Advertisement

उधोगमन्त्री दामोदर भण्डारीले भने प्राधिकरणको पत्रको आधारमा सेयर किनबेच रोक्का नगर्नु

Advertisement

काठमाडौं – उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल विद्युत प्राधिकरणको पत्रको भरमा कम्पनीहरुको शेयर किनबेच रोक्का गर्ने काम नगर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई निर्देशन दिएका छन् ।

प्रक्रिया नपुर्‍याई  गैरकानुनी टेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादसँग जोडिएका उद्योग (कम्पनी)हरुको शेयर किनबेच रोक्न नमिल्ने बताउँदै मन्त्री भण्डारीले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट आधिकारिकरुपमा उद्योग मन्त्रालयमा पत्र आएपछि सो पत्रको आधारमा मात्रै यस्तो रोक्का प्रक्रिया अघि बढाउन सकिने सुझाव दिएका थिए ।

बिहीबार मन्त्री भण्डारीले कम्पनी रजिष्ट्रार प्रदीप अधिकारीलाई फोन गरेर प्राधिकरणले पत्र पठाएको भरमा कम्पनीहरुको शेयर किनबेच रोक्न नमिल्ने बताएका हुन् । जवाफमा अधिकारीले प्राधिकरणको पत्र दर्ता हुन आएकाले शेयर किनबेच रोक्का गर्ने हो कि भन्ने सोच बनाएको बताउँदै यससम्वन्धमा निर्णय नभईसकेको जवाफ दिएका थिए ।

स्रोतका अनुसार मन्त्री भण्डारीले अधिकारीले भने, ‘यसरी शेयर किनबेच रोक्न मिल्दैन । यो कानुनसम्मत छैन् । शेयर किनबेच रोक्का गर्ने भए पनि आधिकारिक निकायबाट पत्र आएर प्रक्रियासम्मतरुपमा गर्नुपर्छ । जुनसुकै संस्थाले पत्र पठाउँदैमा शेयर किनबेच रोक्ने र फकाउने गर्न थाल्यो भने त बेथिति हुन्छ।’

कम्पनी रजिष्ट्रारको कार्यालयले प्राधिकरणको पत्रको आधारमा उद्योगहरुको शेयर किनबेच रोकेर अनावश्यक दुःख दिएको भन्दै उद्योग मन्त्रालयमा गुनासो गरेका थिए । गुनासो बढेपछि आज मन्त्री भण्डारीले यस विषयमा चासो दिएका हुन् । साथै, मन्त्रीले मन्त्रिपरिषदमा पनि डेडिकेटेड तथा ट्रंकलाइनको महशुलको समस्याबारे छलफल भइरहेकोले यस विषयमा कम्पनी रजिष्ट्रारको कार्यालयले एकपक्षीयरुपमा काम गर्न नहुने अधिकारीलाई बताएका थिए ।

यसअघि प्राधिकरणले डेडिकेटेड तथाa ट्रंकलाइनको महशुल विवादसँग जोडिएका उद्योगका सञ्चालकहरुले लगानी गरेको उर्जा कम्पनीहरुको बिजुलीवापतको भुक्तानी रोकेपछि सर्वोच्च अदालतले यस्तो भुक्तानी नरोक्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज