Advertisement

बझाङमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संयुक्त बैठक सम्पन्न

Advertisement

बझाङ : बझाङ जिल्लामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि व्यापक सहभागिता सहित संयुक्त बैठक सम्पन्न भएको छ । सदरमुकाम चैनपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उक्त बैठकमा जयपृथ्वी नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

उक्त बैठक १२ वटै स्थानीय तहमा लागू हुने गरी यही २०८२ वैशाख २४ र २५ गते सञ्चालन गरिएको हो। कार्यक्रम साईपाल विकास समाजको आयोजनामा विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोग र विश्व शिक्षा नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

शैक्षिक गुणस्तर सुधारका लागि जयपृथ्वी नगरपालिकाका ४६ वटै विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विश्व शिक्षा नेपालका जिल्ला अधिकृत पदमसिँह धामीले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउँदै प्रभावकारी शिक्षण प्रणालीका बारेमा मार्गदर्शन गर्नु भयो ।

जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता जयपृथ्वी नगरपालिका वडा नम्बर १० का अध्यक्ष पुष्पसिंहले गर्नुभयो । प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति संयोजक नरबहादुर बोहरा रहनुभएको थियो भने विशिष्ट अतिथिमा जयपृथ्वी नगरपालिका उपमेयर सुरज सिंहको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि, तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो ।

साईपाल विकास समाज बझाङ प्रारम्भिक तह सिकाइ कार्यक्रमका संयोजक शिवराज बुढाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । त्यस्तै, विश्वखाद्य कार्यक्रमका फिल्ड संयोजक राजेन्द्र बहादुर रसाइलीले विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

समन्वय समितिमा सम्पन्न उक्त कार्यक्रममा १८० बढी सहभागी रहेको जानकारी प्राप्त भएको छ । कार्यक्रममा समन्वय प्रमुख नरबहादुर बोहराले पछिल्लो समय सरकारी विद्यालयहरूको गुणस्तर खस्किएको बताउँदै, सबै शिक्षकलाई जिम्मेवार बन्न र गरिब परिवारका छोराछोरीको भविष्यप्रति संवेदनशील रहन चेतावनी दिनुभयो । सहभागीहरूले शिक्षा सुधारका लागि ४८ बुँदे कार्ययोजना प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज