Advertisement

सरोकारवाला निकायको बेवास्ता: सेतीमा युवक बेपत्ता

Advertisement

बझाङ – बझाङ जिल्लाको थलारा गाउँपालिका-०१ रेगम र केदारस्यु गाउँपालिका-०१ देउरा जोड्ने अस्थायी काठको पुल (साङ्गो) बाट चिप्लिएर सेती नदीमा खस्दा २६ वर्षीय युवक टेक गिरि बेपत्ता भएका छन्। व्यवसायी हरि गिरिका छोरा टेक गिरि शुक्रबार साँझ ५:३० देखि ६:०० बजेको समयमा देउराबाट घर फर्कने क्रममा नदीमा खसेका हुन्। स्थानिय बासिन्दाका अनुसार पुलको खराब अवस्था र सरकारवाला निकायको वेवास्ता नै यो दुर्घटनाको प्रमुख कारण भएको देखिएको छ।

नेताहरूको चुनावी एजेन्डा, तर परिणाम शून्य
२०७८ सालको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानियले लगातार चार पटक काठको पुल निर्माण गरेका छन्। तर, यी अस्थायी पुलहरू केवल जोखिमकै पुल साबित भएका छन्। “हामीले चुनावमा नेताहरूलाई पुल निर्माणको मुद्दा उठायौं, तर चुनावपछि उनीहरूले हामीलाई पूरै बिर्सिए,” स्थानिय एक वृद्धले गुनासो गरे।

२०७९ सालमा यो पुल निर्माणको ठेक्का दिइएको भए पनि विविध कारणले काम रोकिएको छ। हालसम्म पुल निर्माणका लागि केवल पिल्लर गाड्ने र तार तान्ने काम मात्र भएको छ। “काम सुचारु गर्न बजेट छैन भन्छन्, तर हामीले नेता र कर्मचारीको तलबमा कुनै कटौती भएको देखेका छैनौं,” अर्का स्थानिय युवा आक्रोशित हुँदै भन्छन्।

स्थानियको दैनिकीमा असर, बाँच्नकै लागि जोखिमको यात्रा
स्थायी पुल नहुँदा थलारा र केदारस्युका बासिन्दा वर्षा याममा सबैभन्दा बढी प्रभावित भएका छन्। बर्खायाममा बजारका दैनिक उपभोग्य सामग्री लैजान र आवश्यक सेवा लिन उनीहरूलाई ज्यान जोखिममा राखेर काठको पुल तर्नुपर्ने बाध्यता छ। “यो काठको पुलबाट हरेक दिन हाम्रा बच्चाहरू विद्यालय जान्छन्। हामीलाई सधैं डर लागिरहन्छ,” एक आमाले दुखेसो गरिन्।

‘नेताहरूको गफ मात्रै, काम छैन’ – स्थानिय आक्रोशित
स्थानीय युवा महेश राज जोशीले भने, “यो समस्या केवल स्थानियको होइन, यो सरकारको असफलता हो। चुनावताका पुल निर्माणलाई मुद्दा बनाउने नेताहरू अहिले बेखबर छन्। यो केवल एउटा टेक गिरिको ज्यानको कुरा होइन, यो हाम्रो भविष्यको कुरा हो।”

सरकारलाई ध्यानाकर्षणको आह्वान
मसानी बेताल युवा क्लबका सचिव महेश राज जोशीले स्थायी समाधानका लागि प्रदेश र संघीय सरकारलाई तुरुन्त ध्यान दिन आग्रह गरेका छन्। “झोलुङ्गे पुल तत्काल निर्माण गरियोस्। यो समस्या समाधान नगरिए अरू ज्यान गुम्ने निश्चित छ,” जोशीले चेतावनी दिए।

स्थानिय स्तरबाट संघर्षको तयारी
स्थानियले अब सरकारलाई पुनः ज्ञापनपत्र बुझाउने र तत्काल कदम चालिएन भने प्रदर्शन गर्ने तयारी गरेका छन्। “अब हाम्रो धैर्य सकिएको छ। सरकारलाई झकझक्याउन सडकमा उत्रनुपर्ने बेला आयो,” युवा क्लबका अर्का सदस्यले बताए।

नेताहरूको ध्यान कता?
स्थानियको गुनासो छ कि सरकार र नेताहरू स्थानीय समस्यालाई बेवास्ता गर्दै आफ्ना व्यक्तिगत लाभका लागि मात्र क्रियाशील छन्। “हामी नेताहरूका लागि केवल भोट दिने मेसिन हौं। अब यस घटनाले उनीहरूको निद्रा खुलोस्,” एक स्थानिय वृद्धले दुःख व्यक्त गरे।

यो दु:खद घटनाले सरकार, राजनीतिक नेतृत्व र सम्बन्धित निकायलाई स्थानीयको ज्यान बचाउन आवश्यक कदम चाल्न बाध्य बनाउने अपेक्षा गरिएको छ। समयमै स्थायी समाधान खोजिएन भने यस्तो दुर्घटना फेरि पनि दोहोरिन सक्ने निश्चित छ।

 

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज