको छ। उक्त तयारी कक्षा विशेषगरी हालसालै प्रवीणता तह परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरिएको हो । कलेजका निर्देशक शैलेस सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “हामी निःशुल्क छात्रवृत्तिका कक्षाहरू सञ्चालन गर्न गइरहेका छौं । यसमा आफ्ना नानी–बाबुहरूलाई समावेश गर्दै, पोखरा विश्वविद्यालयबाट प्रदान गरिने छात्रवृत्तिको अवसरलाई सदुपयोग गर्न अनुरोध गर्दछौं।” विद्यार्थीहरूलाई गुणस्तरीय तयारी गराई पोखरा विश्वविद्यालय अन्तर्गतको...
मेनका माविकी छात्रा माझीको एसईईमा उत्कृष्ट प्रदर्शन,तुर्माखाँदमा प्रथम  र अछाम जिल्लामा ४ औं स्थान प्राप्त

मेनका माविकी छात्रा माझीको एसईईमा उत्कृष्ट प्रदर्शन,तुर्माखाँदमा प्रथम र अछाम जिल्लामा ४ औं स्थान प्राप्त

Breaking News 1, अछाम, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
अछाम- २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मेनका माध्यमिक विद्यालय, तुल्लाकी छात्रा रेशम कुमारी माझीले उत्कृष्ट प्रदर्शन गर्दै तुर्माखाँद गाउँपालिकामा प्रथम  तथा अछाम जिल्लामा ४"औं  स्थान हासिल गर्न सफल भएकी छन्। उनले कुल ३.८२ जीपीए प्राप्त गरेकी हुन्। रेशम कुमारी माजी गाउँपालिकाभित्र A+ ल्याउने चुनिँदा छात्रामध्ये एक हुन्। उनको यस उत्कृष्ट नतिजाले विद्यालय मात्र होइन, सम्पूर्ण तुर्माखाँद गाउँपालिकाको शैक्षिक गौरव बढाएको छ। विद्यालयका प्रधानाध्यापक दान बहादुर माझीले रेशमको परिश्रम, समर्पण र अनुशासनलाई प्रशंसा गर्दै यस सफलताले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।...
एसईई पूरक परीक्षा साउन २९ देखि

एसईई पूरक परीक्षा साउन २९ देखि

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
काठमाडौँ— एसईईको पूरक परीक्षा आउँदो साउन २९ गतेदेखि सुरु हुने भएको छ। पूरक परीक्षा भदौ ६ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। हिजो सार्वजनिक नतिजामा ग्रेड प्राप्त गर्न नसकेका वा अनुपस्थित भएका विद्यार्थीहरूले परीक्षा दिन पाउने छन्। बोर्डका अनुसार परीक्षा पुरानै प्रवेशपत्रबाट दिन सकिनेछ। त्यसैगरी, नतिजाप्रति चित्त नबुझेका विद्यार्थीले पुनर्योग गर्न वा उत्तरपुस्तिका पुनः परीक्षण गराउन असार २३ गते बेलुकी ५ बजेसम्म आवेदन दिन सक्नेछन्।  ...
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो। सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गर्न सफल भएका छन्। एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो। यस वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ विद्यार्थी सहभागी भएका थिए भने ग्रेड वृद्धि परीक्षातर्फ ६७ हजार ७१५ जनाले परीक्षा दिएका थिए। दुवै समूहलाई समेट्दा जम्मा परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको बोर्डले जनाएको छ। परीक्षाको नतिजासम्बन्धी विवरण एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको छ।  ...
सुर्मा आधारभूत विद्यालयलाई जलजला–सेरीनिशान बासुधारा सामुदायिक वनबाट ५० थान कुर्सी हस्तान्तरण

सुर्मा आधारभूत विद्यालयलाई जलजला–सेरीनिशान बासुधारा सामुदायिक वनबाट ५० थान कुर्सी हस्तान्तरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ अन्तर्गत बुड्खोरीमा रहेको सुर्मा आधारभूत विद्यालयले आवश्यक फर्निचर सहयोग स्वरूप ५० थान कुर्सी प्राप्त गरेको छ। उक्त फर्निचर सामुदायिक स्रोतबाट सहयोगस्वरूप जलजला–सेरीनिशान बासुधारा सामुदायिक वन उपभोक्ता समूहले विद्यालयलाई हस्तान्तरण गरेको हो। विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन र विद्यार्थीलाई बस्न सहज बनाउने उद्देश्यले उक्त कुर्सी प्रदान गरिएको वनका अध्यक्ष दिपेश धामी जानकारी दिए । फर्निचर हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सामुदायिक वन समूहका पदाधिकारीहरूले शिक्षा क्षेत्रमा आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षकहरूले यस सहयोगले विद्यालयको पठनपाठनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्। साथै वि...
थलचौर मावि टिमले बुझायो पालिकामा ज्ञापनपत्र, शिक्षकसहित संरचनागत माग

थलचौर मावि टिमले बुझायो पालिकामा ज्ञापनपत्र, शिक्षकसहित संरचनागत माग

Breaking News 1, ताजा अपडेट, बझाङ, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको दुर्गाथली गाउँपालिका–३ मा अवस्थित थलचौर माध्यमिक विद्यालयको शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक प्रतिनिधिहरूले पालिकामा ज्ञापनपत्र बुझाउँदै विद्यालयको विविध समस्या समाधानको माग गरेका छन्। विद्यालयका शिक्षकमात्र नभई व्यवस्थापन समिति अध्यक्ष युवराज भण्डारीको नेतृत्वमा गएको टोलीले शुक्रबार गाउँपालिका अध्यक्ष दिलबहादुर थापालाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा विद्यालयमा हाल कक्षा ११ र १२ मा पठनपाठन गराउने शिक्षकको अभाव, विद्यालय भवनको अपुग, घेरबार र खानेपानीको समस्या जस्ता मुद्दाहरू उठाइएको छ। वि.सं. २०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा २०७४ सालदेखि निजी स्रोतबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन हुँदै आएको थियो। तर हाल निजी स्रोतबाट कक्षा सञ्चालन गर्न कठिनाइ भएको भन्दै पालिकाको ध्यानाकर्षण गराइएको व्यवस्थापन समिति अध्यक्ष भण्डारीले बताए। उनले विद्यालयमा हाल ...
बझाङमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संयुक्त बैठक सम्पन्न

बझाङमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संयुक्त बैठक सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि व्यापक सहभागिता सहित संयुक्त बैठक सम्पन्न भएको छ । सदरमुकाम चैनपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उक्त बैठकमा जयपृथ्वी नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । उक्त बैठक १२ वटै स्थानीय तहमा लागू हुने गरी यही २०८२ वैशाख २४ र २५ गते सञ्चालन गरिएको हो। कार्यक्रम साईपाल विकास समाजको आयोजनामा विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोग र विश्व शिक्षा नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । शैक्षिक गुणस्तर सुधारका लागि जयपृथ्वी नगरपालिकाका ४६ वटै विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विश्व शिक्षा नेपालका जिल्ला अधिकृत पदमसिँह धामीले गुणस्तरीय शिक्षा आजको आवश्यकता ...
माओवादी निकट विद्यार्थी संगठन बाट जितेका स्ववियु सभापतिनै फर्जी विद्यार्थी

माओवादी निकट विद्यार्थी संगठन बाट जितेका स्ववियु सभापतिनै फर्जी विद्यार्थी

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा, सुदूरपश्चिम
  धनगढी : कैलालीको घोडाघाडी नगरपालिका–१ स्थित सुखडको राष्ट्रिय कलेजमा भर्ना नै नभएका एक व्यक्ति स्ववियु सभापति बनेका छन् भन्ने खुलासा भएको छ । चैत्र ४ गते सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त गठबन्धनका उम्मेदवारलाई माओवादी निकट अखिल (क्रान्तिकारी) का सुन्दर गौतमले भारी मतान्तरले पराजित गर्दै सभापति निर्वाचित भएका थिए । एमाले र कांग्रेसका भातृ संगठनहरूको गठबन्धनसँग प्रतिस्पर्धा गर्दै गौतमले ९७ मतले जित हात पारेका थिए । दोस्रो स्थानमा रहेका अखिल समाजवादीका माइकल चौधरी ९२ मतले पछि परे । तर, विजयी गौतम राष्ट्रिय कलेजमा नामै नदिई उम्मेदवार बनेको प्रमाण खुलेको हो । स्नातक तह सकिसकेका उनले स्नातकोत्तर तहमा भर्ना नगरीकनै दोहोर्‍याएर उम्मेदवारी दिएका थिए । अघिल्लो कार्यकालमा पनि उनी सभापति थिए । भर्ना नभएका गौतमको नाम कलेजको भर्ना र...
शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको बताएका छन्। फेसबुकमार्फत उनले आन्दोलनमा सबै शिक्षकको सक्रिय सहभागिता अनिवार्य भएको उल्लेख गरेका छन्। “हामी अन्तिम लडाइँमा छौँ। सबैले सक्रिय सहभागिता जनाउनुपर्छ,” अध्यक्ष सुवेदीले लेखेका छन्। उनले अझै काठमाडौं नआएका शिक्षकहरूलाई छिटो राजधानी आइपुग्न आह्वान गरेका छन्। “आन्दोलनकारी साथीको रगत बगिरहँदा घरमै बस्न सक्नुहुन्छरु” भन्दै उनले तीव्र भावनात्मक अपिल गरेका छन्। आइतबार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि केही शिक्षक, प्रहरी र पत्रकार घाइते भएका थिए। उक्त घटनाप्रति आपत्ति जनाउँदै सुवेदीले सरकारको ज्यादतीको भर्त्सना गरेका छन्। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले आन्दोलन जारी रहने बताएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षा ऐन संशोधनको मागसहित २६ दिनदेखि आन्दोल...
तीन दिनभित्र शिक्षकलाई स्कुल फर्काउन सर्वोच्चको सरकारलाई आदेश

तीन दिनभित्र शिक्षकलाई स्कुल फर्काउन सर्वोच्चको सरकारलाई आदेश

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाण्डौ- सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्काएर पठनपाठनको वातावरण बनाउन सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले दिएको आदेशमा शिक्षालयमा नियमित पढाइ सुनिश्चित गर्न निर्देशन दिइएको छ। साथै, कक्षा १० (एसईई) को नतिजा समयमै सार्वजनिक गर्न र कक्षा १२ को परीक्षा मिति नसार्न पनि अदालतले स्पष्ट आदेश दिएको छ। सर्वोच्चले शिक्षक आन्दोलनका कारण एसईईको नतिजा ढिलो हुन नदिन, र कक्षा १२ को परीक्षा समयमा नै गराउन सरकारलाई सचेत गराएको छ। लाखौं विद्यार्थीको भविष्य अन्योलमा नपरोस् भनेर अदालतले यस्ता संवेदनशील परीक्षा कार्यतालिका यथावत राख्न भनेको हो। बच्चाहरूको शिक्षा नअधिकारबाट वञ्चित नहोस् इजलासले देशभरका बालबालिकालाई शिक्षाको हकबाट वञ्चित नगर्न र नगराउन चेतावनी दिएको छ। साथै, आदेश जारी भएको मितिले चौथो दिनसम्म आदेशको कार्यान्वयन प्रगतिको प्र...
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि, संशोधित तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि, संशोधित तालिका सार्वजनिक

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाण्डाै– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले नयाँ तालिका सार्वजनिक गर्दै परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ। यसअघि परीक्षा वैशाख ११ गतेदेखि सुरु गर्ने भनिएको थियो। तर, काठमाडौंमा जारी शिक्षक आन्दोलनका कारण बोर्डले पूर्वनिर्धारित मितिमा परीक्षा नगर्ने निर्णय गरेको हो।  ...
कक्षा १२ को परीक्षा स्थगित, नयाँ मिति चाँडै सार्वजनिक हुने

कक्षा १२ को परीक्षा स्थगित, नयाँ मिति चाँडै सार्वजनिक हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यसअघि सोमबार बिहान मात्रै बोर्डले सरकारले चाहे निजामती कर्मचारीमार्फत् भए पनि परीक्षा लिने बताएको थियो र आन्दोलनरत शिक्षकहरूलाई चेतावनी दिएको थियो। तर निजामती कर्मचारीहरूले परीक्षा सञ्चालन गर्न असमर्थता जनाएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। परीक्षा गर्न सकिने अवस्था नदेखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोर्ड अध्यक्षलाई परीक्षा सार्न सुझाव दिएका थिए।  ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज