Advertisement

बझाङको केदारस्युमा २ दिने वित्तीय साक्षरता तथा बचत सम्बन्धि तालिम सम्पन्न

Advertisement

बझाङ : केदारस्यु गाउँपालिकाको वडा नं. ९, झोतामा मिति २०८२ भदौ १६ र १७ गते दुई दिने वित्तीय साक्षरता तथा बचत सम्बन्धी तालिम सम्पन्न भएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, दलित सहयोग समाज र केदारस्यु गाउँपालिकाको समन्वयमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत तालिम आयोजना गरिएको हो।

कार्यक्रममा ३५ वटा बचत समूहका प्रतिनिधित्व गर्ने ३५ जना सदस्य सहभागी भएका थिए। तालिममा सहकारी र बचत समूहको महत्व, बचत गर्ने तरिका, अभिलेख व्यवस्थापन, डेबिट–क्रेडिट प्रणाली, ऋण व्यवस्थापन तथा व्यवहारिक हिसाबकिताब सम्बन्धी सीप सिकाइिएको थियो।
कार्यक्रममा सहभागीको तर्फ बाट बोल्दै राम बिष्टले यो तालिमले हाम्रो समूह लगाएत अन्य समूहले धेरै कुरा सिक्ने अवसर पएको बताउदै संस्था लाई धन्यवाद पनि दिनु भएको थियो।

तालिममा परियोजना संयोजक रमेश बहादुर माली, प्रशासन तथा लेखा अधिकृत बिजय राज जोशी र फिल्ड अफिसर किरण थापाले प्रशिक्षण दिएका थिए। त्यस्तै, सहजकर्ता सत्य राज कोईराला, सुरेश नेपाली र कल्पना नेपालले सहजीकरण गरेका थिए।

समापन गर्दै परियोजना संयोजक मालीले सहभागीहरूले व्यक्तिगत र पारिवारिक खर्च व्यवस्थापन, आम्दानी खर्चमा सन्तुलन, नियमित बचतको बानी, वित्तीय संस्थामा पहुँच विस्तार, ऋण र बचतको सही प्रयोग, लगानी, बीमा तथा आकस्मिक कोषबारे व्यावहारिक ज्ञान प्राप्त गरेको बताए।

प्रशासन तथा लेखा अधिकृत बिजय राज जोशीले तालिमलाई व्यवहारमा लागू गर्न सके सहभागी समूहमा सकारात्मक परिवर्तन आउने र आगामी दिनमा बचतमा वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गरे।

फिल्ड अफिसर किरण थापाले वित्तीय सचेतना र बचतको अभ्यासले समुदायमा आर्थिक सुरक्षाको आधार बलियो हुने विश्वास व्यक्त गर्नु भएको थियो। कार्यक्रम सत्य राज कोईरालाले संचालन गर्नु भएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज