Advertisement

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

Advertisement

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्रममार्फत समिति गठन गरिएको हो।

गठित समितिको सभापतिमा गोपाल धामी चयन भएका छन् भने उपसभापतिमा कुम्भराज पण्डित, कोषाध्यक्षमा आशिष धामी र सचिवमा सुनिल सिंह चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा राम बोहरा, बिरेन्द्र थापा, लोकेन्द्र बिष्ट, जनक थापा, गगन भण्डारी, राजबहादुर बिष्ट, नरेश ऐडी, मोहनराज जोशी, शेरबहादुर खड्का, गोरख रोकाया र सुदीप बडु चयन भएका छन्।

समिति गठन कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार शैलेस कुमार सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशी, बझाङ जिल्ला सभापति सत्यराज उपाध्याय, उपसभापति कृष्ण रोकाया लगायत विभिन्न विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार शैलेस कुमार सिंहले नवगठित समितिले जिल्ला र प्रदेशबीच समन्वयकारी भूमिका निर्वाह गर्दै आगामी दिनमा पार्टीको राजनीतिक गतिविधिलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।
भेलामा जिल्लाको चुनावी समीक्षा समेत गरिएको थियो। कैलालीकाे हाेटेल जियनमा सञ्चालित कार्यक्रममा नेता नरेन्द्र खड्काले कार्यक्रम सञ्चालन गर्नु भएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज