Advertisement

पालिका स्तरीय परीक्षाका उत्कृष्ट विद्यार्थी नगदसहित सम्मानित

Advertisement

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले आधारभुत तह कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने ४ जना विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेको छ ।

गाउँपालिकाले फागुन २३ देखि चैत ३ गतेसम्म सञ्चालन गरेको पालिका स्तरीय आधारभुत तह २०८१, कक्षा ८ को परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

गाउँपालिकाले सोमबार आज एक कार्यक्रमबिच पालिका स्तरीय आधारभुत तह परिक्षामा प्रथम भएका मेखराज खैर लाई नगद १० हजार सहित प्रमाणपत्र, दितीय अस्मित सोती लाई नगद ८ हजार सहित प्रमाणपत्र, तृतीय आशिष दौल्याल लाई नगद ६ हजार सहित प्रमाणपत्र र सान्त्वना भएका प्रदिप खैर लाई नगद ४ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको पालिकाले जनाएको छ।

पालिकाले शिक्षा क्षेत्रमा विद्यार्थीको लगाव बढाउन, शैक्षिक स्तर सुधार गर्न तथा विद्यार्थीलाई अझ राम्रो अध्ययन गर्न र उत्कृष्टता हासिल गर्न प्रेरित गराउन राम्रो नतिजा प्राप्त गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापा (तुफान) ले कामना टुडेसँग बताए ।
उनलेे मेहेनती र क्षमतावान विद्यार्थीलाई पहिचान गरी उनीहरूको क्षमतालाई अझ विकसित गर्न सहयोग पुर्‍याउने, शिक्षाको महत्वबारे अभिभावक तथा समुदायलाई सचेत पार्ने र विद्यार्थीको उपलब्धिलाई कदर गर्दै आत्मविश्वास बढाउने पालिकाको लक्ष्य रहेको छ,, त्यहीँ अनुसार काम गर्दैछौं । परिक्षा सञ्चालन गर्नु भन्दा पहिलेनै कार्यपालिकाको टिमले राम्रो नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने भन्ने गरिएको निर्णय अनुसार पालिका अध्यक्ष थापा , उपाध्यक्ष जनक बहादुर दौल्याल, वडाध्यक्षहरू शिक्षा शाखा प्रतिनिधि, अभिभावक लगायतको उपस्थितिमा विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको वडा नम्बर-३ का वडाध्यक्ष रमेश बोहराले जानकारी दिए ।

पालिकाले लिएर आधारित तह कक्षा ८ को परिक्षामा ९ वटा विद्यालयका २ सय ५३ जना विद्यार्थी सहभागी भएका थिए , जसमा २३ जना विद्यार्थी मात्रै उतिर्ण अर्थात् पास भएका छन् ।

पालिकाले विद्यार्थीको शैक्षिक स्तर मूल्यांकन, गुणस्तरीय शिक्षा सुनिश्चित गर्न, आगामी तहको अध्ययनका लागि योग्य विद्यार्थी तयार पार्न, तथा स्थानीय तहमार्फत शिक्षा प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्ने उदेश्य सहित पालिका स्तरीय आधारभुत तह परिक्षा सञ्चालन गरेको जनाइएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज