Advertisement

मृतक परिवार ठगेको आरोपमा व्यापारी मल्ल पक्राउ

Advertisement

बझाङ- बझाङका ठूला व्यापारी सुरत बहादुर मल्ल पक्राउ परेका छन्। मृतकको परिवारलाई ठगेको आरोपमा उनी पक्राउ परेका हुन् ।
अहिले उनलाई पिडितकाे उजुरीका आधारमा सदरमुकाम चैनपुरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
प्रहरीका अनुसार केही समयअघि जिल्लाको झनाना भएको ट्याक्टर दुर्घटनामा जाजरकोटका लोकेन्द्र घर्ती र सञ्जय बुढाको मृत्यु भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयमा ट्याक्टरधनी र ठेकेदारले मृतकका परिवारलाई जनही पाँच लाख रुपैयाँ दिने सम्झौता भएको थियो।
पीडित परिवारले जनही पाँच लाखको चेक पाए पनि, प्रशासनको गेटभन्दा तल पुग्नेबित्तिकै मल्लले चेक खोस्न लगाएको र मात्र दुई–दुई लाख रुपैयाँ बुझाएको आरोप लगाएका छन्। बाँकी रकम नदिएर उल्टै धाकधम्की र कुटपिट गरेको भन्दै मृतकका बुवा तुले घर्ती र कृष्ण बहादुर बुढाले उजुरी दिएका हुन्।
प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले पीडितलाई न्याय दिलाउने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। घटनामा संलग्न अरुण थपलियाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज