Advertisement

सत्यवादी माविको प्रशासनिक तथा छात्रावास भवनको शिलान्यास

Advertisement

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका – ११ मा रहेको सत्यवादी माध्यमिक विद्यालयको प्रशासनिक तथा छात्रावास भवनको शिलान्यास गरिएको छ।
नेपाल- भारत विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेको सो भवनको शुक्रबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र खड्काकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भारतिय राजदुतावासका प्रथम सचिव नारायण सिङ बिष्ट रहनु भएको थियाे । कार्यक्रमको विशिष्ट अतिथिमा जयपृथ्वी नगरपालिका मेयर चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी रहेको भएको थियोे । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, शिक्षक,विद्यार्थी अभिभावक,राष्ट्रसेवक कर्मचारी पत्रकार सहित स्थानीयहरुकाे उल्लेख्य उपस्थिती रहेको थियाे ।

शिलान्यासपछि बोल्दै प्रथम सचिव सिंहले सुदूरपश्चिमका विभिन्न जिल्लामा नेपाल–भारत विकास सहकार्य कार्यक्रममार्फत भवन निर्माण भइरहेकाे जानकारी दिए। सदरमुकाम चैनपुरमा पुगेर शिलान्यास गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै उनले जिल्लामा राम्रो काम गर्ने ठेकेदारले ठेक्का पाएकोमा पनि सन्तोष व्यक्त गरे।
करिब १४ करोड लागत अनुमान गरिएको उक्त भवन सुर्मा सरोवर जेभीले करिब साढे ९ करोड रुपैयाँमा निर्माण गर्नेछ। ठेकेदार कम्पनीका प्रतिनिधि शेरबहादुर बोहराले निर्माण कार्य समयभन्दा अगाडि नै सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए। साथै, गुणस्तरीय कामका लागि नगरपालिका र राजदूतावासको समयमै सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा नगरप्रमुख बजालले राजदूतावासप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी चरणमा खेलमैदान र घेराबार निर्माण आवश्यक रहेको धारणा राखे।
कार्यक्रम सञ्चालन शिक्षक लक्ष्मण उपाध्यायले गरेका थिए भने स्वागत मन्तव्य प्रधानाध्यापक खगेन्द्र जोशीले प्रस्तुत गरेका थिए। प्रधानाध्यापक जोशीका अनुसार भवन निर्माण सम्पन्न भएपछि विद्यालयको शैक्षिक तथा प्रशासनिक सेवा थप प्रभावकारी हुने, विद्यार्थीहरूलाई आवासीय सुविधामा सहजता पुग्ने र भौतिक पूर्वाधार सुदृढ भई शैक्षिक वातावरण गुणस्तरीय बन्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज