Advertisement

केदारस्यूँमा एकल महिला र स्थानीय सरकारबीच प्रत्यक्ष संवाद, आत्मनिर्भरताका लागि पालिका सक्रिय

Advertisement

बझाङ- जिल्लाको केदारस्यूँ गाउँपालिकाले स्थानीय सरकार र सिमान्तकृत एकल महिला बिच प्रत्यक्ष संवाद कार्यक्रम गरेको छ । पालिका उपाध्यक्ष मनिषा धामीले  १५ औँ अन्तराष्टिय एकल महिला दिवसको अवसरमा उक्त कार्यक्रम गरेको हो ।

सामाजिक समावेशिता र लैङ्गिक समानताको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरू र एकल महिलाहरूबीच समस्याका विषयमा खुला छलफल भएको थियो ।
कार्यक्रममा एकल महिलाहरूले आफूहरूले भोग्दै आएको सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक समस्याहरूको बारेमा आवाज उठाएका थिए। कार्यक्रममा नागरिकता, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा, रोजगारको पहुँच, तथा निर्णय प्रक्रियामा एकल महिलाको सहभागिता सम्बन्धी विषयमा छलफल गरिएको थियोे ।

कार्यक्रममा बोल्दै एकल महिला पसुपति मल्लले पालिका सरकार आएपछि महिलाका लागि आएको बजेट बारे जानकारी पाउनुका साथै सेवासुविधाहरु पाएको बताए । उनले  पालिका टिमले जनताका समस्या गाउँ टोलमा गएर सुन्ने र समाधानका पक्षमा उभिएर काम गरेको जिकिर गरिन् ।

कार्यक्रममा बोल्ने क्रममा गाउँपालिकाकी उपाध्यक्ष धामीले आफूले पनि आफ्नो राजनीतिक यात्रा एकल महिलाको रूपमा सुरु गरेको बताउँदै, एकल महिलाले भोग्ने पीडा, समस्या र सामाजिक अपहेलनाको अन्त्यका लागि राजनीतिमा होमिएको स्पष्ट पारिन्। ।

उनी भन्छिन्, “एकल महिलालाई पैसा मात्र दिएर आत्मनिर्भर बनाउन सकिन्न, त्यसका लागि सीप दिनुपर्छ।” सोही अनुसार गाउँपालिकाका सबै वडामा एकल महिला समूह गठन गरिएको जानकारी दिँदै उनले अब महिलाहरूलाई सीपमूलक तालिम दिइएको र ती सीपअनुसार उत्पादनमा जोड्न आग्रह गरिन्।

उनले थप्दै भनिन् “सीप सिकेका महिलाले त्यसअनुसारको सामग्री उत्पादन गर्न सुरुवात गर्नुहोस्, बजार व्यवस्थापनको जिम्मा हामी लिन्छौं।” साथै, एकल महिलाले आफैंले भोगेका समस्या पहिचान गरी योजना बनाएर पालिकामा ल्याउन समेत आग्रह पनि गरिन्। उपाध्यक्ष धामीले जिल्लामै अहिलेसम्म कुनैपनि स्थानीय तहले नगरेको सो कार्यक्रम एकल महिलाका लागि गरिकी हुन् । उनी जिल्लामै एकल महिलाको पक्षमा अग्रपंक्तिमा उभिएर काम गर्ने जनप्रतिनिधिको रुपमा  कहलिन्छिन् ।

कार्यक्रममा ८४ जना एकल महिला, अन्य पालिकाका कर्मचारी तथा  जनप्रतिनिधि र पत्रकारको सहभागीता रहेको थियोे ।
कार्यक्रमको सहजीकरण पत्रकार जगत खड्का र जगदीश रोकायाले गर्नुभयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज