Advertisement

Author: बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।
कृषिमा तीव्र प्रगति: सुदूरपश्चिम सरकारले अनुगमनमा बढायो सक्रियता

कृषिमा तीव्र प्रगति: सुदूरपश्चिम सरकारले अनुगमनमा बढायो सक्रियता

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रले तीव्र गतिमा प्रगति गर्दै आएको छ। समृद्धिको दिशामा अग्रसर प्रदेश सरकारले कृषि क्षेत्रलाई विकासको मेरुदण्ड मानेर विविध कार्यक्रममार्फत सक्रिय हस्तक्षेप गरिरहेको छ। प्रदेश सरकारले सुशासन र समावेशी विकासको आधारशिला कृषि नै हो भन्ने दृष्टिकोणसहित कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ। पछिल्लो समय प्रदेशका विभिन्न स्थानमा कृषि विकासको गतिशीलता देखिन थालेको छ। विशेषगरी कैलाली जिल्लामा रहेको कृषि ज्ञान केन्द्रलाई स्थानीय समुदायसँग अझ नजिक ल्याउने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गरिएका छन्। घोडाघोडी, टिकापुर, गौरीगंगा, र लम्कीचुहा जस्ता नगरपालिका क्षेत्रहरूमा कृषि पूर्वाधार विस्तारसँगै निजी तथा सामुदायिक लगानी बढेको, त्यसको प्रतिफलस्वरूप उत्पादनमा समेत सकारात्मक वृद्धि देखिएको छ। प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाको ने...
भिजिट भिषा प्रकरण : रास्वपा र माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा, काँग्रेस–एमाले बचाउमा

भिजिट भिषा प्रकरण : रास्वपा र माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा, काँग्रेस–एमाले बचाउमा

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिषा अनियमितता प्रकरणले नेपालको राजनीतिक वृत्तमा गहिरो हलचल ल्याएको छ । अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेपछि गम्भीर अनियमितताको पर्दाफास भएको छ । सोही सन्दर्भमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीहरूको संलग्नता देखिएपछि सत्ताभित्र र बाहिर व्यापक विवाद सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले गृहमन्त्री लेखकको तत्काल राजीनामा माग गरेका छन्। रास्वपाले संसदमा एकपछि अर्को कठोर प्रश्न उठाउँदै गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने स्पष्ट माग राखेको हो । माओवादी केन्द्रका नेताहरू पनि यति गम्भीर प्रकरणमा चुप लागेर बस्न नहुने भन्दै मन्त्रीको जिम्मेवारीमा नैतिक प्रश्न उठाएका छन् । तत्कालीन उपप्रधा...
प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री कैलाश बहादुर ठकुराठी र सहायक प्रमुख जिल्ला अधिकारी श्री सत्य कुमारी जोशीलाई बाँसबाट निर्मित वातावरणमैत्री कप (Bamboo Cup) हस्तान्तरण गरिएको छ। उक्त भेट जिल्ला प्रशासन कार्यालय, बझाङको कार्यकक्षमा सम्पन्न भएको हो। कपहरू IFRC र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सञ्चालित “परिवर्तक – The Changemaker” अभियान अन्तर्गतको “Green Growth: From Trash to Tree” कार्यक्रम मार्फत तयार पारिएका हुन्। कप हस्तान्तरण कपिल बिष्टद्वारा गरिएको हो, जो “परिवर्तक – The Changemaker” अभियानका अभियानकर्ता (campaigner) हुनुहुन्छ, साथै सुङकुडा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष समेत हुनुहुन्छ। भेटका क्रममा **प्रमुख जिल्ला अधिकारी श्री ठकुराठीले युवाले उठाएका यस्त...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगलबार गोदावरी नगरपालिका- १ मा कोठा भाडामा बस्दै आएकी २४ वर्षीया चन्द्रा आचार्यले सडकमै छोरालाई जन्म दिएकी थिइन् । आचार्यलाई सुरक्षित प्रसूति गराउन प्रहरी जवान चन्द्रिका देउवाले सहयोग गरेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रसंशा पत्र र रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरे । ‘बाटोमा व्यथा लागेर छट्पटाइरहेकी महिलालाई प्रसूति गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याएर उत्कृष्ट कार्य गरेकाले प्रहरी जवान देउवालाई पुरस्कृत गरिएको हो,’ एसपी राणाले भने । मंगलबार बिहान बाटोमा एक महिला बिरामी परेको खबर प्रहरीलाई प्राप्त भएको थियो । महिला बिरामी रहेको खबर प...
विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि बझाङमा विशेष गोष्ठी सम्पन्न

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि बझाङमा विशेष गोष्ठी सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: जिल्ला प्रशासन कार्यालय बझाङको सभाहलमा आज "विपद् व्यवस्थापन र योजना पुनर्निर्माण" विषयक एकदिने विशेष गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुखहरू, प्राविधिक इञ्जिनियरहरू, तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । गोष्ठीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा उपस्थित रहनुभएको थियो । कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तहका प्रमुखहरू र प्राविधिक इञ्जिनियरहरूबीच गहन छलफल र अन्तरक्रिया भएको थियो । गोष्ठीका क्रममा विपद् व्यवस्थापन, योजना पुनर्निर्माण, भौतिक संरचना निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक दीर्घकालीन रणनीति, स्रोत व्यवस्थापन, र पूर्वतयारीबारे व्यापक छलफल गरिएको थियो । जिल्लाभरिका स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका स...
‘पेटिकोट बेचेर रक्सी खान्छन्’: बुंगल नगरपालिकाका मेयरको विवादास्पद अभिव्यक्ति

‘पेटिकोट बेचेर रक्सी खान्छन्’: बुंगल नगरपालिकाका मेयरको विवादास्पद अभिव्यक्ति

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ: २०८२ साल बैसाख २४ गते बझाङको जिल्ला प्रशासन कार्यालयको आयोजनामा मदिरा नियन्त्रणसम्बन्धी एक महत्वपूर्ण बैठक सम्पन्न भयो । सो बैठकमा जनप्रतिनिधि, सरकारी कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि, नागरिक अगुवा, राजनीतिज्ञ तथा स्थानीय समुदायको बाक्लो उपस्थिति रहेको थियो । बैठकको मुख्य उद्देश्य बझाङ जिल्लामा मदिरा सेवन र यसको दुर्व्यसनबाट उत्पन्न हुने सामाजिक समस्या समाधान गर्न आवश्यक रणनीति तयार गर्नु थियो । उक्त कार्यक्रममा बुंगल नगरपालिकाका मेयर जयबहादुर धामीको अभिव्यक्ति भने अहिले विवादको भुमरीमा परेको छ । मेयर धामीले आफ्नो मन्तव्य राख्ने क्रममा 'मेरा बुंगलबासि श्रीमतीको पेटिकोट सम्म बेचेर रक्सी खान्छन्' भनी दिएको टिप्पणीले स्थानीय समुदायमा आक्रोश सिर्जना गरेको छ । बझाङको स्थानीय संस्कृति र परम्परामा 'पेटिकोट' शब्दलाई अश्लील तथा अपमानजनक मानिने भएकाले, एक जिम्मेवार जनप्रतिनिधिबाट यस्तो ...
माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जागरण अभियानको तालिका सार्वजनिक

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जागरण अभियानको तालिका सार्वजनिक

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रले आगामी जेठ महिनादेखि सञ्चालन गर्न लागेको मध्यपहाडी लोकमार्गकेन्द्रित जागरण अभियानको कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिकाअनुसार आगामी जेठ १ गते बेलुका डडेल्धुरामा, २ गते बैतडीको पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद कार्यक्रम राखिएको छ । त्यसैगरी, जेठको ३ गते अछामको मंगलसेनमा जनसंवाद, ४ गते दैलेखको सदरमुकाम दुल्लुमा र ५ गते जाजरकोट खलंगामा जनसंवाद कार्यक्रम तय भएको छ । ६ गते पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थवाङमा जनसभा, ८ गते बागलुङमा जनसंवाद, ९ गते पर्वतकाे कुस्मामा जनसंवाद र १० गते कास्कीको पोखरामा जनसभा तय भएको हो । माओवादी केन्द्रले यसअघि एकमहिने हुलाकी राजमार्गकेन्द्रित तराई–मधेश जागरण अभियान सञ्चालन गरेको थियो । सो क्रममा करोडभन्दा बढी जनतासँग प्रत्यक्ष संवाद गरेको माओवादी केन्द...
माओवादी निकट विद्यार्थी संगठन बाट जितेका स्ववियु सभापतिनै फर्जी विद्यार्थी

माओवादी निकट विद्यार्थी संगठन बाट जितेका स्ववियु सभापतिनै फर्जी विद्यार्थी

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा, सुदूरपश्चिम
  धनगढी : कैलालीको घोडाघाडी नगरपालिका–१ स्थित सुखडको राष्ट्रिय कलेजमा भर्ना नै नभएका एक व्यक्ति स्ववियु सभापति बनेका छन् भन्ने खुलासा भएको छ । चैत्र ४ गते सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त गठबन्धनका उम्मेदवारलाई माओवादी निकट अखिल (क्रान्तिकारी) का सुन्दर गौतमले भारी मतान्तरले पराजित गर्दै सभापति निर्वाचित भएका थिए । एमाले र कांग्रेसका भातृ संगठनहरूको गठबन्धनसँग प्रतिस्पर्धा गर्दै गौतमले ९७ मतले जित हात पारेका थिए । दोस्रो स्थानमा रहेका अखिल समाजवादीका माइकल चौधरी ९२ मतले पछि परे । तर, विजयी गौतम राष्ट्रिय कलेजमा नामै नदिई उम्मेदवार बनेको प्रमाण खुलेको हो । स्नातक तह सकिसकेका उनले स्नातकोत्तर तहमा भर्ना नगरीकनै दोहोर्‍याएर उम्मेदवारी दिएका थिए । अघिल्लो कार्यकालमा पनि उनी सभापति थिए । भर्ना नभएका गौतमको नाम कलेजको भर्ना र...
माओवादीले वेपत्ता पारेका बुवाको खोजीमा २३ वर्ष: एक पीडाको दस्तावेज

माओवादीले वेपत्ता पारेका बुवाको खोजीमा २३ वर्ष: एक पीडाको दस्तावेज

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, कर्णाली प्रदेश, कालिकोट, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
"एउटा मान्छे हराएको जमाना भइसक्यो,  खै खबर, चिठी नआएको जमाना भइसक्यो..." - यो  हृदयविदारक वाक्य हो कालिकोटका कुशल नाथ योगीको २०५८ सालको चैत २४ गते । भारतबाट काम गरेर आफ्ना साथिहरु संग घर फर्किनेबेलामा कञ्चनपुरको महेन्द्रनगरबाट तत्कालीन शाही सेनाले विष्णुनाथ योगीलाई माओवादी भएको आरोपमा पक्राउ गर्यो । त्यसपछि उनी कहिल्यै फर्किएनन्। कुनै खबर आएन, कुनै शव फेला परेन । काखमा बच्चा खेलाइरहेका, गर्भवती श्रीमतीलाई बिदाइ नगरी, उनी हराए । कालिकोटको सिप्खाना–७ निवासी विष्णुनाथ एक साधारण किसान थिए । घरको जिम्मेवारी बोक्ने, खेतीपाती गरेर गुजारा चलाउने, भारतका सुदूर शहरहरूमा पुगेर परिवारका लागि लत्ताकपडा ल्याउने एक मेहनती मानिस । सामाजिक र राजनीतिक चेत भएका उनी कहिलेकाहीँ माओवादीका र्‍यालीमा सामेल पनि हुन्थे । कहिल्यै सम्पर्कविहीन हुने, भूमिगत हुने प्रवृत्ति भने थिएन । तर, त्यसैको मूल्य उनलाई जीवनभर ...
बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– बझाङमा राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण २०१९ (Prevalence Survey 2019) का आधारमा वार्षिक रूपमा करिब ४ सय १५ जना नयाँ क्षयरोगी रहने अनुमान गरिएको छ। तर, आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य संस्थामा उपचारका लागि दर्ता हुने क्षयरोगीको संख्या अपेक्षाकृत कम रहेको पाइएको छ। यस अवधिमा जम्मा १ सय ८७ जना मात्र उपचारको दायरामा आएका छन् । जुन कुल अनुमानित सङ्ख्याको ४७ प्रतिशत मात्र हो। यस्तै, चालु आर्थिक वर्षमा पनि स्वास्थ्य संस्थामा क्षयरोगी दर्ता हुने दर ओरालो लागेको देखिन्छ। सोमबार विश्व क्षयरोग दिवस (मार्च २४) को अवसरमा स्वास्थ्य कार्यालय बझाङद्वारा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म जम्मा ८४ जना क्षयरोगी मात्र पत्ता लागेका छन्। यसले जिल्लामा क्षयरोग पहिचान तथा उपचार सेवामा चुनौती रहेको स्पष्ट पार्छ। स्वास्थ्य कार्यालयका ल्याब टेक्निसिय...
बान्निगढी जयगढ गाउँपालिकाको दोहोरो चरित्र: सूचना लुकाएर सुशासनको ढोल

बान्निगढी जयगढ गाउँपालिकाको दोहोरो चरित्र: सूचना लुकाएर सुशासनको ढोल

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम: पारदर्शिता र सुशासनको नारा लगाउने बान्निगढी जयगढ गाउँपालिकाले व्यवहारमा संविधान र कानुनको उल्लंघन गर्दै आएको छ। नागरिकले सूचना माग्दा अस्वीकार गर्ने र सञ्चारमाध्यमले तथ्य सार्वजनिक गरेपछि उल्टै धम्की दिने प्रवृत्तिले गम्भीर प्रश्न खडा गरेको छ। पत्रकार तथा रेडियो बान्निगढी एफएमका सञ्चालक धनराज साउँदले पुरानो डोजर मर्मतसम्बन्धी खर्च विवरण माग्दा गाउँपालिकाले सूचना दिन अस्वीकार गर्यो। तीन वर्षअघि नयाँ डोजर खरिद गरिसकेको अवस्थामा समेत पुरानो डोजर मर्मतमा लाखौँ खर्च भएको भन्दै सूचना मागिएको थियो। तर, संविधानको धारा ३ को उपधारा ३ को गलत व्याख्या गर्दै पालिकाले जानकारी दिन अस्वीकार गर्‍यो। पत्रकार धनराज साउँदले सुचना माग गरेको निवेदन  पत्रकार धनराज साउँदले माग गरेको सुचना बान्निगढी जयगढ गाउँपालिकाले कानुन संवत् दिन नमिल्ने भनेर काटिएको पत्र संविधानको धारा २७ अनुसार प्रत्ये...
बझाङमा रेबिज भ्याक्सिन संकट: प्रदेश आपूर्तिको लापरबाहीले बिरामीहरू मर्कामा

बझाङमा रेबिज भ्याक्सिन संकट: प्रदेश आपूर्तिको लापरबाहीले बिरामीहरू मर्कामा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ: जिल्ला अस्पताल बझाङमा रेबिजविरुद्धको भ्याक्सिन (ARV) अभाव भएपछि कुकुर तथा अन्य जनावरको टोकाइबाट घाइते भएका बिरामीहरू उपचार नपाएर फर्किन बाध्य भएका छन्। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले समयमा खोप आपूर्ति नगर्दा जिल्लावासीले स्वास्थ्य संकट बेहोर्नुपरेको छ। बझाङका पत्रकार उत्तम कुमार थापाका तीन वर्षीय छोरालाई आज बिहान घर नजिकै कुकुरले टोकेपछि तत्काल रेबिज भ्याक्सिन लगाउन जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल प्रशासनले खोप सकिएको जानकारी दिँदै तत्काल उपचार सम्भव नभएको बतायो। यसैगरी, जिल्लामा दैनिक ५-६ जना बिरामीहरू विभिन्न घरपालुवा तथा छाडा जनावरबाट टोकिने गरेका छन्। तर प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट समयमै खोप आपूर्ति नहुँदा उनीहरू उपचार बिना नै घर फर्किन बाध्य भएका छन्। बझाङ जिल्ला अस्पतालका अनुसार, धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज