Advertisement

देउवा हेपिएको भन्दै कांग्रेस त्याग, बुङ्गलका कृष्ण कामी एमाले प्रवेश : ऐन महरको पक्षमा लहर बढ्दै

Advertisement

बझाङ: चुनावी माहोल दिनानुदिन तातिँदै गएको बेला बुङ्गल नगरपालिकाबाट आएको पछिल्लो राजनीतिक घटनाक्रमले समीकरण झनै फेरिने संकेत दिएको छ । बुङ्गलका स्थानीय नेता कृष्ण कामीले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले प्रतिनिधिसभा उम्मेदवार ऐन महरलाई जिताउन एमालेमा समाहित भएको बताएका छन् ।

स्थानीय स्तरमा सक्रिय र प्रभावशाली मानिएका कामीको एमाले प्रवेशलाई सामान्य घटना नभई राजनीतिक सन्देशका रूपमा हेरिएको छ। कांग्रेसभित्र देखिएको असन्तुष्टि र विशेषगरी सुदूरपश्चिमका नेता शेरबहादुर देउवालाई पार्टीभित्रैबाट गरिएको हेपाहा व्यवहारप्रति असहमति जनाउँदै आफूले पार्टी त्यागेको उनको भनाइ छ। “जसले सुदूरपश्चिमको नेतृत्व गर्‍यो, त्यही व्यक्तिलाई आफ्नै पार्टीभित्र अपमानित गर्ने प्रवृत्ति देखियो । यस्तो संस्कार स्वीकार्य छैन,” उनले निकटस्थहरूसँग बताएका छन् ।

कांग्रेसभित्रको गुटगत राजनीति र नेतृत्वप्रति देखिएको असन्तोषका कारण बझाङमा धेरै कार्यकर्ता असमञ्जसमा रहेको बताइन्छ। विशेषगरी देउवा निकट मानिने कार्यकर्ताहरू पार्टीको आन्तरिक अवस्थाबाट निराश देखिएका छन्। यही असन्तुष्ट समूह क्रमशः एमालेतर्फ आकर्षित भइरहेको एमाले स्रोतको दाबी छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तीन दलको गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेका ऐन महर झिनो ९९८ मतले पराजित भएका थिए। उनले २७ हजार ४ सय १२ मत ल्याएका थिए भने गठबन्धनका उम्मेदवारले २८ हजार ४ सय १३ मत प्राप्त गरेका थिए। तर समानुपातिकतर्फ भने एमाले बझाङमा पहिलो दल बनेको थियो। एमालेले २३ हजार ३ सय २७ मत पाउँदा कांग्रेसले २० हजार ९३ मत ल्याएको थियो।

यही जनाधारलाई आधार मानेर एमाले यसपटक थप बलियो बनेको दाबी गरिरहेको छ। गठबन्धन टुटेको, विपक्षी मत विभाजित भएको र कांग्रेसभित्र असन्तोष चुलिएको अवस्थामा एमाले संगठन अझै सुदृढ बनेको कार्यकर्ताहरू बताउँछन्। कृष्ण कामी जस्ता स्थानीय प्रभाव भएका नेताको प्रवेशले बुंगल क्षेत्रमा ऐन महरको पकड अझ मजबुत हुने विश्लेषण भइरहेको छ।

एमाले प्रवेश कार्यक्रममा बोल्दै कामीले बझाङको विकासका लागि स्पष्ट दृष्टिकोण र संघर्षशील नेतृत्व आवश्यक रहेको बताए। उनले ऐन महरलाई जनताको मुद्दा बोकेको नेता भन्दै उनको जित सुनिश्चित गर्न आफूले एमाले रोजेको स्पष्ट पारे।

फागुन २१ नजिकिँदै गर्दा बझाङमा राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। बुंगलबाट सुरु भएको यो प्रवेश लहरले जिल्लाको समग्र चुनावी परिणाममा प्रभाव पार्ने देखिएको छ। कांग्रेस परित्याग गर्दै एमाले प्रवेश गर्ने क्रम बढ्दै जाँदा ऐन महरको चुनावी यात्रा थप सहज बन्दै गएको एमाले कार्यकर्ताहरूको दाबी छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज