Advertisement

युवा व्यवसायी सुवेदीद्वारा छोरीको जन्मदिनमा अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

Advertisement

बझाङ — दुर्गाथलि गाउँपालिका–१ चौधरीस्थित मदन भण्डारी बाल आश्रममा रहेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
केदारस्यूँ गाउँपालिका–९ झोतामा व्यवसाय गर्दै आएका दिपेश मोबाइल ग्यालरीका सञ्चालक लेखराज सुवेदीले आफ्नी छोरी एलिना सुवेदीको तेस्रो जन्मोत्सवको अवसरमा बालबालिकालाई सहयोग गरेका हुन्। जन्मदिनको अवसरलाई फजुल खर्चमा प्रयोग गर्नुको सट्टा आश्रममा आश्रित अनाथ तथा असहाय बालबालिकालाई सहयोग गरेर मनाउनु पुण्यको काम हुने विश्वास व्यक्त गर्दै उनले उक्त सहयोग गरेका हुन्।


उक्त अवसरमा सुवेदीले आश्रममा रहेका १७ जना बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए। आज बिहानै उनी परिवारसहित आश्रम पुगेका थिए र आफ्नै हातले सामग्री प्रदान गरेका थिए।
सामग्री वितरण कार्यक्रममा सुवेदी परिवारका सदस्य, स्थानीय जनप्रतिनिधिहरू, बाल आश्रम सञ्चालक टिम तथा समुदायका केही प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।


कार्यक्रमका क्रममा आश्रमका संस्थापक सिद्ध रावलले एलिना सुवेदीलाई जन्मोत्सवको शुभकामना दिँदै सहयोगी लेखराज सुवेदीप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गर्दै सुवेदीको पारिवारिक समृद्धि र व्यवसायिक सफलताको कामना गरे।

२०७४ सालमा स्थापना भएको बाल आश्रम, अभिभावकविहीन बालबालिकाको भरोसा बन्दै

मदन भण्डारी बाल आश्रम २०७४ सालदेखि अभिभावकविहीन तथा असहाय बालबालिकाको लागि जीवनको आधार बनेको छ। स्थापना कालदेखि हालसम्म आश्रमले दर्जनौँ बालबालिकालाई सुरक्षित आवास, शिक्षा, आहार तथा स्नेह प्रदान गर्दै आएको छ।
स्थापनाको मुख्य उद्देश्य समाजमा अवहेलित, टुहुरा वा जोखिममा परेका बालबालिकालाई संरक्षण, शिक्षादिक्षा र उज्यालो भविष्यको आधार दिनु हो। वर्तमानमा आश्रममा १७ जना बालबालिका आश्रित छन्, जसले स्थानीय विद्यालयमा अध्ययन गरिरहेका छन्।
आश्रमका संस्थापक सिद्ध रावलका अनुसार, “२०७४ सालमा थोरै स्रोतसाधनबाट सुरु भएको यो अभियान अहिले समुदायको साथ र सहकार्यले अघि बढिरहेको छ। हामी चाहन्छौँ कि कुनै पनि बालक अभिभावकको माया र अवसरबाट वञ्चित नहोस्।”
आश्रमले नियमित रूपमा खाद्यान्न, लत्ताकपडा, स्टेशनरी, स्वास्थ्य जाँच लगायतका सेवा प्रदान गर्दै आएको छ। साथै, स्थानीय र बाह्य दाताहरूको सहयोगमा विभिन्न चाडपर्व, जन्मोत्सव तथा शैक्षिक कार्यक्रमहरू पनि आयोजना गरिन्छन्।
अहिलेसम्म थुप्रै सहयोगी हातहरूले आश्रमको सेवा विस्तारमा टेवा पुर्‍याएका छन्।

आश्रमका सञ्चालकहरू अझ धेरै बालबालिकालाई समेट्ने उद्देश्यसहित संरचनागत तथा व्यवस्थापकीय सुधारमा जुटिरहेका छन्। उनीहरू भन्छन् , “समाजको साँचो समृद्धि तब सम्भव हुन्छ, जब हरेक बालबालकको भविष्य सुरक्षित हुन्छ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज