Advertisement

देउवा हेपिएको भन्दै कांग्रेस त्याग, बुङ्गलका कृष्ण कामी एमाले प्रवेश : ऐन महरको पक्षमा लहर बढ्दै

Advertisement

बझाङ: चुनावी माहोल दिनानुदिन तातिँदै गएको बेला बुङ्गल नगरपालिकाबाट आएको पछिल्लो राजनीतिक घटनाक्रमले समीकरण झनै फेरिने संकेत दिएको छ । बुङ्गलका स्थानीय नेता कृष्ण कामीले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले प्रतिनिधिसभा उम्मेदवार ऐन महरलाई जिताउन एमालेमा समाहित भएको बताएका छन् ।

स्थानीय स्तरमा सक्रिय र प्रभावशाली मानिएका कामीको एमाले प्रवेशलाई सामान्य घटना नभई राजनीतिक सन्देशका रूपमा हेरिएको छ। कांग्रेसभित्र देखिएको असन्तुष्टि र विशेषगरी सुदूरपश्चिमका नेता शेरबहादुर देउवालाई पार्टीभित्रैबाट गरिएको हेपाहा व्यवहारप्रति असहमति जनाउँदै आफूले पार्टी त्यागेको उनको भनाइ छ। “जसले सुदूरपश्चिमको नेतृत्व गर्‍यो, त्यही व्यक्तिलाई आफ्नै पार्टीभित्र अपमानित गर्ने प्रवृत्ति देखियो । यस्तो संस्कार स्वीकार्य छैन,” उनले निकटस्थहरूसँग बताएका छन् ।

कांग्रेसभित्रको गुटगत राजनीति र नेतृत्वप्रति देखिएको असन्तोषका कारण बझाङमा धेरै कार्यकर्ता असमञ्जसमा रहेको बताइन्छ। विशेषगरी देउवा निकट मानिने कार्यकर्ताहरू पार्टीको आन्तरिक अवस्थाबाट निराश देखिएका छन्। यही असन्तुष्ट समूह क्रमशः एमालेतर्फ आकर्षित भइरहेको एमाले स्रोतको दाबी छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तीन दलको गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेका ऐन महर झिनो ९९८ मतले पराजित भएका थिए। उनले २७ हजार ४ सय १२ मत ल्याएका थिए भने गठबन्धनका उम्मेदवारले २८ हजार ४ सय १३ मत प्राप्त गरेका थिए। तर समानुपातिकतर्फ भने एमाले बझाङमा पहिलो दल बनेको थियो। एमालेले २३ हजार ३ सय २७ मत पाउँदा कांग्रेसले २० हजार ९३ मत ल्याएको थियो।

यही जनाधारलाई आधार मानेर एमाले यसपटक थप बलियो बनेको दाबी गरिरहेको छ। गठबन्धन टुटेको, विपक्षी मत विभाजित भएको र कांग्रेसभित्र असन्तोष चुलिएको अवस्थामा एमाले संगठन अझै सुदृढ बनेको कार्यकर्ताहरू बताउँछन्। कृष्ण कामी जस्ता स्थानीय प्रभाव भएका नेताको प्रवेशले बुंगल क्षेत्रमा ऐन महरको पकड अझ मजबुत हुने विश्लेषण भइरहेको छ।

एमाले प्रवेश कार्यक्रममा बोल्दै कामीले बझाङको विकासका लागि स्पष्ट दृष्टिकोण र संघर्षशील नेतृत्व आवश्यक रहेको बताए। उनले ऐन महरलाई जनताको मुद्दा बोकेको नेता भन्दै उनको जित सुनिश्चित गर्न आफूले एमाले रोजेको स्पष्ट पारे।

फागुन २१ नजिकिँदै गर्दा बझाङमा राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। बुंगलबाट सुरु भएको यो प्रवेश लहरले जिल्लाको समग्र चुनावी परिणाममा प्रभाव पार्ने देखिएको छ। कांग्रेस परित्याग गर्दै एमाले प्रवेश गर्ने क्रम बढ्दै जाँदा ऐन महरको चुनावी यात्रा थप सहज बन्दै गएको एमाले कार्यकर्ताहरूको दाबी छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज