Advertisement

सत्यवादी माविको प्रशासनिक तथा छात्रावास भवनको शिलान्यास

Advertisement

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका – ११ मा रहेको सत्यवादी माध्यमिक विद्यालयको प्रशासनिक तथा छात्रावास भवनको शिलान्यास गरिएको छ।
नेपाल- भारत विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेको सो भवनको शुक्रबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र खड्काकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भारतिय राजदुतावासका प्रथम सचिव नारायण सिङ बिष्ट रहनु भएको थियाे । कार्यक्रमको विशिष्ट अतिथिमा जयपृथ्वी नगरपालिका मेयर चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी रहेको भएको थियोे । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, शिक्षक,विद्यार्थी अभिभावक,राष्ट्रसेवक कर्मचारी पत्रकार सहित स्थानीयहरुकाे उल्लेख्य उपस्थिती रहेको थियाे ।

शिलान्यासपछि बोल्दै प्रथम सचिव सिंहले सुदूरपश्चिमका विभिन्न जिल्लामा नेपाल–भारत विकास सहकार्य कार्यक्रममार्फत भवन निर्माण भइरहेकाे जानकारी दिए। सदरमुकाम चैनपुरमा पुगेर शिलान्यास गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै उनले जिल्लामा राम्रो काम गर्ने ठेकेदारले ठेक्का पाएकोमा पनि सन्तोष व्यक्त गरे।
करिब १४ करोड लागत अनुमान गरिएको उक्त भवन सुर्मा सरोवर जेभीले करिब साढे ९ करोड रुपैयाँमा निर्माण गर्नेछ। ठेकेदार कम्पनीका प्रतिनिधि शेरबहादुर बोहराले निर्माण कार्य समयभन्दा अगाडि नै सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए। साथै, गुणस्तरीय कामका लागि नगरपालिका र राजदूतावासको समयमै सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा नगरप्रमुख बजालले राजदूतावासप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी चरणमा खेलमैदान र घेराबार निर्माण आवश्यक रहेको धारणा राखे।
कार्यक्रम सञ्चालन शिक्षक लक्ष्मण उपाध्यायले गरेका थिए भने स्वागत मन्तव्य प्रधानाध्यापक खगेन्द्र जोशीले प्रस्तुत गरेका थिए। प्रधानाध्यापक जोशीका अनुसार भवन निर्माण सम्पन्न भएपछि विद्यालयको शैक्षिक तथा प्रशासनिक सेवा थप प्रभावकारी हुने, विद्यार्थीहरूलाई आवासीय सुविधामा सहजता पुग्ने र भौतिक पूर्वाधार सुदृढ भई शैक्षिक वातावरण गुणस्तरीय बन्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज