Advertisement

स्याउका बोट अनुदानमा वितरण,, स्थानीयलाई कृषिमा आत्मनिर्भर बनाउने वडाको लक्ष्य

Advertisement

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ ले स्याउका बोटहरू अनुदानमा वितरण गर्न थालेको छ ।
वडा कार्यालयले फागुन १५ गतेदेखि ५० प्रतिशत अनुदानमा बोटहरू वितरण गर्न थालेको हो ।
उच्च हिमाली क्षेत्रमा हुने गोल्डेन डेलिसिएस, र अन्ना जातको स्याउका बोटहरू ५० प्रतिशत वडा र ५० प्रतिशत कृषकको लगानीमा वडा कार्यालय मार्फत वितरण भइरहेको छ।
स्याउ खेती गर्ने इच्छुक कृषकहरूले वडा कार्यालयमा सम्पर्क वडाले अनुरोध गरेको छ ।

वडाले स्थानीय नागरिकलाई कृषिमा रोजगारी सिर्जना गर्ने गरि काम गरिरहेको वडा सचिव धनशेर बुढाले बताए ।
उनलेे भने हामीले वडाको तल्लो क्षेत्र खोरीमा बेमौसमी तरकारी खेती र माथिल्लो क्षेत्रमा आलु बन्दा लगायत फलफूल खेतीमा स्याउलाई जोड दिएका छौ ।
अनुदानमै विगत ३ वर्षदेखि स्याउका बोटहरू वितरण गर्दै आएको र हालसम्म ७ हजार बोट वितरण गरिएको बुढाले बताए ।
अहिले अनुदानमा वितरण भइरहेका बोटहरू किसानको माग अनुसार वितरण गरिने छ ।

पछिल्लो समय स्थानीय जग्गा बाझो छोडेर विदेश पलायन हुने क्रम बढेको छ बुढाले भने, कतिपय वडावासी भारतका विभिन्न ठाउँमा गएर स्याउ टिपेर जीविका चलाइ रहेका छन्, उनीहरूलाई आफ्नै क्षेत्रमा उत्पादन गरेर आम्दानी लिन सकिन्छ भन्ने सन्देश दिन वडा लागिपरेको हो ।

स्थानीय नागरिकलाई स्वदेशमै बाझो जग्गामा स्याउ उत्पादन गर्न लगाए कृषिमा आत्मनिर्भर गर्ने वडाको लक्ष्य रहेको वडाध्यक्ष विजय बहादुर धामी बताए ।
अध्यक्ष धामीले कामना टुडे संग भने वडाबाट आलु,बन्दा,टमाटर, गोलभेडा लगायतका तरकारीबाट किसानले १० हजार देखि १ लाखसम्मको आम्दानी लिइरहेका छन्, अहिले हाम्रो टिम त्यसैलाई थप बनाएर स्थानीयलाई कृषिमा आत्मनिर्भर बनाउने तर्फ लागि परेका छ ।

यसैगरी वडा कार्यालयले छोटो समयमा फल्ने स्याउको पनि परिक्षण गरिरहेको छ । वडामा दुई वर्षअघि लगाएका स्याउका बोटहरू फुलेका छन् । फल लाग्ने नलाग्ने यकिनहुन बाँकी छ ।
अहिलेसम्म वडामा परिक्षणका लागि विभिन्न जातका स्याउका बोटहरू लगाइएको छ ।

वडावासीलाई स्याउ खेती सम्बन्धि तालिम पनि प्रदान गरिएको छ । यस्तै वडाका कृषिमा आत्मनिर्भर हुने इच्छुक कृषकलाई आवश्यक टनेल , बिउबिजन,विषादी पल, वितरण गर्दै आएको वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज