Advertisement

स्याउका बोट अनुदानमा वितरण,, स्थानीयलाई कृषिमा आत्मनिर्भर बनाउने वडाको लक्ष्य

Advertisement

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ ले स्याउका बोटहरू अनुदानमा वितरण गर्न थालेको छ ।
वडा कार्यालयले फागुन १५ गतेदेखि ५० प्रतिशत अनुदानमा बोटहरू वितरण गर्न थालेको हो ।
उच्च हिमाली क्षेत्रमा हुने गोल्डेन डेलिसिएस, र अन्ना जातको स्याउका बोटहरू ५० प्रतिशत वडा र ५० प्रतिशत कृषकको लगानीमा वडा कार्यालय मार्फत वितरण भइरहेको छ।
स्याउ खेती गर्ने इच्छुक कृषकहरूले वडा कार्यालयमा सम्पर्क वडाले अनुरोध गरेको छ ।

वडाले स्थानीय नागरिकलाई कृषिमा रोजगारी सिर्जना गर्ने गरि काम गरिरहेको वडा सचिव धनशेर बुढाले बताए ।
उनलेे भने हामीले वडाको तल्लो क्षेत्र खोरीमा बेमौसमी तरकारी खेती र माथिल्लो क्षेत्रमा आलु बन्दा लगायत फलफूल खेतीमा स्याउलाई जोड दिएका छौ ।
अनुदानमै विगत ३ वर्षदेखि स्याउका बोटहरू वितरण गर्दै आएको र हालसम्म ७ हजार बोट वितरण गरिएको बुढाले बताए ।
अहिले अनुदानमा वितरण भइरहेका बोटहरू किसानको माग अनुसार वितरण गरिने छ ।

पछिल्लो समय स्थानीय जग्गा बाझो छोडेर विदेश पलायन हुने क्रम बढेको छ बुढाले भने, कतिपय वडावासी भारतका विभिन्न ठाउँमा गएर स्याउ टिपेर जीविका चलाइ रहेका छन्, उनीहरूलाई आफ्नै क्षेत्रमा उत्पादन गरेर आम्दानी लिन सकिन्छ भन्ने सन्देश दिन वडा लागिपरेको हो ।

स्थानीय नागरिकलाई स्वदेशमै बाझो जग्गामा स्याउ उत्पादन गर्न लगाए कृषिमा आत्मनिर्भर गर्ने वडाको लक्ष्य रहेको वडाध्यक्ष विजय बहादुर धामी बताए ।
अध्यक्ष धामीले कामना टुडे संग भने वडाबाट आलु,बन्दा,टमाटर, गोलभेडा लगायतका तरकारीबाट किसानले १० हजार देखि १ लाखसम्मको आम्दानी लिइरहेका छन्, अहिले हाम्रो टिम त्यसैलाई थप बनाएर स्थानीयलाई कृषिमा आत्मनिर्भर बनाउने तर्फ लागि परेका छ ।

यसैगरी वडा कार्यालयले छोटो समयमा फल्ने स्याउको पनि परिक्षण गरिरहेको छ । वडामा दुई वर्षअघि लगाएका स्याउका बोटहरू फुलेका छन् । फल लाग्ने नलाग्ने यकिनहुन बाँकी छ ।
अहिलेसम्म वडामा परिक्षणका लागि विभिन्न जातका स्याउका बोटहरू लगाइएको छ ।

वडावासीलाई स्याउ खेती सम्बन्धि तालिम पनि प्रदान गरिएको छ । यस्तै वडाका कृषिमा आत्मनिर्भर हुने इच्छुक कृषकलाई आवश्यक टनेल , बिउबिजन,विषादी पल, वितरण गर्दै आएको वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज