Advertisement

बाजुरा: खप्तड छेडेदह गाउँपालिका ३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन, सेवाग्राहीको कामकाज ठप्प

Advertisement

बाजुराको खप्तड छेडेदह गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेको छ। प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्यायको सरुवापछि अहिलेसम्म नयाँ अधिकृत नियुक्त नहुँदा गाउँपालिकामा दैनिक प्रशासनिक तथा विकास निर्माणका काम ठप्प भएका छन्।

 

गाउँपालिकामा सेवा लिन आउने स्थानीयहरू सास्ती खेप्न बाध्य भएका छन्। सरकारी प्रमाणपत्र, योजनाको सम्झौता, आर्थिक कारोबार, अनुदान वितरण, र अन्य प्रशासनिक सेवाका लागि आउने सेवाग्राहीहरूलाई दिनहुँजसो फर्किनु परेको छ। जनप्रतिनिधि र निमित्त अधिकृतबाट मात्रै कामकाज सम्भव नभएपछि सेवाग्राहीहरूले गाउँपालिकाको अकर्मण्यताप्रति चर्को असन्तोष व्यक्त गरेका छन्।

 

७ महिनामै विवादमा पाध्याय, विनासूचना काठमाडौं प्रस्थान

 

२०८० माघ महिनामा खप्तड छेडेदहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका पाध्यायको कार्यकाल विवादास्पद रह्यो। गाउँपालिकाका जनप्रतिनिधिहरूबीचको आन्तरिक विवाद, बजेटको अनुचित विनियोजन, र योजनामा असमानताका कारण पाध्यायले काम गर्न नसकेको बताइन्छ। उनले विनासूचना काठमाडौंमा सरुवा माग गरेको आरोपसमेत लाग्दै आएको छ।

 

सेवाग्राहीका गुनासा: काम नगर्ने र बोल्दा पनि वास्ता नगर्ने

 

गाउँपालिकामा आफ्नो कामका लागि तीन महिनादेखि चक्कर काटिरहेका स्थानीय सेवाग्राहीहरूको गुनासो छ।

“जग्गा प्रमाणपत्र बनाउने कामका लागि महिनौंदेखि गाउँपालिका धाउँदै छु, तर कहिले जिम्मेवार कर्मचारी नभएको त कहिले फाइल अघि नबढेको भन्दै मलाई फर्काइन्छ,” स्थानीय सेवाग्राही थमन बहादुर विकले भने।

अर्का उपभोक्ता समूहका अध्यक्ष राजु बोहराका अनुसार, चालू आवका योजनाहरू अनुमोदन र सम्झौताका लागि प्रमुख प्रशासकीय अधिकृतको उपस्थिती अनिवार्य छ। तर, उहाँ नहुँदा गाउँपालिकाका सबै योजना कागजमै रोकिएका छन्। “निर्माण सामग्री किन्ने, कामदार लगाउने तयारी गरिसकेका छौं, तर सम्झौता नै हुन नसकेपछि काम सुरु गर्न सकिएको छैन,” उनले बताए।

गाउँपालिकाको बजेट विनियोजन विवादमा कांग्रेसले समेत धर्ना र आन्दोलन गरेको थियो। योजनाहरू व्यक्ति विशेष र कार्यकर्तामुखी बनाइएको भन्दै कांग्रेसले गाउँपालिकाका गतिविधिप्रति असहमति जनाएको हो। पार्टीले तत्काल बजेट संशोधन गर्न माग गरे पनि कुनै सुधार नभएको स्थानीयहरूले बताएका छन्।

 

अध्यक्ष काठमाडौं धाउँदा पनि समस्या समाधान भएन

 

प्रमुख प्रशासकीय अधिकृत सरुवापछि गाउँपालिका अध्यक्ष दिल बहादुर रावत नयाँ कार्यकारी अधिकृत ल्याउन काठमाडौं धाउँदै आएका थिए। तर, गाउँपालिका स्रोतका अनुसार, उनले अहिलेसम्म नयाँ अधिकृत नियुक्त गर्न सकेका छैनन्। अध्यक्ष रावतले अब निमित्त प्रमुख प्रशासकीय अधिकृतबाटै कामकाज चलाउने तयारी गरिरहेको बताइएको छ।

हाल सूचना अधिकारी कृष्णराज जोशीले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरिरहेका छन्। तर, प्रशासकीय अधिकार र जिम्मेवारी पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा समस्या झन् बल्झिएको छ। आर्थिक कारोबार ठप्प हुनुका साथै चालू आवका योजनाहरूको कार्यान्वयन सुरु गर्न नसकिएको जनाइएको छ।

तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा सेवा र विकास ठप्प भएपछि गाउँपालिकाप्रतिको आलोचना चुलिएको छ। स्थानीय जनप्रतिनिधिहरू र प्रशासनको अकर्मण्यताले समग्र पालिकामा अन्योलको अवस्था सिर्जना भएको छ। “हामीजस्ता निम्न वर्गका सेवाग्राहीलाई गाउँपालिकाको लापरवाहीले अझ ठूलो मार परेको छ,” एक वृद्ध सेवाग्राहीले दुखेसो पोखे।

स्थानीयहरूले गाउँपालिकालाई तत्काल नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेर कामकाज सुचारु गर्न माग गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज