Advertisement

माओवादी निकट विद्यार्थी संगठन बाट जितेका स्ववियु सभापतिनै फर्जी विद्यार्थी

Advertisement

 

धनगढी : कैलालीको घोडाघाडी नगरपालिका–१ स्थित सुखडको राष्ट्रिय कलेजमा भर्ना नै नभएका एक व्यक्ति स्ववियु सभापति बनेका छन् भन्ने खुलासा भएको छ ।

चैत्र ४ गते सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त गठबन्धनका उम्मेदवारलाई माओवादी निकट अखिल (क्रान्तिकारी) का सुन्दर गौतमले भारी मतान्तरले पराजित गर्दै सभापति निर्वाचित भएका थिए ।

एमाले र कांग्रेसका भातृ संगठनहरूको गठबन्धनसँग प्रतिस्पर्धा गर्दै गौतमले ९७ मतले जित हात पारेका थिए । दोस्रो स्थानमा रहेका अखिल समाजवादीका माइकल चौधरी ९२ मतले पछि परे ।

तर, विजयी गौतम राष्ट्रिय कलेजमा नामै नदिई उम्मेदवार बनेको प्रमाण खुलेको हो । स्नातक तह सकिसकेका उनले स्नातकोत्तर तहमा भर्ना नगरीकनै दोहोर्‍याएर उम्मेदवारी दिएका थिए । अघिल्लो कार्यकालमा पनि उनी सभापति थिए ।

भर्ना नभएका गौतमको नाम कलेजको भर्ना रजिस्टरमा समावेश गर्न क्याम्पसका केही कर्मचारी संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स्नातक पहिलो वर्षमा अध्ययनरत यमुना बोहराले २०८१ फागुन १३ गते भर्ना शुल्क तिरेको १६६/११२४३ नम्बरको रसिद देखिन्छ। सोही रसिद नम्बर सार्वजनिक गर्दै गौतमले भर्ना गरेको प्रमाणित गर्ने प्रयास भएको पाइएको छ, तर उक्त रसिद यमुना बोहराको नाममा रहेको पुष्टिको साथ प्रमाणित भएको छ ।

स्ववियु निर्वाचन प्रक्रिया कै बेला फर्जी विद्यार्थीको बहस सुरु भएपनि गौतम भने त्यसमा नमुछिएको जस्तै देखिएका थिए । क्याम्पस प्रशासनकै लेखापाल लक्ष्मण चौधरीले भर्ना भएका विद्यार्थीहरूको नाम राख्ने लेजरमा गौतमको पनि नाम चढाएका थिए । प्रमाणको लागि रकम तिरेको भन्दै फर्जी रसिद नम्बर तयार गरेर लेजरमा राखिएको थियो ।

स्ववियु सभापति निर्वाचित भएको करिब एक डेढ महिना पछि गौतम फर्जी विद्यार्थी रहेको र किर्ते प्रमाणहरू तयार गरेको खुलेको हो । गौतमले केही प्राध्यापकहरूलाई आफ्नो भर्ना गरिदिन र शुल्क समेत तिर्न भनेका आरोप छ। तर, गौतमले भनेका व्यक्तिले तोकिएको समयसम्म रकम दाखिला गरेर भर्ना नगरेपछि उनको भर्ना छुटेको थियो । त्यसपछि स्ववियु निर्वाचन नजिकिएपछि कर्मचारीहरूले नै फर्जी कागजात तयार गरेका हुन् ।

क्याम्पस प्रमुख देवेन्द्र कुमार प्रसाईंले आफूले पहिले थाहा नभएको र अहिले विद्यार्थी भर्ना नभएको बारे जानकारी पाएको बताएका छन । स्ववियु निर्वाचन संयोजक प्रभात बोगटीले मतदाता नामावली माग गरेको र लेखा शाखाबाट दिएको नामावली अनुसार अन्तिम नामावली प्रकाशन गरेको बताए ।

लेखापाल लक्ष्मण चौधरीलाई गौतमले इन्ट्रान्समा नाम निकालेको बताउँदै आफै पैसा हालेर भर्ना गरिदिन भनेका थिए। ‘चुनाव आयो। मेरो नाम चढाइदिन भन्नु भयो। विना रकमको हुँदैन भने। रकम दिनु पर्छ, रकम नभईकन भोलिका दिनमा मैले जवाफ दिनु पर्छ सरले पनि त दाखिला गरिदिनु प¥यो,’ लेखापाल चौधरी गौतमलाई भनेका थिए ।

गौतमले आफूले भर्ना रकम पछि दिन्छु भनेर भर्ना गर्न आग्रह गरेको तर, भर्ना समय सकिँदासम्म पनि बैक दाखिला गर्नु पर्ने रकम नदिएपछि किर्ते रकम दिएको रसिद बनाएको देखिन्छ। ‘जुनसुकैको हाल्दिनुहोस् भन्नु भयो। मैले त्यसपछि कसैको नाम नहेरेर अन्दाजी रसिद नम्बर हाल्दिएको हुँ’ उनले बिल ठेली देखाउँदै भने ‘यहाँ विल ठेली छ। यही वर्षको हाल्नु पर्छ पुरानो हाल्न मिल्दैन।’

उनले आफ्नो नियत यस्तो नभको तर, गौतमको दबाबमा फर्जी काम गरेको स्वीकार गरे। आफू यसमा कुनै पनि जबाफदेही नहुने भन्दै उनले गौतमलाई सबै जिम्मेवार आफै हुनुहोला भनेका थिए। सुरुमा रकम नतिरेसम्म भर्ना नहुने बताएका लेखापाल चौधरीले पछि गौतमले रकम नबुझेरै अरूको भर्ना भएको रसिद नम्बर गौतमको हो भन्दै भर्ना रजिस्टरमा नाम चढाएका थिए।

यता सभापति गौतमले आफूले भर्ना गरिदिन भनेको तर, भर्ना भए नभएको जानकारी नलिएको बताएका छन्। उनले आफूले इन्ट्रान्स दिएको र डकुमेन्ट बुझाएको दाबी गरे। ‘यस विषयमा म अनविज्ञ छु। कसको बिल नम्बर हालियो, के हालियो’ उनले भने ‘मैले भर्ना गरिदिनुहोस् अहिले पैसाको सटेज छ। केही दिनमा तपाइहरूलाई उपलब्ध गराइदिन्छु भनेको थिए।’

स्ववियू निर्वाचन सकिएलगत्तै फर्जी विद्यार्थी मतदाता रहेको भन्दै जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो। उक्त विवादमा गौतम भने मुछिएका थिएनन्। तर, अहिले उनी पनि फर्जी भएको खुलेको हो।

अदालतमा मुद्‍दा परेपछि सभापति लगायत निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ भएको छैन। शपथ नहुँदै सभापति नै फर्जी भएको खुलेको छ। भर्ना नै नभएका व्यक्ति स्ववियू सभापति भएपछि अहिले क्याम्पसमा खैलाबैला मच्चिएको छ। यस विषयमा क्याम्पसले सर्वदलीय छलफल गर्न विद्यार्थी नेताहरूलाई बिहिवार बिहान बैठक बोलाएको छ।

 

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज