Advertisement

बझाङको केदारस्युमा २ दिने वित्तीय साक्षरता तथा बचत सम्बन्धि तालिम सम्पन्न

Advertisement

बझाङ : केदारस्यु गाउँपालिकाको वडा नं. ९, झोतामा मिति २०८२ भदौ १६ र १७ गते दुई दिने वित्तीय साक्षरता तथा बचत सम्बन्धी तालिम सम्पन्न भएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, दलित सहयोग समाज र केदारस्यु गाउँपालिकाको समन्वयमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत तालिम आयोजना गरिएको हो।

कार्यक्रममा ३५ वटा बचत समूहका प्रतिनिधित्व गर्ने ३५ जना सदस्य सहभागी भएका थिए। तालिममा सहकारी र बचत समूहको महत्व, बचत गर्ने तरिका, अभिलेख व्यवस्थापन, डेबिट–क्रेडिट प्रणाली, ऋण व्यवस्थापन तथा व्यवहारिक हिसाबकिताब सम्बन्धी सीप सिकाइिएको थियो।
कार्यक्रममा सहभागीको तर्फ बाट बोल्दै राम बिष्टले यो तालिमले हाम्रो समूह लगाएत अन्य समूहले धेरै कुरा सिक्ने अवसर पएको बताउदै संस्था लाई धन्यवाद पनि दिनु भएको थियो।

तालिममा परियोजना संयोजक रमेश बहादुर माली, प्रशासन तथा लेखा अधिकृत बिजय राज जोशी र फिल्ड अफिसर किरण थापाले प्रशिक्षण दिएका थिए। त्यस्तै, सहजकर्ता सत्य राज कोईराला, सुरेश नेपाली र कल्पना नेपालले सहजीकरण गरेका थिए।

समापन गर्दै परियोजना संयोजक मालीले सहभागीहरूले व्यक्तिगत र पारिवारिक खर्च व्यवस्थापन, आम्दानी खर्चमा सन्तुलन, नियमित बचतको बानी, वित्तीय संस्थामा पहुँच विस्तार, ऋण र बचतको सही प्रयोग, लगानी, बीमा तथा आकस्मिक कोषबारे व्यावहारिक ज्ञान प्राप्त गरेको बताए।

प्रशासन तथा लेखा अधिकृत बिजय राज जोशीले तालिमलाई व्यवहारमा लागू गर्न सके सहभागी समूहमा सकारात्मक परिवर्तन आउने र आगामी दिनमा बचतमा वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गरे।

फिल्ड अफिसर किरण थापाले वित्तीय सचेतना र बचतको अभ्यासले समुदायमा आर्थिक सुरक्षाको आधार बलियो हुने विश्वास व्यक्त गर्नु भएको थियो। कार्यक्रम सत्य राज कोईरालाले संचालन गर्नु भएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज